मनरासिस्वामा जनतासँग मेयर कार्यक्रम

नेपालबहस संवाददाता
पुस ५, २०७९ मंगलबार १७:३१:४८

५ पुष, जलेश्वर । महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिकाले जनताको समस्या बुझ्न जनतासँग मेयर कार्यक्रम लागू गरेको छ । नगरप्रमुख मोहन पाण्डेले नगरभित्रका जनताको दुःख बुझ्न र जनाताले चाहे अनुसार विकासका कार्यक्रम गर्न जनतासँग मेयर कार्यक्रमको सुरुआत गरेको बताए ।
उनले पालिकाको कार्यालयमा बसेर योजना बनाउँदा जनताको दुःख पीडाको जानकारी नभएको,समस्या सामाधान गर्न नसकेको र आवश्यक विकासको कामसमेत नभइरहेको गुनासो आउन थालेपछि नगरभित्रका प्रत्येक गाउँ टोलमा गएर जनताका समस्या बुझ्दै योजना बनाउन लागेको जानकारी दिए ।
नगरप्रमुख तथा जनप्रतिनिधिको टोलीले नगरवासीकै चाहनाअनुरुप काम गर्ने प्रतिबद्धता जनाउँदै गाउँमै गएर राय सुझाव सङ्कलन गर्दै आएका छन् । गाउँमै योजना बनाउन थालेपछि मनरासिस्वा –४ का नरेश राउत, शिवजी सहनी, दुःखा मुखियालगायतका स्थानीयले आफ्नो टोलमा बाटो, नाला, किसानका लागि सिँचाइको व्यवस्थापन, शिक्षामा देखिएको कमी कमजोरी र स्वास्थ्यचौकीमा पर्याप्त औषधिको व्यवस्था मिलाइदिन आग्रह गरेका छन् ।
वडा नं ५ सुदीश सहनी, रामबाबु यादव र बेचन रायले गाउँका लागि गाउँमै योजना बनाउँदा दिगो हुने बताए ।
दश वडा रहेको सो नगरपालिकाको जनसङ्ख्या करिब ५० हजारको हाराहारी छ । नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, योजना शाखाका कर्मचारी, इञ्जीनियर तथा अन्य आवश्यक जनशक्तिसहितको टोली पालिकाको गाउँ–टोलमा पुग्न थालेपछि सर्वसाधारणले साँच्चिकै गाउँ–टोलमै सिंहदरबार र आफ्नो स्थानीय सरकारको अनुभूति गर्न थालेको वडा नं ६ का बलिराम साह, बिर्जु साह र विष्णु सहनीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपठनपाठन अवरुद्ध गरी कक्षा कोठामा धार्मिक प्रवचन, विद्यार्थीद्वारा विरोध
फागुन १४, २०८१ बुधबार
वरिष्ठ पत्रकार आशुतोष झालाई विशेष सम्मान
फागुन १०, २०८१ शनिबार
ट्राफिक सचेतनाका लागि महोत्तरीमा एक हजार साइकलको सडक यात्रा
फागुन ८, २०८१ बिहिबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
ईशानेश्वरमा रातभर उभिएर ठाडो बत्ती बाल्दै सयौं दम्पत्ति
फागुन १४, २०८१ बुधबार
रेणुका नगरकोटी बनिन् उत्कृष्ट खेलाडी
फागुन १४, २०८१ बुधबार
अमेरिका–युक्रेन खनिज सम्झौतामा के-के कुरा समेटिएको छ ?
फागुन १४, २०८१ बुधबार
शुक्रबार अमेरिकामा ट्रम्पसँग भेट्दै जेलेन्स्की, भविष्यको सहयोगबारे छलफल गर्ने
फागुन १४, २०८१ बुधबार
बाटो खन्नेक्रममा ढुंगा खसेर स्काभेटर चालकको मृत्यु
फागुन १४, २०८१ बुधबार
नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ, यस्ता छन् नयाँ मोडेलका कार
फागुन १४, २०८१ बुधबार