दलको नेतामा सभापति देउवा र महामन्त्री थापाको उम्मेदवारी

नेपालबहस संवाददाता
पुस ५, २०७९ मंगलबार २०:३९:३०

५ पुष, काठमाडौं । नेपाली कांग्रेसको भोली हुने संसदीय दलको निर्वाचनमा दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिएका छन् । दुई उम्मेदवारबीच संसदीय दलमा प्रतिस्पर्धा हुने भएको छ । महामन्त्री थापा संस्थापन इतरसमूहका साझा उम्मेदवाार हुन भने संस्थापनबाट देउवाबाहेकको दावी रहेको थिएन् ।
सभापति देउवाको प्रस्तावकमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थकमा उपसभापति पूर्णबहादुर खड्का रहेका छन् । मनोनयनपत्रमा उनीहरूको हस्ताक्षरपछि उमेदवारी दर्ता गरिएको छ । यस्तै इतरसमूहबाट उम्मेदवार बनेका थापाको प्रस्तावकमा सो समूहका नेता डा. शेखर कोइराला बसेको छन भने उनको प्रस्तावलाई उपसभापति धनराज गुरङ र महामन्त्री विश्वप्रशका शर्माले समर्थन जनाएका छन् ।
नेपाली कांग्रेसको संसदीय दलको नेताका लागि संस्थापन इतरसमूहबाट साझा उम्मेदवार बनेका महामन्त्री गगन थापाको उम्मेदवारी दर्ता भएको छ । थापाको मनोनयनपत्रमा प्रस्तावक र समर्थकको दुवैले हस्ताक्षर गरिपछि दर्ता गरिएको हो । इतरमूहको बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा पनि सहभागी भएर हस्ताक्षर गरेका हुन् । गत वर्षको महाअधिवेशनमा प्रकाशमान सिंह समूहबाट महामन्त्रीमा उम्मेदवारी दिएर निर्वाचित भएका शर्मा शेखर–गगन समूहको बैठकमा सहभागी भएपछि नयाँ माहोल सिर्जना भएको छ ।
महामन्त्री शर्माले संसदीय दलको नेतामा थापालाई जिताउन सबैसँग आग्रह पनि गरेका छन् । शेखर कोइरालाले कांग्रेस संसदीय दलको नेतामा महामन्त्री गगन थापालाई समर्थन गरेपछि शर्मा आएका हुन् । कोइराला प्रस्तावक र शर्माको समर्थनमा थापाले संसदीय दलको नेतामा देउवासँग प्रतिस्पर्धा गर्नेछन् । संसदीय दलको नेतामा थापालाई शेखर–गगन समूहसहित सिंह समूहको पनि समर्थन रहेको छ । थापालाई संसदीय दलको नेतामा निर्वाचित गराउने गरी उक्त समूह लागेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली पशुपतिमा, महाशिवरात्रीमा सहज रूपमा दर्शनको व्यवस्था मिलाउन निर्देशन
फागुन १३, २०८१ मंगलबार
माओवादी केन्द्र जनताको बलले स्थापित भएको हो : अध्यक्ष दाहाल
फागुन १३, २०८१ मंगलबार
कांग्रेस-एमालेको उच्चस्तरीय राजनीतिक कार्यदलको बैठक बस्दै
फागुन १३, २०८१ मंगलबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
सन् २०२७ सम्म रक्षा क्षेत्रमा जिडिपीको २.५ प्रतिशत खर्च गर्ने बेलायती प्रधानमन्त्रीको घोषणा
फागुन १३, २०८१ मंगलबार
महाशिवरात्रीः पशुपतिमा बिहान २ बजेदेखि चारै ढोका खुला गरिने
फागुन १३, २०८१ मंगलबार
भारतीय सेनाका ६ जना पूर्वस्थल सेनाध्यक्ष नेपालमा
फागुन १३, २०८१ मंगलबार
भद्रपुर झापा गोल्डकप : आयोजक ब्लेजर्स फाइनलमा
फागुन १३, २०८१ मंगलबार