समयको माग अनुसार संसदीय दलको नेतामा गगनलाई अघि सारिएको होः कोइराला
नेपालबहस संवाददाता
पुस ५, २०७९ मंगलबार २३:८:१२
५ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेताहरुको व्यवहारले समाजमा दलहरुप्रति देखिएको वितृष्णाबाट राजनीतिलाई बचाउन र नयाँ पुस्ताको माग सम्बोधन गर्न महामन्त्री गगन थापालाई संसदीय दलको नेताको रुपमा आफुले प्रस्ताव गरेको बताएका छन् । उनले राजनितिक स्थायित्व र रुपान्तरणका लागि युवा नेतृत्वलाई दिनु आजको माग र आवश्यकता दुवै भएको बताए छन् ।
मंगलबार थापाको संसदीय दलको नेताको प्रस्तावकका रूपमा कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबार पुगेरका उनले पत्रकारहरुसँग कुरा गर्दै थापाले भनेजस्तै स्थायित्व र निरन्तरताका लागि आफ्नो समूहले गगन थापालाई संसदीय दलको नेतामा अगाडि सारेको बताए । उनले थापालाई संसदीय दलको नेतामा प्रस्ताव गर्नुका पछाडी आफ्नो कुनैपनि उदेश्य नरहको बताए । आगामी पार्टी सभापतिको सहमतिको विषयमा भोलिका दिनमा छलफल हुँदै जाने भन्दै यस विषयमा गगनले बोलिसकेकाले आफुले प्रष्ट्याउन आवश्य नभएको बताए ।
धरैले गगनप्रति उनले गरेको योगदान स्मरणीय भएको बताएका छन् । कोइरालाले दलको नेतामा गगनलाई प्रस्ताव गरे लगत्तै मंगरबार मध्यान्हसम्म उनको समुहमा खुलेर आउने सांसदहरुको संख्या पनि बढेको छ । नेता कोइरालाले ‘रुपान्तरणका लागि युवा पुस्ताको भरोसा गर्ने निर्णयसँगै कांग्रेसभित्र एकाएक नयाँ राजनीतिक परिदृश्य देखिएको छ ।
महामन्त्री गगन थापाले सहमतिको कष्टसाध्य यात्रा पार गरेर प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई भोलि संसदीय दलको चुनावमा आफ्नो समूहबाट एकल चुनौती दिनेछन् । आज सहमति जुटेसँगै अब इतर देउवा समूहसँग ३९ सांसद संख्या पुगेको छ । ८९ सदस्यीय कांग्रेस संसदीय दलमा नेता बन्न कम्तीमा ४५ मत ल्याउनुपर्छ । अंकगणितमा अझै केही पछि देखिए पनि गगन थापाको प्रस्तावक मात्रै नभई आम नागरिकको आशा आफूतिर आकृष्ट गर्न कोइराला सफल भएका छन् ।
आज सिंहदरबार सामुन्नेको होटल बसेरामा बसेको इतर देउवा पक्षीय बैठकमा गगन साझा उम्मेदवार बन्दै गर्दा अर्का आशा गरिएका नेता प्रदीप पौडेल पनि साथ दिन आइपुगेका थिए । झापामा चुनाव जितेलगत्तै संसदीय दलको नेतामा थापालाई प्रस्ताव गर्ने घोषणा गरेका महामन्त्री विश्वप्रकाश शर्मा साथमा रहेकै अवस्थामा यो समूहमा पौडेलको प्रवेश हुनु निकै अर्थपूर्ण छ । यो सँगै इतरसमूह झन बलियो बनेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार