नागरिकता अनुसार जबरा बने जेष्ठ सदस्य, शपथका लागि पठाइयो पत्र
नेपालबहस संवाददाता
पुस ५, २०७९ मंगलबार १५:५६:३८
५ पुष, काठमाडौं । पुष सात गते बिहीबार प्रतिनिधिसभाका सांसदहरुलाई शपथ खुवाउने अवसर राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर जबराले पाएका छन् । समानुपातिक सांसद बनेका जबराले शपथग्रहण गराउने भएपछि उनको शपथका लागि राष्ट्रपति कार्यलयलाई पत्र पठाइएको छ ।
नागरिकताका आधारमा राप्रपाका जबरा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीभन्दा १ महिना २६ दिन जेठो निस्किएपछि शपथ गराउने ज्येष्ठ सांसदको टुंगो लागेको हो । संघीय संसद् सचिवालयका अनुसार निर्वाचन आयोगबाट नागरिकताको प्रमाणपत्र झिकाएर हेर्दा केसीभन्दा जबरा ज्येष्ठ ठहरिएका हुन् ।
नागरिकता अनुसार महिन्द्रराय यादव ८५ वर्षका छन् । तर, उनले उमेर स्वीकारेका छैनन् । उनले नमानेपछि अर्को जेष्ठ सदस्य खाजिएको हो । २०७४ को प्रतिनिधिसभामा पनि यादवले यही बताएमका थिए । २०७४ मा ज्येष्ठ सदस्य महन्थ ठाकुरले शपथ ग्रहण गराएका थिए । यसपटक भने चित्रबहादुर केसी र पशुपतिशमशेर जबरामध्ये को ज्येष्ठ सदस्य, टुंगो लागेको थिएन ।
सचिवालयका अनुसार महिन्द्र राय यादवले शपथ नगराउने आशय व्यक्त गरेपछि पशुपति शमशेर जबरा केसीभन्दा १ महिना २६ दिनले ज्येष्ठ देखिए । वि. सं. १९९९ माघ २४ गते चित्रबहादुर केसीको देखिन्छ भने २०३० मंसिर २४ गते ३२ वर्ष पुगेको नागरिकता पशुपति शमशेरको जारी भएको पाइएको छ । उनीहरूबीच १ महिना २६ दिनको अन्तर रहेको सचिवालयको भनाइ छ ।
नागरिकताका आधारमा ज्येष्ठ सदस्य टुंगो लागेपछि संघीय संसद्का महासचिव भरतराज गौतमले राष्ट्रपति कार्यालयलाई पत्र पठाएका छन् । उनले जबरालाई ज्येष्ठ सदस्यका रूपमा शपथ गराउने व्यवस्थाका लागि अनुरोधसहित पत्र लेखेका हुन् । उक्त पत्र सोमबार नै राष्ट्रपति कार्यालयमा दर्ता गराइएको बताइएको छ । राष्ट्रपतिले बिहीबार दिउँसो १ बजेअगावै जबरालाई शपथ ग्रहण गराउनेछिन् । त्यसपछि बिहीबार दिउँसो १ बजे जबराले अन्य सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेट
मंसिर १५, २०८१ शनिबार
चीनले घोषणा गरेको अनुदान लिनका लागि सरकारले पहल गर्नेछः उपप्रधानमन्त्री सिंह
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार