सिर्सिया नदी फोहोर गर्दै उद्योग, अनुगमनलाई कडाई गर्दै बीरगञ्ज महानगर
आबिद हुसेन
पुस ५, २०७९ मंगलबार २२:४५:२३
५ पुष, बीरगञ्ज । बीरगञ्जको मरियम लेदर उद्योगले सोझै सिर्सिया नदीमा फोहोर तथा फोहोर पानी फाल्ने गरेको भेटिएको छ । सिर्सिया नदी क्षेत्रमा रहेका उद्योगहरुको अनुगमन गर्न गठित सिर्सिया नदी प्रदुषण नियन्त्रण समितिले मंगलबार अनुगमनका क्रममा यस्तो फेला पारेको हो ।
उद्योगले छालाबाट निस्केको फोहोर पदार्थका साथै उद्योग संचालन गर्दा निस्केका केमिकलयुक्त दुर्गन्धित फोहोर पानी सोझै सिर्सिया नदीमा फाल्ने गरेको भेटिएको अनुगमन टोलीमा रहेका पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताए ।
उद्योगबाट निस्केको फोहोर पानी प्रशोधन गरेर मात्रै नदीमा मिसाउनु पर्ने कानुनी व्यवस्था भए पनि यहाँका अधिकांश उद्योगहरुले सोझै दुर्गन्धित पानी नदीमा फाल्दै आएका छन् । मरियम लेदर उद्योगमा पनि पानी प्रशोधन केन्द्र नभेटिएको महानगरका वातावरण निरीक्षक प्रदीप साहले बताए ।
अनुगमन टोलीले आज मरिअमसहित नारायणी लेदर र निम्बसको पनि अनुगमन गरेको छ । अनुगमन गरेकामध्ये नारायणी लेदरले फोहोर पानी प्रशोधन गरेर फाल्ने गरेको भेटिएको महानगरका वातावरण निरीक्षक साहले बताए ।
त्यस्तै निम्बस उद्योगको उत्पादन अहिले बन्द रहेकाले त्यहाँबाट पानी निकासा नभेटेको पनि उनले बताए । निम्बसले पानी प्रशोधन केन्द्र भने बनाएको छ । नदी आसपासमा कम्तिमा पनि एक सयभन्दा बढी उद्योगहरु रहेको र ती उद्योगले जथाभावी फोहोर पानी फाल्दा अहिले सिर्सिया दुर्गन्धित बनेको छ ।
महानगरका उपमेयर इम्तियाज आलमको संयोजकत्वमा रहेको टोलीले पहिलो चरणमा अनुगमनलाई निरन्तरता दिएको हो । ‘पहिलो चरणमा अनुगमन र सचेत गर्ने काम गर्दै हिँडेका छौँ,’ उपमेयर आलमले भने, ‘यति गर्दा पनि नदी प्रदुषण नियन्त्रण नभए फोहोर पानी नदीमा फाल्ने उद्योगलाई हामी कारवाही गर्छौँ ।’
निर्वाचनमा सिर्सिया नदी प्रदुषण नियन्त्रण गर्दै स्वच्छ बनाउने प्रतिबद्धता जनाएका महानरका मेयर राजेशमान सिंहले निर्वाचनका बेला सिर्सिया नदी प्रदुषण नियन्त्रण गर्दै स्वच्छ बनाउने प्रतिबद्धता जनाएका थिए । त्यही अनुरुप नदीमा भइरहेको प्रदुषण नियन्त्रण गर्दै स्वच्छ बनाउन पहिलो चरणमा अनुगमन अघि बढाइएको उनले बताए ।
मंगलबार उद्योगको अनुगमन गर्न गएको टोलीमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी पौडेल, महानगरको वातावरण शाखा प्रमुख देवेन्द्र चौधरी, प्रहरी निरीक्षक दावा तेन्जी शेर्पा, वीरगञ्ज उद्योग वाणिज्य संघका अनिल कुमार अग्रवाल लगायतको सहभागिता रहेको थियो ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपप्रयाग अहमदको अध्यक्षतामा मदर्सा बरकतुल उलुमको नयाँ कार्यसमिति चयन
मंसिर १६, २०८१ आइतबार
बाघको आक्रमणबाट रौतहटमा वडा अध्यक्ष घाइते
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
प्रयाग अहमदको अध्यक्षतामा मदर्सा बरकतुल उलुमको नयाँ कार्यसमिति चयन
मंसिर १६, २०८१ आइतबार
सरेको सरै भयो भाटभटेनीका सञ्चालक गुरुङले एमालेलाई दान दिएको जग्गा विवादविरुद्धको रिट
मंसिर १६, २०८१ आइतबार
लम्कीचुहा नगर अस्पतालको नयाँ भवन निर्माण सुरु
मंसिर १६, २०८१ आइतबार
उद्योगमन्त्री भण्डारी भारत प्रस्थान
मंसिर १६, २०८१ आइतबार
रवि लामिछानेको आज सकिएन बयान, भोलि पनि हुने
मंसिर १६, २०८१ आइतबार