दुधौरा खोलामा चार लेनको पक्की पुल निर्माणमा ढिलाइ, यात्रु मर्कामा
नेपालबहस संवाददाता
पुस ६, २०७९ बुधबार २०:६:९
♦ इन्दिप कोइराला
६ पुष, बारा । पूर्वपश्चिम लोकमार्गअन्तर्गत बाराको पथलैया–निजगढ सडक खण्डमा पर्ने दुधौरा खोलामा चार लेनको पक्की पुल निर्माणमा ढिलाइ हुँदा यात्रुहरूलाई सास्ती भोग्न बाध्य भएका छन् ।
पक्की पुल निर्माण गर्ने गरी तीन वर्षअघि नै ठेक्का लागे पनि निर्माणा कम्पनीले एउटा पिलरको जग उठाउनेबाहेक अरु काम गरेको छैन् । सडक विभाग मातहतको पुल महाशाखाले पुल निर्माणको जिम्मा महादेव खिम्ती हिराजन जेभीलाई दिएको थियो । सम्झौताअनुसार तीन वर्षभित्र पुल निर्माण सम्पन्न गर्नुपर्ने हो ।
१५ करोड २३ लाख लागतमा यस पुल निर्माण गर्न सम्झौता भएता पनि कम्पनीले लिएको ठेक्काको समय सीमा आगामी माघ महिनामा सकिँदैछ । करिब ८९ मिटर लम्बाई रहेको यस पुलको चौडाईं २३ मिटर रहने बताइएको छ । पाँच वर्षमा दुई पटक पुल भाँसिएकोले अहिले चार लेनको पुल निर्माण सुरु गरिएको हो ।
दुधौरा खोलाको पुलको पिलर भाँसिदा यातायात सञ्चालनमा समस्या आएपछि करिब दई करोडको लगानीमा रेट्रो फिटिङ्ग गरेर सञ्चालनमा ल्याएइको थियो । चार वर्ष अघि पनि पुल भाँसिएर अवरुद्ध भएपछि सडक डिभिजन कार्यालय हेटौंडाले तीन वर्षअघि रेट्रोफिटिङ्ग गरेर सञ्चालनमा ल्याएको थियो ।
दुधैरा पुलका कारण लामो समय यात्रु र सवारी चालकले सास्ती भोग्नु परेको थियो । वर्सेनी पुल बिग्रिएर सवारी साधन ठप्प हुने गरेको समस्याका कारण वर्षायाममा यात्रुहरुले कयौं रात जंगल मैं बिताउँन बाध्य थिए ।
नयाँ पुल निर्माण भएपछि सास्ती व्यहोर्नु पर्ने आशा गरिरहेका सर्वसाधारण तीन वर्षसम्म एउटा पिलर मात्रै ठड्डिएको देखेर निराश बनेका छन् । वर्षालगायतका विभिन्न बहाना बनाएर ठेकेदार कम्पनीले आलटाल गरेको स्थानीयले बताएका छन् । पक्की पुल समयमै नबनेका कारण आवतजावत गर्न समेत समस्या हुने गरेको छ ।
तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने गरी सम्झौता भएको थियो । हामीले पनि दुई वर्ष मै निर्माण सम्पन्न गरिने योजनाका साथ काम गरेका हो । तर, यसबीचमा भएको मूल्यवृद्धि र चुनावका कारण काम ढिलाई भएको महादेव खिम्ती हिराजन जेभीका इञ्जिनियर अजय झाले बताए ।
पुलमा निर्माण नभइन्जेलसम्मलाई खोलाको बाटोबाट डाईभर्सन गरिएको छ भने वर्षायामलाई मध्यनजर गर्दै बेलीब्रिजको समेत निर्माण गरिएको भएता पनि करिब एक किलोमिटर कच्चीबाटोबाट सवारीसाधन तथा यात्रु यात्रा गर्न बाध्य छन् ।
करिब ५० वर्ष पहिले निर्माण भएको लोकमार्गमा सवारीसाधनको चापले साघुँरो बन्दै गएपछि सडक र पुलको विस्तार गरी दुई लेनलाई चार लेन बनाउँन लागेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्रेन लगाएर कन्टेनर हटाइयो, पूर्वपश्चिम राजमार्ग सुचारु
मंसिर १३, २०८१ बिहिबार
गलकोट–ताराखोला–म्याग्दी सडक स्तरोन्नतिसँगै धमाधम कालोपत्र
मंसिर १३, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै
मंसिर १२, २०८१ बुधबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
हिन्दूमाथि अत्याचार नगर्न बंगलादेश सरकारलाई अध्यक्ष भण्डारीको आग्रह
मंसिर १४, २०८१ शुक्रबार
जाडोयाममा किन बढ्छ वायु प्रदूषण ?
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार
बुद्ध शिक्षामा प्रधानमन्त्रीको जोड
मंसिर १४, २०८१ शुक्रबार
दुर्गा प्रसाईंलाई हिरासतमा राख्न ५ दिन थपियो म्याद
मंसिर १४, २०८१ शुक्रबार
पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष प्रदर्शन
मंसिर १४, २०८१ शुक्रबार