परिवार नियोजन गर्ने पुरुष भन्दा महिलाको संख्या बढी
नेपालबहस संवाददाता
पुस ६, २०७९ बुधबार २०:६:३५
♦ दुर्गा देवकोटा
६ पुष, टीकापुर । कैलालीमा परिवार नियोजन गर्ने महिलाको सङ्ख्या बढी रहेको छ । स्वास्थ्य कार्यालय कैलालीले गरेको परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविरको तथ्याङ्क हेर्दा परिवार नियोजन गर्ने पुरुष भन्दा महिलाको संख्या बढी देखिएको हो ।
कैलालीका नौ स्थानमा सम्पन्न भएको स्थायी बन्ध्याकरण शिविरमा एक सय ६२ जनाले बन्ध्याकरण सेवा लिएका छन् । तीमध्ये एक सय ४९ महिलाले मिनील्याप गरेका छन् भने १३ जनामात्र पुरुषले भ्यासेक्टोमी गरेका छन् ।
गत वर्ष आयोजना भएको शिविरमा दुई सय ३८ जनाले स्थायी बन्ध्याकरण सेवा लिएका थिए । जसमा १९ जनामात्र पुरुषले भ्यासेक्टोमी सेवा लिएका थिए । स्वास्थ्य कार्यालय कैलालीले सञ्चालन गरेको शिविरमा सेवा लिन पुरुष न्यून मात्रामा आएका स्वास्थ्य कार्यालय कैलालीका परिवार नियोजन सुपरभाइजर निरीक्षक ओलटनारायण चापागाईँले बताए । “हामीले महिलाले भन्दा पुरुषले बन्ध्याकरण गर्न सहज हुन्छ भनेर जति सिकाए पनि बन्ध्याकरण शिविरमा पुरुष सहभागिता बढाउन सकिएको छैन”, उनले भने, “सेवा लिन आएकालाई पनि तपाईँभन्दा तपाईँको श्रीमान्लाई बन्ध्याकरण गर्न लगाउनुस् भन्छौँ तर महिलाहरू नै तयार हुनुहुन्न ।”
बन्ध्याकरण गरेमा शारीरिकरूपमा कमजोर भइन्छ, पुरुषले धन कमाउनुपर्छ वा कडा परिश्रम गर्नुपर्ने भएकाले पुरुषहरू बन्ध्याकरण गर्न तयार नभएको चापागाईँ बताउछन् । “स्वास्थ्य कार्यालयले भ्यासेक्टोमी गर्दा शरीरलाई हानी गर्दैन, जुनसुकै काम गर्न सकिन्छ भनी सचेतना फैलाउने गरेका छौँ”, उनी भन्छन्, “तर समाज र परिवार जति सम्झाए पनि मान्न तयार छैनन् ।”
टीकापुर अस्पतालले दिएको जानकारीअनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म एक हजार दुई सय ३६ महिलाले अस्थायी साधन प्रयोग गरेका छन् । गत वर्ष आठ सय १६ महिलाले अस्थायी साधन प्रयोग गरेका थिए । महिलाले जन्मान्तरका लागि अस्थायी साधन प्रयोग गरिरहेका बताएका छन् ।
टीकापुरकी रत्ना चौधरीका बर्सेनि तीन सन्तान जन्मिए । पहिलो बच्चा जन्मिएपछि रत्नाले अर्को बच्चा तुरुन्त जन्माउन चाहेको थिएन तर उनको श्रीमान्को दवावथेग्न नसक्दा लगातार तीन सन्तान जन्माउनु परेको गुनासो गरे । उनले भने, “तेस्रो बच्चा जन्माउँदा अस्पतालमै मिनील्याप गरेर आए । नत्र अहिले फेरि बच्चा जन्माउनुपर्ने थियो ।”
रत्नालाइ प्रजनन अधिकार महिलाको पनि हुन्छ भन्ने जानकारी भए पनि कार्यान्वयन हुन नसकेको बताउछन् । “बच्चा जन्माउने, नजन्माउने महिलाको अधिकार हुने रहेछ । अचेल अस्पतालमा सेवा लिन गएपछि स्वास्थ्यकर्मीबाट थाहा पाएँ”, उनले भने ।
कैलालीकै विना रिमालले पनि आफ्नो इच्छा विपरीत तीन सन्तान जन्माउनु परेको बताउछिन् । उनले पहिलो बच्चा १६ वर्षको, दोस्रो बच्चा नौ वर्ष भइसकेपछि पुनः अर्को बच्चा जन्माइन् । “यसअघिका बच्चाबीच जन्मान्तर राख्न पनि मैले अस्थायी साधन प्रयोग गरेकी थिए । लामो समयसम्म अस्थायी साधन प्रयोगले स्वास्थ्यमा विभिन्न परिवर्तन आएपछि मैले छोडे”, उनी भन्छिन्, “श्रीमान्लाई पटक–पटक बन्ध्याकरण गर्नुस् भन्दा मान्नुभएन, बरु अर्को बच्चा जन्माउने योजना सुनाउन थाल्नुभयो ।”
जिल्लाको तथ्याङ्क हेर्दा स्थायी र अस्थायी परिवार नियोजनका साधन प्रयोग गर्ने सङ्ख्यामा महिला नै बढी छन् । स्वास्थ्य कार्यालयको तथ्याङ्कमा चालु आर्थिक वर्ष २०७९÷८० मा परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्ने सङ्ख्या ५३ हजार पाँच सय ९८ रहेको छ । गत वर्ष २०७८÷७९ मा ४३ हजार सात सय ९८ रहेको थियो ।
टीकापुर अस्पतालका वरिष्ठ अस्पताल नर्सिङ निरीक्षक कल्पना खड्का महिलाले अस्थायी साधन प्रयोग गर्दा स्वास्थ्यमा विभिन्न खाले असर देखिने गरेको बताउछिन् । “पुरुषले गर्ने स्थायी बन्ध्याकरण भ्यासेक्टोमीभन्दा महिलाले गर्ने मिनील्याप धेरै गाह्रो र जोखिमपूर्ण छ तर पुरुषहरू महिलालाई नै अगाडि सार्छन्”, खड्काले भनिन्, “परिवार नियोजन क्याम्पमा मिनील्याप गर्न नमिल्ने विभिन्न स्वास्थ्य समस्या भएका महिला घर फर्कन्छन् तर पुरुषलाई स्थायी बन्ध्याकरण गराउंँदैनन् ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार
अनुगमनका क्रममा ४ सय १५ बोरा रासायनिक मल जफत
पुष ५, २०८१ शुक्रबार
साउदी अरबबाट फर्किएका तनहुँका ३६ वर्षीय पुरुषमा मंकीपक्स सङ्क्रमण पुष्टि
पुष ५, २०८१ शुक्रबार