देउवाको छैटौँ पटक प्रधानमन्त्री बन्ने इच्छा, महामन्त्रीद्वयको सरकारप्रति अनिच्छा
केदार भट्टराई (काका)
पुस ६, २०७९ बुधबार २०:४५:२
६ पुष, काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवादले अब कस्तो रुप लिन्छ भनेर अहिले कुनैपनि नेताले आंकलन गरेका छैनन् । तर, बुधबार सम्पन्न भएको संसदीय दलको नेताको निर्वाचनले भने आन्तरिक सहमतिबाटै कांग्रेस अगाडी बढ्ने संकेत देखिएको छैन् । मंगलबार संस्थापन इतरसमुहका नेता डा. शेखर कोइरालाले संसदीय दलको नेतामा प्रस्ताव गर्दा कांग्रेसमा जुन खालको रुपान्तरण हुने अपेक्षा गरिएको थियो, त्यो मतदानमा भने देखिएन् ।
संसदीय दलको चुनावमा पदीय आकांक्षा र प्रलोभनले महत्व पाएको प्रष्टै भयो । गगनले आफ्नै समूहको मत पनि पाउन सकेनन् भने अर्का महामन्त्री विश्वप्रकाश शर्माको गगनप्रतिको लगाव र समर्थनको कारण पनि प्रष्टैसँग खुल्यो । उनीसँगै मिसिन आएका अर्का युवा नेता प्रदीप पौडेलको कित्ता पनि प्रष्ट भइसकेको छ । विश्वप्रकाशले गगनबारे खेलेको रणनीतबारे पछि छलफल होला । मंगलबारको आंकलन ३९ भन्दा माथि थियो । तर, गगनले मत पाए २५ मात्रै ।
यसैले पनि विचार र परिवर्तनभन्दा पदीय लोलुपताले प्राथमिकता पाएको कुरा छिपेन । अहिलेलाई बालबल काांग्रेस विभाजनबाट बच्यो भन्ने नेताहरु पनि बुधबार कांग्रेसभित्रै देखिए । यी सबै प्रकरणले आगामी कांग्रेसमा के होला भन्ने प्रश्न भने उठाएको छ । संसदीय दलको नेतामा विजयी भएपछि सभापति शेरबहादुर देउवालाई छैटौं पटक प्रधानमन्त्रीका लागि बाटो खुलेको छ । उता, उनले प्रधानमन्त्रीको तयारी गरिरहँदा पार्टीका दुबै महामन्त्रीले भने सरकारको विषयमा अनिच्छा देखाएका छन् ।
योसहित देउवा चौथो पटक पार्टीको संसदीय दलको नेता बनेका छन् । हाल पाँचौँ पटक प्रधानमन्त्री रहेका देउवा संसदीय दलको नेतामा निर्वाचित भएसँगै अब छैटौँ पटक प्रधानमन्त्री बन्ने बाटो खुलेपनि सहज भने देखिएको छैन् । यसका लागि पनि उनले पार्टीबाट निर्णय गराउँदा बहुमतकै साहारा लिनुपर्ने अवस्था देखिँदैछ । प्रतिनिधिसभामा ठूलो दलका रूपमा रहेको कांग्रेसका सभापति देउवा अब वर्तमान सत्ता गठबन्धनमा बहुमतको गणित पुर्याएर प्रधानमन्त्री बन्ने दाउमा छन् ।
०५१ सालमै तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले युवा नेता देउवालाई संसदीय दलको नेतामा अघि सारेका थिए । दलको नेता भएकै कारण उनी ४९ वर्षको उमेरमै देशको प्रधानमन्त्री बनेका थिए । पार्टीभित्रको समीकरणमा तत्कालीन सभापति कोइराला र नेता कृष्णप्रसाद भट्टराईको द्वन्द्व र माओवादी द्वन्द्व व्यवस्थापनमा असफल भएको आरोपका कारण देउवाले दोस्रो र तेस्रो पटकसमेत प्रधानमन्त्री बन्ने मौका पाए ।
०६२-६३ को परिवर्तनयता पनि देउवा दुई पटक प्रधानमन्त्री भइसकेका छन् । ०६४ र ०७० का दुवै संविधानसभा निर्वाचनमा संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेपनि पराजित भएका देउवा ०७२ मा पार्टीको सभापति निर्वाचित भएपछि भने निरन्तर सभापति र दलको नेता छन् । ०७४ मा देउवाले संस्थापनइतर समूहका प्रकाशमान सिंहलाई पराजित गरेका थिए ।
