देशभरका वडा कार्यालयलाई दलित थर परिवर्तन गरिदिन पञ्चीकरण विभागको निर्देशन
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
पुस ४, २०७९ सोमबार २०:३२:३१
![](https://nepalbahas.prixacdn.net/media/albums/dalit_EukYpURw59.jpg)
४ पुष, काठमाडौं । गृह मन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा फजीकरण विभागले दलित थर परिवर्तन गरी दलित जातिभित्रको थर कायम गर्न निवेदन परेमा सोहीअनुसार गर्न स्थानीय तहलाई निर्देशन दिएको छ ।
देशभरका ६ हजार ७४३ वडा कार्यालयलाई पत्राचार गर्दै विभागले राष्ट्रिय दलित आयोगद्वारा प्रकाशित दलित जातीय अनुसूची विवरणमा उल्लेख भएकमा सम्बन्धित् दलित जातीभित्रको थरहरु मध्येबाट निवेदकले चाहेको थर राखी जन्म दर्तामा थर परिवर्तन गरी प्रतिलिपि जारी गर्न निर्देशन दिएको हो ।
गृह मन्त्रालयलाई जानकारी दिँदै देशभरका सबै जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, सीमा प्रशासन कार्यालयलाई बोधार्थ÷कार्यार्थमा राख्दै विभागले दिइएको तीन बुँदे निर्देशन दिएको हो ।
निर्देशनसहितको पत्र
विषय स् दलित थर परिवर्तन गर्ने सम्बन्धमा
श्री स्थानीय पञ्जिकाधिकारी सबै ‘६७४३ वडा’
प्रस्तुत विषयमा दलित नागरिकहरुको थर परिवर्तनको विषयमा विभिन्न पालिका तथा वडा कार्यालयहरुबाट स्पष्ट पारिदिन अनुरोध भई आएकोमा सो सम्बन्धमा देहाय बमोजिम गर्नु गराउनु हुन् यस विभागको मिति २०७९/०९र०३ गतेको निर्णयानुसार अनुरोध छ ।
निम्न :१. १६ वर्षभन्दा मुनिका दलित बालबालिकाको दलित जातीय थर प्रयोग गरी जन्म दर्ता भएकोमा सो परिवर्तन गरिदिन सूचक वस्न योग्य सम्बन्धित व्यक्तिवाट निवेदन प्राप्त भएमा राष्ट्रिय दलित आयोगद्वारा प्रकाशित दलित जातीय अनुसूची विवरणमा उल्लेख भएमा सम्बन्धित दलित जातीभित्रको थरहरु मध्येवाट निवेदकले चाहेको थर राखी जन्म दर्तामा थर परिवर्तन गरी प्रतिलिपि जारी गर्ने ।
२.उल्लिखित अनुसारका बालबालिकाको थर परिवर्तनका साथै निजको बुवा, आमा वा सूचकको पनि थर परिवर्तन गरिदिन निवेदन प्राप्त भएमा बुवा, आमा वा सूचकको नागरिकता प्रमाणपत्रमा थर संशोधन भएको प्रमाण राखेर मात्रै थर परिवर्तन गरिदिने ।
३. १६ वर्षभन्दा माथीका व्यक्तिको घटना दर्ता प्रमाणपत्रमा थर परिवर्तन गरिदिन आधिकारीक व्यक्तिबाट निवेदन प्राप्त भएमा नागरिकता प्रमाणपत्रमा संशोधन भएको थर अनुसार थर परिवर्तन गरी प्रतिलिपि जारी गर्ने ।
समीर भण्डारी ‘शाखा अधिकृत’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
संघीय निजामति विधेयकः श्रेणीगत प्रणाली हटाएर कर्मचारीलाई तहगत संरचनामा राख्ने सहमति
फागुन १, २०८१ बिहिबार
मन्त्रीस्तरीय निर्णयबाट अर्थ मन्त्रालयका सहसचिवहरूको कार्यविभाजन, कसलाई कुन जिम्मेवारी ?
फागुन १, २०८१ बिहिबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
विपन्न महिलालाई अनुदानमा सिलाइ मेसिन वितरण
फागुन ५, २०८१ सोमबार
बारामा सुधार केन्द्रभित्रै कुटपिट गरी एक युवाको हत्या
फागुन ५, २०८१ सोमबार
अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताः नेपाल र किर्गिस्तान खेल्दै
फागुन ५, २०८१ सोमबार
वित्तीय सुशासन जोखिम मूल्यांकन : दोधारा चाँदनी नगरपालिका नतिजाविहीन
फागुन ५, २०८१ सोमबार
आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
फागुन ५, २०८१ सोमबार
खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति
फागुन ५, २०८१ सोमबार