निर्वाचन आयोग र सत्ता गठबन्धन मिलेर एमालेलाई हराएः ओली
नेपालबहस संवाददाता
पुस ५, २०७९ मंगलबार २१:३७:३४
५ पुष, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग र सत्ता गठबन्धन मिलेर एमालेको विजय यात्रमा पूर्णविराम लगाउन खोजेको आरोप लगाएका छन् । उनले आयोग र गठबन्धनको सहकार्यमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वचनमा धेराबन्दी, धाँधली र बुथ कब्जा गर्दा एमाले प्रत्यक्षमा पछाडी परेको बताएका छन् ।
एमालेबाट प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित सांसदहरुलाई मंगलबार राजधानीमा बधाई र शुभकामना दिँदै ओलीले धाँधलीकाबीच पनि सबै चक्रव्युह तोडेर चुनावबाट लोकप्रिय मतमा एमाले पहिलो भएको दावी गरे । उनले चुनवामा आफूहरुलाई धुलो चटाउँछौं भन्नेहरुले अहिले एमाले कहाँ छ भने ख्याल गर्नुपर्ने बताए । केहीले चुनावपछि एमालेलाई टर्च बालेर खोज्नुपर्छ पनि भनेको तर अहिले कहाँ छ भन्ने संसारले थाहा पाएको उनको भनाइ थियो ।
ओलीले भने, ’धेराबन्दी धाँधली र बुथ क्याप्चरकाबीचमा हामी लोकप्रिय मतमा पहिलो भयौं । राज्यशक्तिको चरम दुरुपयोग भयो । सार्वभौम जनताले आफ्ना प्रतिनिधि छान्न पाउने अधिकार कतिपय ठाउँमा खोसियो । यसका कारण कतिपय अवस्थामा एमालेको विजय खोसियो । निर्वाचनमा निर्वाचन आयोगले पनि निष्पक्ष भूमिका निर्वाह गरेन । जनताको सार्वभौमसत्ता, संविधान, कानुनी राज माथिको प्रहार हो । लोकतान्त्रिक अभ्यासमाथिको प्रहार हो ।’
ओलीले अहिले मुलुक गम्भीर अवस्थामा पुगेको उल्लेख गर्दै आफुले कम्युनिस्ट आन्दोलनलाई बहुमतमा पुयाएको तर त्यसमा प्रहार गर्ने काम भएको भन्दै एमाले टर्च बालेर खोज्नुपर्ने अवस्थामा नरहेको बताए । ओलीले गएको मंसिर ४ गते भएको निर्वाचनमा निर्वाचन आयोगले निष्पक्ष र प्रभावकारी भूमिका खेल्नै नसकेको भनाई दोहोर्याए । आयोगले आफ्नो कर्तव्य समेत निर्वाह गर्न नसकेको आरोप उनको छ ।
निर्वाचन निष्पक्ष गराउने अभिभारा बोकेका निकायहरूको समेत भूमिका निष्पक्ष, प्रभावकारी हुन सकेन भन्दै उनले कानुनसम्मत र कर्तव्यनिष्ठ भूमिकामा यस्ता निकायहरूले काम गरे भन्ने अवस्था नरहेको बताए । ओलीले मृत्यु भएका मानिसका नाममा मत हालिँदा समेत आयोगले पुनः निर्वाचन गराउन नदिएर लोकतन्त्र र प्रणालीलाई कमजोर बनाउने काममा साथ दिएको जिकिर गरे । आयोगले त्यस्ता गतिविधिलाई रोक्नुपर्ने उनले उल्लेख गरे ।
उनले पार्टी र पार्टी संसदीय दलको नीति, निर्णय र निर्देशनानुसार चल्न पार्टीका नवनिर्वाचित सांसदहरूलाई निर्देशन दिए । सच्चा जनप्रतिनिधिका रूपमा संसद्भित्र र बाहिर पनि वैचारिक रूपमा स्पष्ट र योजनाबद्ध ढंगले अघि बढ्न पार्टीका सांसदहरूलाई सचेत समेत गराए । पार्टीले देश र जनताको हितबाहेक अरू केही पनि नहेर्ने भन्दै उनले पार्टीका सांसदहरूले पनि आफ्नो पार्टी र पार्टी संसदीय दलको आदेश र निर्देशनलाई दृढताका साथ पालना गर्नुपर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार