समर्थनबारे जसपामा दुई धार, सत्ता गठबन्धनमै फर्कने यादवको संकेत
नेपालबहस संवाददाता
पुस ५, २०७९ मंगलबार १७:५३:५४
५ पुष, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दावी पेस गर्न एक हप्ताको समय दिएर पत्र पठाएपछि संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरु कुन पक्षलाई साथ दिने भन्नेबारे छलफलमा जुटेको छन् । यसै क्रममा जनता समाजावादी पार्टी (जसपा)ले पनि आन्तरिक छलफल सुरु गरेको छ । उसले सत्ता पक्ष र विपक्ष कुन पक्षमा उभिने भन्ने पार्टीगत निर्णय भने गरेको छैन् ।
नेकपा विभाजनपछि सत्ता गठबन्धनमा रहेको जसपा सीट बाँडफाँटमा सहमति नभएपछि एमालेसँग सहकार्य गरेर प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा गएको थियो । निर्वाचनमा अपेक्षाकृत नतिजा नआएपछि अध्यक्ष उपेन्द्र यादवाले एमालेसँगको सहकार्य सकिएको घोषणा गरेका थिए । त्यस यता उनको आधिकारिक धारणा बाहिर नआएपनि पुरानै गठबन्धनलाई सभाउने पक्ष्ँमा रहेको जसपाका नेताहरु बताउँछन् । अहिलेसम्म राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा) ले सत्ता गठबन्धनलाई समर्थन नगर्ने संकेत गरेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा जाने निर्णय गरेको छ ।
रास्वपाले सरकारमा जाने निर्णय गरेपनि सत्ता गठबन्धनलाई सघाउने भनिसकेको छैन् । उसले एजेण्डामा आधारित रहेर छलफल भएपछि त्यसैलाई आधार बनाएर निर्णय लिने भनेको छ । लोकतान्त्रिक समाजावदी पार्टीले सत्ता गठबन्धनलाई सघाउने निश्चित छ । सबै दलले धमाधम निर्णय लिन थालेपछि जसपाले पनि नयाँ बन्ने सरकारमा सहभागी हुन नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा फर्कन संकेत गरेको छ ।
यद्यपी जसपामा यही विषयलाई लिएर दुई धार देखिएको छ । बरिष्ठ उपाध्यक्ष अशोक राई र नेता राजेन्द्र श्रेष्ठले अहिले नै एमालेसँगको सहकार्य नसकिएको बताएका छन् भने अन्य प्राय नेताहरुको भनाई अध्यक्ष यादवको पक्षमै छ । एमालेसँगको सहकार्यले पार्टीलाई नोक्सानी पुगेको जसपाका नेताहरूको बुझाइ छ । यसैले पनि अहिले फेरि गठबन्धनमै फर्किने र सरकारमा सहभागि बन्ने गरी जसपा नेताहरूले पार्टीभित्र छलफल चलाइरहेका छन् ।
प्रधानमन्त्री र सत्ता सहकार्यका विषयमा जसपा अध्यक्ष यादवले माओवादी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’सँग दुईपटक भेट गरिसकेका छन् । दाहालसँग भेट गरी यादव शनिबार रौतहट पुगेका थिए । उनी काठमाडौं फर्केर सरकारको विषयमा गम्भीर छलफल गर्ने जसपाकै प्रवक्ता मनीष सुमनले नेपाल बहसलाई जानकारी दिए । दुईवटै गठबन्धन छलफलमा खुल्ल रहेपनि पहिलेकै गठबन्धनलाई सघाउने सम्भावना बढी रहेको उनको भनाइ छ ।
जसपालाई कांग्रेस नेतृत्वको गठबन्धनमा ल्याउन माओवादी केन्द्रका अध्यक्ष दाहालले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासाँग पनि छलफल चलाउका छन् । अन्तिम समयमा जसपाले गठबन्धन छाडेर एमालेसँग चुनावी गठबन्धन गर्न गएकोमा देउवाले उतिबेला आपत्ति जनाएपनि अहिले ढोका खुल्ला रहेको बताएका छन् । जसपाको प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ७ र समानुपातिक तर्फ ५ गरी १२ सीट छ ।
यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरूले पनि वर्तमान सत्ता गठबन्धनमा आफ्नो हक लाग्ने बताउँदै आएका छन् । गठबन्धनको बैठकमा सहभागि गराउनेबारे लोसपाका अध्यक्ष महन्थ ठाकुरले दुईतीनपटक प्रधानमन्त्री देउवालाई भेटेका छन् । लोसपा कार्यकारिणी समितिका सदस्य केशव झाले पनि लोसपा कांग्रेस–माओवादी गठबन्धनमै रहेको तर, सम्मानजनक शक्ति बाँडफाँटमा कुरा हुन बाँकी रहेको बताएका छन् ।
प्रतिनिधिसभामा ६ सिट रहेको अर्को तराई–मधेस केन्द्रित जनमत पार्टीले सरकारमा जाने सहमति भइसकेको छ । केही दिनअघि प्रधानमन्त्री देउवासँग भेट गरी जनमत पार्टीका अध्यक्ष सिके राउतले सरकारमा जाने सहमति गरेका हुन् । उता, राप्रपा अध्यक्ष राजेन्द« लिङदेनले तत्काल सरकार नजाने बताए पनि अधिकांश नेताहरु भने सरकारमा जानुपर्ने पक्ष्ँमा देखिएका छन् । यी सबै राजनीतिक परिदृष्यले पनि जसपा कांग्रेस नेतृत्वको गठबन्धनमा नै फर्कने आंकलन गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार