नगरपालिकाभित्रका सार्वजनिक जग्गा संरक्षण गर्दै रामपुर
नेपालबहस संवाददाता
पुस ६, २०७९ बुधबार १८:४१:३४
६ पुष, रामपुर ‘पाल्पा’। निजी प्रयोजनका लागि ओगटिएका रामपुर नगरपालिकाभित्रका सार्वजनिक जग्गा किटान गरी क्षेत्रफल छुट्टाइएको छ । रामपुर–५ को मटेरी ठूलोटारबाट सो अभियान थालिएको हो ।
ठूलोटारमा पर्ने सार्वजनिक चउरका रुपमा रहेको जग्गा अतिक्रमित गरी व्यक्तिले निजी प्रयोजनका लागि भोगचलन गर्दै आएका थिए । ठूलोटार क्षेत्रमा अतिक्रमित भएका सार्वजनिक जग्गा नाप नक्शा छुट्टाएर जङ्गे पिल्लर गाडिएको छ ।
ठूलोटारको चारैतिर एक सय पिल्लर गाड्ने कार्यक्रम अनुसार अहिले पिल्लर गाड्ने काम भइरहेको वडाध्यक्ष दुर्गाप्रसाद पोखरेल बताउछन । “जथाभावी रुपमा व्यक्तिगत प्रयोगका लागि सार्वजनिक जग्गा अतिक्रमण भएको छ, नीति तथा कार्यक्रममा सार्वजनिक जग्गा संरक्षण गर्ने उल्लेख गरिएको छ” उनले भने,–“अतिक्रमण भएका सार्वजनिक जग्गा संरक्षण गरी हरियाली सुन्दर सहर बनाउनेछौँ” ।
लामो समयदेखि स्थानीय घरवालाले लैजान नदिएको बाटोको विवाद समाधान गर्दै अमिन लगेर सार्वजनिक जग्गा नापजाँच गरी ठूलोटारको चारैतर्फ जग्गा संरक्षण अभियान सुरु भएको वडाले जनाएको छ । ठूलोटार क्षेत्रमा रहेको ८४ रोपनी सार्वजनिक जग्गामध्ये करिब नौ रोपनी जग्गा अतिक्रमणमा परेको वडाध्यक्ष पोखरेलले बताए । रामपुर नगरपालिकासँग समन्वय गर्दै सार्वजनिक जग्गा संरक्षण तथा बालखेल संसार समितिले पनि दबाब दिँदै आएको छ । सार्वजनिक जग्गा संरक्षण गर्न नगरपालिकाले सूचनासमेत निकालेको थियो ।
राष्ट्रिय गौरवका आयोजनाबाट सञ्चालन भएका क्षेत्रबाट सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाउने कार्य सुरु गरिएको नगर प्रमुख रमणबहादुर थापाले बताए । हाललाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोर अन्तर्गत रामपुर– ५ स्थित मटेरी ठूलोटार र २ स्थित भलायटारमा विवादले काम ठप्प रहेको सडकमा सार्वजनिक जग्गा किटान गरी अहिले काम सुरु गरिएको नगर प्रमुख थापा बताउछन । सार्वजनिक जग्गा अतिक्रमण गरेर घर, भवन तथा विभिन्न संरचना बनाउने कार्य बढ्न थालेसँगै नगरले यसवर्षदेखि सार्वजनिक जग्गा संरक्षणमा जोड दिएर अगाडि बढेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआलोचना नै आलोचनाका बीचमा सबैको मन जितेकी लुम्बिनीकी सांसद गिरी
माघ १५, २०८१ मंगलबार
सूर्यविनायक नगरपालिकाले बनायो सुविधासम्पन्न भवन
माघ ११, २०८१ शुक्रबार
६ करोड १० लाख लागतमा बन्यो बराहपोखरी गाउँपालिकाको प्रशासनिक भवन
माघ ११, २०८१ शुक्रबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला
माघ १५, २०८१ मंगलबार
स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल
माघ १५, २०८१ मंगलबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार