सात महिनादेखि टुकीकै भरमा मामांखे गाउँ !
नेपालबहस संवाददाता
पुस ६, २०७९ बुधबार २०:२०:१७
६ पुष, फुङ्लिङ । साँझमा टुकी बालेर बसेका परिवार देख्दा यहाँहरु पनि विगतका दिन पक्कै सम्झिन्छन् होला । त्यो दृश्यले यहाँलाई ती दिनमा दियालो बालेर ‘क’ ‘ख’ पढेको, टुकीकै भरमा चिट्ठीपत्र लेखपढ गरेको सम्झना पनि गराउला । अहिले ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ मामांखे गाउँमा पुग्यो भने यहाँले विगत सम्झिन सक्नेछ ।
गत साता मात्र मामांखेका मन कुमारी लिम्बू साँझमा एउटा टुकी बालेर पारिकाका लागि खाना पकाउँदै थिइन्। घरभित्रको टुकीले आधा भाग पनि उज्यालो प्रकाश दिन सकेको थिएन । टुकीको वरिपरि मात्र केही उज्यालो थियो । सँगसँगै बसेका परिवारलाई अँध्यारोमा चिन्न पनि मुस्किल हुथ्यो । आँखाले देख्न नसके पनि आवाजबाट भने पहिल्याउन सकिन्थो ।
घरभित्रको टुकीले केही उज्यालो प्रकाश दिए पनि घरबाहिर भने अँध्यारो नै थियो । केही छिमेकीको घर छेउमा बालेको आगो ताप्दै छिमेकीहरु विगतका आफ्ना कथा एक–आर्कालाई सुनाउन व्यस्त हुन्थ्ये । आकासमा ताराहरु चम्किरहेकाले थोरै भए पनि उज्यालो दिएको थियो ।
मामांखे गाउँको यो दृश्य प्रतिनिधिमूलक घटना मात्र हो । सिरिजङ्गा गाउँपालिका–५ पेदाङ र ६ मामांखे गाउँमा पाँच सय घर परिवारको व्यथा अहिले पनि उस्तै छ । गत आसार ३ गते अविरल वर्षाका कारण पहिराले लघु जलविद्युत् गृह बगाएसँगै पाँच सय घरपरिवार अन्धकारमा बस्न बाध्य भएको खाकसेवा खोला लुघ जलविद्युत् उपभोक्ता समितिका अध्यक्ष टीका माबोले बताए । सोही बखत पहिराले गर्दा उक्त गाउँपालिकामा दुई जनाले ज्यान गुमाएका थिए भने ६३ घरपरिवार पूर्णरुपमा विस्थपित हुन पुगेको थियो । अहिले उनीहरुलाई जिल्ला प्रशासनमार्फत पुनःस्थापित गराउनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सिफारिस गरिएकोे जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
गत असार ३ गते पहिराले विद्युत् गृह बगाएसँगै अहिलेसम्म विद्युत् जडान नहुँदा ढुङ्गेयुग जस्तै अन्धकारमा बस्नुपर्ने बाध्य हुनु परेको वडा नं ६ का हर्कबहादुर लिम्बूले बताए । गाउँमा आपत बिपत पर्दा र मानिस बिरामी पर्दा बिजुली बत्तीको अभाबले बढी समस्या हुने गरेको उनको भनाइ थियो । मोबाइलको ब्याट्री चार्ज गर्न नपाउँदा आफ्ना आफन्तहरुसँग कुराकानी गर्नसमेत समस्या हुँदै आएको मामांखेका सुने लिम्बूले बताए। लामो समय बिजुली बत्ती नबनेपछि विद्यार्थीको पठनपाठनमा समेत प्रत्यक्ष असर पर्न पुगेको स्थानीयवासीको गुनासो थियो ।
विद्युत् गृह राख्ने ठाउँ नै नरहने गरी बगाएर लगेकाले अब त्यस ठाउँमा पुनः विद्युत् गृह निर्माण गर्न समस्या भएको खाकसेक्वा खोला लघु जलविद्युत् उपभोक्ता समितिका अध्यक्ष टीका माबोले बताए । उनले भने, “हामीले बनाउने भनेर प्राविधिक पनि बोलाएर सर्भेक्षण गरायौँ तर ठूलो खर्च लाग्ने प्राविधिकले हिसाब निकाल्यो । गाउँपालिकाले उपलब्ध गराएको बजेट पनि नपुग्ने भएपछि त्यतिकै छोड्यौँ । अन्य ठाउँबाट विद्युत् निकालौँ भने खोला छैन ।”
पहिराले बगाएको विद्युत् गृह पुनः निर्माण नगरी राष्ट्रिय प्रसारणमा विद्युत लाइन जोड्ने पेदाङवासीको योजना रहेको खाकसेक्वा खोला लुघु जलविद्युत् पेदाङ उपभोक्ता समितिका अध्यक्ष भोला भट्टराईले बताए । “खोलाले बगाएको स्थानमा पुनःनिर्माण गर्न ठूलो खर्च लाग्ने भएकाले राष्ट्रिय प्रसारण लाइन यहाँ जोड्न लागिएको छ”, उनले भने, “राष्ट्रिय प्रसारण लाइन जोड्नका लागि लागि पोलहरु गाड्ने, तार तान्ने काम हुन आँटेको छ । छिट्टै नै पेदाङ गाउँ अँध्यारोमुक्त गाउँ हुन्छ ।” पहिराले बगाएको विद्युत् गृह मर्मत गर्नुभन्दा राष्ट्रिय प्रसारण लाइन छिट्टै ल्याउन पहल भइरहेको सिरिजङ्गा गाउँपालिकाका उपाध्यक्ष डा चित्र माबोले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती नदीमा छाडियो मेलम्चीको पानी
मंसिर १४, २०८१ शुक्रबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
एमसीए नेपालले ४०० केभी विद्युत् प्रसारणलाइन निर्माणका लागि निकाल्यो बोलपत्र
मंसिर १२, २०८१ बुधबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार