गगनले अनुचित गनगन गर्नुभन्दा शेखरसँग सहमति खोज्नुपर्छ
यज्ञप्रसाद भट्टराई
पुस ४, २०७९ सोमबार २२:३९:५८
नेपाली राजनीतिमा अहिले युवा नेतृत्वको हावा चलेको छ । कुनै समयमा यही आवाज उठाएर नेतृत्व हत्याएका र अहिले चौरासी गर्नुपर्ने अवस्थामा पुगिसेका बृद्ध अभिभावकहरुको लगातारको नेतृत्व मोहका कारण पनि युवापंक्ति राजनीतिमा अगाडि आउन खोजिरहेको देखिन्छ । पार्टी संगठनदेखि संसदीय फाँटसम्म अहिले लगभग आधाआधी युवा नेतृत्व समेत उदाई सकेका छन् । काम गर्ने तौर तरिकाका बारेमा अहिल्यै टिकाटिप्पणी गर्नुभन्दा पनि नेतृत्वमा उदाउन खोजेका युवाहरुलाई अहिले थप हौसला र उत्प्रेरणाको खाँचो छ । यस बिषयमा आम नेपाली जनताले खबरदारी गर्नु पर्ने हुन्छ ।
भर्खरै सम्पन्न संघीय र प्रदेशसभाको निर्वाचन पश्चात दशेले नयाँ सरकार पाउने भएको छ । निर्वाचन पछि परिवर्तन खोजिनु स्वभाविकै हो तर पुनः उहि अनुहार र उहि नेतृत्व पुनः नेतृत्वमा स्थापित भयो भने निर्वाचनको खाँसै अर्थ नहुन सक्छ त्यसैले बर्तमान नेतृत्व परिवर्तन हुनुपर्छ भनेर पनि राजनीतिक तह र आम नागरिकतहबाट ब्यापक बहस चलिरहेको पनि छ । तर नेतृत्व परिवर्तन बजारमा बसेर हल्ला गर्दैमा हुने कुरा पनि होइन । अनि कसैले अब म नेतृत्व गर्न आएको मलाई नेतृत्व दिनु पर्छ भनेर रुवाबासी गर्दै सडक र चोक बजरमा कराउँदैमा पनि नेतृत्वमा स्थापित हुन पनि सकिदैन । हुन त यी कुराहरु हामीलाइभन्दा नेतृत्व लिन तैयार हुने नेतृत्व तहका आदरणयिहरुलाई नै बढी थाहा हुने बिषय हो ।
अहिले बजारमा अबको प्रधानमन्त्री गगन थापा हुनु पर्छ भनेर बेजोडको सुनामी नै चलेको छ । प्रधानमन्त्री हुन पहिला संसदीय दलको नेता हुनुपर्छ, संसदीय दलका नेता भैसके पछि संसदमा सरकार बनाउने स्पष्ट बहुमत पुर्याउनु पर्छ, भन्ने बिषयालाई भने कसैले पनि गम्भिरताका साथ उठाएको पाइदैन । यसका अलावा बिगत चोधौ महिाधिबेशनबाट दुई धारमा बिभक्त नेपाली कांग्रेसको संस्थापन पक्षसँग अंकगणितमा स्पष्ट बहुमत पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग छ । यस बिषयमा पनि नेतृत्व तहमा छलफल र बहश चलिरहेकै होला ।
अहिलेको नेपाली कांग्रेस भित्रको शक्ति संतुलन मिलाउन सक्ने खुबी भएको नेतामा संस्थापन ईतर पक्षको नेतृत्व गरिरहेका बरिष्ठ नेता डा. शेखर कोइरालासँग छ । अहिले गगन थापा पनि डा. शेखर कोईराला कै नेतृत्वमा आबद्ध रहेका छन् । यसकारण बजारमा हल्ला गर्दै हिडनुभन्दा पहिला डा. शेखर कोइरालासँग बसेर आपसी समझदारी गर्नु आवश्यक छ । संख्यात्मक रुपमा अत्यन्तै कम सभासदहरुको पक्षबाट संसदीय दलको नेता हुन्छु भन्नु आम निर्वाचनमा जनतासँग चर्को भाषमा भाषण गरेर मत एकोहोर्याउनु जस्तो सजिलो बिषय भने पक्कै होइन ।
