डेढ वर्षअघिदेखि सुरु भएको मदन भण्डारी राजमार्गको काम २५ प्रतिशत मात्र
नेपालबहस संवाददाता
पुस ६, २०७९ बुधबार २१:५२:१५
६ पुष, सुर्खेत । मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेतको धुलियाबिट–भेडाबारी सडकको २५ प्रतिशत काम भएको छ । करिब डेढ वर्षअघिदेखि सुरु भएको सो सडक निर्माणको काम अहिलेसम्म २५ प्रतिशत मात्र कार्यप्रगति भएको हो। सुर्खेतको धुलियाबिट–भेडाबारी सडकखण्ड ३५ किलोमिटर रहेको छ।
यो सडकखण्डमा भ्याटसहित एक अर्ब तीन करोड रुपियाँमा काम सम्पन्न गर्नेगरी कालिका केएस वेदान्सी जेभीले ठेक्का सम्झौता गरेको छ। २०७८ असार २८ गतेदेखि सुरु भएको काम २०८० पुस १३ गतेसम्म सम्पन्न गरिसक्नुपर्नेछ। जसअनुसार काम सुरु भएको डेढ वर्षको अवधिमा करिब ५० प्रतिशत काम हुनुपर्नेमा लक्ष्यभन्दा ढिला काम भइरहेको छ।
राजमार्गले एक हजार दुई सय किलोमिटर पूर्व–पश्चिम नेपाललाई जोड्नेछ। विभिन्न १० वटा टुक्रे सडकलाई एकीकृत गरी पूर्वदेखि पश्चिमसम्म पुर्याउने गरी मदन भण्डारी राजमार्ग निर्माण भइरहेको हो ।
राजमार्गको जंगल क्षेत्रमा पर्ने रुखको कटान आदेश नपाउँदा लक्ष्यअनुसार काम हुन नसकेको मदन भण्डारी राजमार्ग योजना कार्यालय सुर्खेतले जनाएको छ। यो सडकखण्डमा करिब १८ किलोमिटर जंगल क्षेत्र पर्दछ। कार्यालयका इन्जिनियर जितेन्द्रकुमार शाहले बताए ।
राजमार्ग क्षेत्रमा पर्ने रुखहरू कटान आदेश नहुँदा अहिले सडकको बीचबीचमा रुख छोडेर काम भइरहेको छ। सरकारको प्राथमिकतामा रहेको सडक, विद्युत् लगाएतका पूर्वाधार निर्माण हुँदा समयमा रुख कटान आदेश नभएर काममा ढिलाइ हुने गरेको छ। यस अवधिसम्म ट्र्याक खोल्ने, चौडा बनाउने, नाला निर्माण, ग्याबिन, कल्भर्टलगायतका काम सम्पन्न भएको इन्जिनियर शाहले जानकारी दिए। उनका अनुसार अहिलेसम्म नौ किलोमिटर ग्राभेलको काम पनि सकिएको छ।
जनशक्ति परिचालन गरेर हुने नाला, पर्खाल, कल्भर्टजस्ता काम करिब करिब सकिएका छन्। अब कालोपत्रेलगायतका काम र मेसिनरी उपकरण प्रयोग हुने काम मात्र बाँकी रहेको छ ।
धुलियाबिट–भेडाबारी सडकसँगै सुर्खेतको पश्चिम क्षेत्रअन्तर्गत बड्डीचौरदेखि बेतान कर्णालीसम्म ९४ किलोमिटर सडक निर्माणको काम पनि भइरहेको छ। यो सडकखण्डका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको छ। जसका लागि चालू आर्थिक वर्षमै टेन्डर भई काम सुरु हुँदै छ भने तीनवटा मोटरेबल पुल निर्माणाधीन अवस्थामा छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्रेन लगाएर कन्टेनर हटाइयो, पूर्वपश्चिम राजमार्ग सुचारु
मंसिर १३, २०८१ बिहिबार
गलकोट–ताराखोला–म्याग्दी सडक स्तरोन्नतिसँगै धमाधम कालोपत्र
मंसिर १३, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै
मंसिर १२, २०८१ बुधबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
रोजगारीका लागि भारततर्फ जाँदै नेपाली
मंसिर १४, २०८१ शुक्रबार
इजरायली आक्रमणमा सात प्यालेस्टिनीको मृत्यु, कैयौँ घाइते
मंसिर १४, २०८१ शुक्रबार
ओपनिङ गर्ने बेला भारतीय क्रिकेटर पटेलको हृदयघातका कारण निधन
मंसिर १४, २०८१ शुक्रबार
विराट कोहली आरसीबीको अर्को कप्तान बन्ने
मंसिर १४, २०८१ शुक्रबार
तातोपानी कुण्डमा स्नान गर्दै
मंसिर १४, २०८१ शुक्रबार