जग्गाको वर्गिकरण सकियो, अब कित्ताकाट खुलाउ : मेयर सिंह
आबिद हुसेन
पुस ४, २०७९ सोमबार २३:२६:२१
४ पुष, बीरगञ्ज । बीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले महानगरले जग्गा वर्गिकरणको काम सम्पन्न गरेको भन्दै मालपोत कार्यालयका प्रमुखलाई कित्ताकाट सुरु गरेर जनताका दैनिक समस्या समाधान गर्न आग्रह गरेका छन ।
जिल्ला मालपोत कार्यालय परिसरमा शनिबार बिहान आयोजित कार्यक्रमकाबीच उनले मालपोत कार्यालयका प्रमुख ऋषि कुमार दाहाललाई यस्तो आग्रह गरेका हुन् । महानगरले ३२ वटै वडामा रहेका जग्गालाई विभिन्न ७ थरीमा वर्गिकरण गरेको छ । वर्गिकरणका लागि रोकिएको कित्ताकाट वर्गिकरण सम्पन्न भएसँगै अब खुला गर्नु पर्नेमा नगरप्रमुख सिंहले जोड दिए ।
मेयर सिंहले मालपोत कार्यालयलाई व्यवस्थित गर्दै मालपोत, नापी र भूमीसुधार कार्यालयका लागि बहुतले भवनको आवश्यकता रहेको औँल्याउँदै भवनको नक्सा बनाएर ल्याए भवन निर्माणका लाग आफूले पनि पहल गर्ने बताए।
यस्तै नगरप्रमुख सिंहले मालपोत कार्यालयमा आउने सेवाग्राहीलाई सुविधाजनक बस्ने स्थान र शौचालयको निर्माण महानगर आफैँले गरिदिने बताए । उनले कार्यालय अगाडीको सडकमा जथाभावी सवारी साधन नराखी तोकिएको स्थानमा मात्रै पार्किङ गर्न पनि लेखापढी व्यवसायी र सेवाग्राहीलाई अनुरोध गरे ।
कार्यक्रममा मालपोत कार्यालय पर्साका प्रमुख ऋषि कुमार दाहाल, लेखापढी व्यवसायी संघका अध्यक्ष मदन पटेल, नगर कार्यपालिका सदस्य खैरुद्दिन हवारी, लेखापढी व्यवसायी तथा स्थानीय बासीन्दाको उपस्थिति रहेको थियो ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपबाघको आक्रमणबाट रौतहटमा वडा अध्यक्ष घाइते
मंसिर १६, २०८१ आइतबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
झापामा बेसारखेती गर्ने कृषकको सङ्ख्या वृद्धि
मंसिर १६, २०८१ आइतबार
बेमौसमी काँक्रा बेचेर डेढ लाख बढी आम्दानी
मंसिर १६, २०८१ आइतबार
११ महिनामा १० लाख ५५ हजार बढी पर्यटकले नेपाल भ्रमण गरे, ११ हजार अमेरिकन आए
मंसिर १६, २०८१ आइतबार
चार सय केभी बाह्रबिसे सबस्टेसन निर्माण तीव्र गतिमा
मंसिर १६, २०८१ आइतबार
मतदान गर्न जाँदा बेहोस
मंसिर १६, २०८१ आइतबार
बाघको आक्रमणबाट रौतहटमा वडा अध्यक्ष घाइते
मंसिर १६, २०८१ आइतबार