यसका साथै डा. शेखर कोइरालाले पनि संस्थापन इतरसमूहबाट यो ब्यक्ति संसदीय दलको नेतामा उठने भनेर घोषणा नगरिसकेको अवस्थामा गगन थापालाई संसदीय दलको नेता बन्न त्यति सजलो भने छैन । देउवाले पनि आउ गगन म बुढो भए अब संसदीय दलको नेता तिमि बन भनेर भनेका छैनन् । प्रकाशमान र रामचन्द्रले अबको कांग्रेस हाँकने युवा नेता गगन थापा नै हो भनेर भनेका पनि छैनन् । बिमलेन्द्र र बालकृष्ण खाँडहरुले पनि देउवालाई विश्राम गर भनेका छैनन् । गगन थापाका पुराना टोलीनेता कृष्णप्रसाद सिटौलाले अबको पालो गगनको भन्ने आशय ब्यक्त भएको कहि कतै पनि सुनिएको छैन । अहिले निर्वाचित भएर आएका कुनै एउटा पनि सांसदले गगन थापालाई संसदीय दलको नेता बनाउनु पर्छ भनेर बोल्न त के कहि कतै गोप्य छलफल चलेको हल्ला समेच पनि सुनिएको छैन ।
यो त संस्थापन पक्षको कुरा भो आफ्नै संस्थापन इतर पक्षबाट चाहीँ गगन थापाले सर्वसम्मत रुपमा चर्चा पाएका छन् त ? भन्दा डा. शेखरले बाहिर धेरै हल्ला गरे हलुका होइन्छ भनेर सांकेतिक रुपमा जथाभावी नबोल्न सुझाई सकेका छन्, उपसभापति धनराज गुरुङ्गले चौधौं महाधिवेशनमा सभापतिमा लडेका दुइजना सभापति बिचमा नै भए सहमतिमा नभए प्रजातान्त्रिक प्रक्रियाबाट संसदीय दलको नेता चुनिने सार्वजनिक कार्यक्रम मै बोलिसकेका छन् । डा. मिगेन्द्र रिजाल दुबैतर्फ खुलेका छैनन, हुनत उनी अहिले संसद सदस्य छैनन ।
बद्री पाण्डेदेखि सरिता प्रसाईसम्मले पनि अब गगनले अगाडि बढनु पर्छ भन्ने सांकेतिक संकेत गरेको देखिदैन । अरु त अरु आफ्नै ससुरा बाले पनि अब नेपाली कांग्रेसको संसदीय दलको नेता र भाबी प्रधानमन्त्री ज्वाइँ नै भए हुन्थ्यो समेत भनेका छैनन । यसबाट के बुझिन्छ भने नेपाली कांग्रेसभित्र एकता बिथोल्ने र फुटको राजनीति गर्न रुचाउने बिदेशी दलालहरुले डलरवादको आडमा फैलाउन लगाएको हल्ला मात्रै हो, यो प्रोप्रोगाण्डा मात्रै त हैन ? भनेर अहिले आम नागरिकहरुले जिव्रो टोक्न थालेका छन् ।
केवल अर्का एक महामन्त्री बिश्वप्रकाश मात्रै किन गगन थापालाई यसरी उचालिरहेका छन् ? यसका पछाडि विश्वप्रकाशको गगनलाई साँच्चै देशको कार्यकारी नेतृत्व तहमा पुर्याउने निस्वार्थ भावना हो या गगनलाई उचालेर उठनै नसक्ने गरि पछार्ने रणनीति हो ? यसको उत्तर पाउन धेरै दिन पर्खनु पर्दैन । केही दिनमा सम्पन्न हुने संसदीय दलको चुनावमा देखिनेछ । हुन त महामन्त्री बिश्वप्रकाश शर्माले पनि गणित बिषय त अध्ययन गरेकै होलान, गगनलाई संसदीय दलको नेतामा निर्वाचित हुन कति सभासदको समर्थन प्राप्त हुनुपर्छ भनेर ? कि गणितको आवश्यकता पर्दैन मैले गगनलाई समर्थन गरेर प्रस्तावक बसेपछि शेरबहादुर देउवाले पनि गगनलाई नै भोट हाल्नुपर्छ भन्ने सोचमा हुनुहुन्छ भने बिश्वदाई पनि राजनीतिमा कच्चा खेलाडी नै ठहर्याउँछु ।
हिजो पार्टीको प्रवक्ता भएको तपाईं त महाधिवेशनमा प्रकाशमान दाईको शरणमा पुग्नुपर्यो भने अहिले खुरुक्क देउवाले र देउवा पक्षका अन्य सभासदले खुरुखरु गगनलाइ लाईन लागेर भोट हाल्छन् भनेर बिचरा गगन दाईलाई धेरै नबोकिदिनु होला । हैन अहिले गगन थापालाई मज्जाले उचालेर पछार्न पाए मेरो पालो आउँछ भन्ने गलत सोचका साथ गगनलाई उचाल्नु भएको हो भने तपाईले अहिलेसम्म गरेको निष्ठाको राजनीतिको समेत पुर्णविराम लाग्नेछ । त्यसैले बिना आधार खाली गगन गगन भनेर एउटा आशालाग्दो नेतालाई उचाल्ने र पछि नराम्रो गरि पछार्ने काम नगरौ भन्ने मेरो आशय मात्रै हो । महामन्त्री गगन थापालाई संसदिय दलको निर्वाचनमा समर्थन गर्छौ भनेर भन्ने महामन्त्री बिश्वप्रकाश शर्मा बाहेक अरु कसैले कहि कतै पनि बोलेको सुनिएको छैन । यो हाटबजारमा बयान गर्दै हिडने बिषय पनि होइन ।
के दोश्रो पुस्ताका एनपी साउद, बिरबहादुर बलायर, सरिता प्रसाईं, आरजु राणा देउवा लगायतले मत दिएर संसदीय दलको नेता बनाउने बिश्वास दिलाएका छन त गगन थापालाई ? बिद्रोहको अर्थ परिवर्तन गरेर बर्तमान अबस्थालाई परिमार्जन गर्दै लैजानु हो । बिद्रोहको अर्थ अनावश्यक झमेला झिकर अनर्गल प्रचारबाजीमा लाग्नु र दोश्रो पक्षलाई फाईदा पुर्याउनु मात्रै होइन । गगनको लगातारको गनगनले उनको यस अघि जनतामा बनिसकेको शुन्दर छविमा समेत आँच आउन सक्छ । त्यसैले गगन थापाले डा. शेखर कोइरालासहित अन्य पार्टीका साथिहरुसँग बसेर निर्णायक छलफल गरी संभव भए आफुले, नभए साझा उम्मेद्धवारका रुपमा डा. शेखर कोइरालालाई र अन्त्यमा दुइजनाको प्रतिष्पर्धा हुने नै भयो भने डा. शेखर कोइरालालाई समर्थन गरेर अगाडि बढदा गगन थापाको आगामी राजनीतिक यात्रा समेत उज्वल देखिन्छ ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
कर्णाली याक्सलाई महिन्द्रा अग्नि ग्रुपको साथ
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
यी बानी अवश्य अपनाउनुहोस् कपाल झर्न रोक्छ
मंसिर १४, २०८१ शुक्रबार
ऐश्वर्या रायले आफ्नो नामबाट बच्चन उपनाम किन हटाइन् ?
मंसिर १४, २०८१ शुक्रबार
रोजगारीका लागि भारततर्फ जाँदै नेपाली
मंसिर १४, २०८१ शुक्रबार