वैधानिक सभापतिय प्रणालीमा चलिरहेको कांग्रेसमा संगठन र शक्ति सभापतिसँग हुन्छ । पछिल्लो तीन दशक निरन्तर शक्तिमा रहेर पार्टीमा संगठन गरेका देउवाले यसपटक १४ औँ महाधिवेशनपछिको केन्द्रीय समितिमा ८० प्रतिशत बहुमत हासिल गरेका छन् । उनले निर्वाचनमा टिकट वितरण पनि त्यही अनुसार गरेका थिए । त्यसको प्रभाव पनि संसदीय दलमा परेको छ ।
यसपटक संसदीय दलको निर्वाचनमा उनलाई ३० वर्ष कान्छा महामन्त्री थापाले चुनौती दिएका थिए भने देउवाविरुद्ध नेता शेखर कोइराला, पार्टी उपसभापति धनराज गुरुङ, अर्का महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री जीवन परियार र बद्री पाण्डे, नेता प्रदीप पौडेललगायतको मोर्चाबन्दी थियो । सभापति देउवा संसदीय दलको नेतामा निर्वाचित भएपछि अब उनको नेतृत्वमा सत्ता गठबन्धनको सरकार गठनका लागि बाटो खुला भएको छ । तर, इतरसमूहले आफ्नै भोट पनि सुरक्षित गर्न सकेन ।
देउवाले गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित दलहरुलाई संसदीय दलको नेता चयन भइसकेपछि शक्ति बाँडफाँट गर्ने आश्वासन दिदै आएका थिए । देउवा दलको नेता चुनिएपछि अब गठबन्धनमा शक्ति बाँडफाँट र नयाँ सरकार गठनको छलफल सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार गठनका लागि आइतबार बेलुका ५ बजेसम्मको समय दिएकी छिन् ।
छैटौँ पटक प्रधानमन्त्री बन्ने प्रयासमा रहेका देउवा संसद्को ठूलो दल नेपाली कांग्रेसको दोस्रो पटक सभापति छन् । संसदीय राजनीतिमा समकालीन नेतामध्ये सबैभन्दा वरिष्ठ उनी डडेलधुराका स्थायीवासी हुन् । वि.सं. २००३ सालमा असिग्राममा जन्मिएका उनी २०२० सालदेखि नै कांग्रेसको राजनीतिमा सक्रिय छन् ।
विद्यार्थी राजनीतिबाट २०२८ सालमा नेविसंघको निर्वाचित सभापति भएका देउवाले पटक–पटक गरी १० वर्ष १० महिना जेल जीवन बिताए । ०४८ देखि नै उनी डडेलधुराबाट सांसद निर्वाचित हुँदै आएका छन् । पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा भने उनले दुई निर्वाचन क्षेत्रबाट चुनाव जितेका थिए । पहिलो संविधानसभामा डडेलधुरा र कञ्चनपुर ४ र दोस्रो संविधानसभामा डडेलधुरा र कैलाली ४ बाट निर्वाचित भएका हुन् ।
प्रधानमन्त्री भएका बेला पार्टीको निर्देशनविपरीत २०५९ जेठ ८ मा संकटकाल लम्बाउने निर्णय गरेको भन्दै साधारण सदस्यतासमेत नरहने गरी निष्कासनमा परेका देउवाले २०५९ असोज ४ मा पार्टी फुटाएर कांग्रेस प्रजातान्त्रिक गठन गरी सभापति बनेका थिए । ०६४ मा पार्टी एकीकरणपछि देउवा दोस्रो मर्यादाक्रममा रहँदै आएका थिए ।
राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका देउवा २०५२ मा सर्वसम्मत र २०५८ मा सुशील कोइरालालाई पराजित गरी संसदीय दलको नेता भएका थिए । ०७० माघमा भने देउवा कोइरालासँग संसदीय दलमा पराजित भएका थिए । त्यसअघि ०६६ असारमा भएको दलकै निर्वाचनमा नेता रामचन्द्र पौडेलसँग पनि पराजित भएका थिए ।
०५८ मा प्रधानमन्त्री बनेका देउवालाई ०५९ असोज १८ मा तत्कालीन राजा ज्ञानेन्द्रले प्रतिगामी कदम चाल्दै हटाएका थिए । देउवालाई हटाएपछि राजाको प्रतिगमनविरुद्धको आन्दोलन चर्किएको थियो । आन्दोलन चर्किएपछि राजा ज्ञानेन्द्रले देउवालाई ०६१ मा पुनः प्रधानमन्त्री बनाएका थिए । राजाले पुनर्बहाली गर्ने भनेपछि देउवा प्रतिगमन सच्चिएको भन्दै प्रधानमन्त्री बनेका थिए । तर २०६१ माघ १९ मा ज्ञानेन्द्रले देउवालाई पुनः हटाउँदै सक्रिय शासन सुरु गरेका थिए ।
पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा भने उनले पटक–पटक हार बेहोरेका छन् । देउवा ०५६ चैतमा पहिलो पटक भएको संसदीय दलको निर्वाचनमा तत्कालीन पार्टीका नेता गिरिजाप्रसाद कोइरालासँग प्रतिस्पर्धी थिए । त्यसबेला उनी पराजय भए । ०५८ साउनमा देउवा संसदीय दलको नेता निर्वाचित भएका थिए । तत्कालीन नेता सुशील कोइरालालाई पराजित गरी देउवा पहिलो पटक संसदीय दलको नेता बनेका थिए । उनी १२ औँ महाधिवेशनमा फेरि पार्टी सभापतिमा पराजित भए । १३ औँ र १४ औँ महाधिवेशनमा उनी निरन्तर सभापति चुनिएका छन् ।
अब देउवाका लागि नयाँ सरकार बनाउ पनि चुनौतीपूर्ण छ । उनलाई दुबै महामन्त्रीले साथ नदिने संकेत गरेका छन् । संसदीय दलमा चुनाव हारे लगत्तै महामन्त्री गगन थापाले सरकार निर्माण र राष्ट्रपतिबारे पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले बन्दकोठामा गरेको सहमति नमान्ने बताएका छन् । माओवादीसँग आलोपालो प्रधानमन्त्री र राष्ट्रपतिबारे भागबन्डाको तयारी भइरहेका बेला थापाले बुधबार यी विषयमा संस्थागत निर्णय हुनुपर्ने बताए । संसदीय दलको नेतामा पराजित भएपछि थापाले प्रतिक्रिया दिँदै अब स्वाभाविक रूपमा कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने र त्यससम्बन्धी निर्णय पारदर्शी हुनुपर्ने भनेका छन् ।
यस्तै अर्का महामन्त्री विश्वप्रकाश शमौले पनि नयाँ बन्ने सरकारमा मन्त्री नबन्ने बताएका छन् । मन्त्री बनेर जानेहरुलाई पार्टीको घोषणापत्र अनुसार काम गर्न भन्ने उनले बताएका छन् । बुधवार कांग्रेस संसदीय दलको नेताको निर्वाचनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री शर्माले भने, ‘अहिले सरकारमा जाने कुरामा साथीहरु जानुहुन्छ, जान चाहनेहरु साथीहरुलाई संयोजन गर्नु रामो हुनेछ ।
सरकारमा जाने साथीहरुलाई यो घोषणापत्र बोकेर काम गर्नुपर्ने भन्दै उनले आफु पार्टी कार्यालयमा बसेर कार्य गर्ने बताए । आफू महामन्त्री भएको वर्ष दिन पुग्न लागेको र अझै धेरै कुराहरु गर्न बाँकी रहेको उनले बताए । महामन्त्री शर्माले सरकारमा जाने सांसदहरुको संयोजन लगायतका कामहरुमा आफू लाग्ने बताएका छन् ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपके परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
'राखी कुटनीति' ले जोडेको सम्बन्ध बीआरआईमा पुगेर विश्राम !
मंसिर २४, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार