स्मार्टफोन रियलमी १० प्रो प्लस फाइभ जी नेपाली बजारमा उपलब्ध
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
पुस ६, २०७९ बुधबार २२:१६:२७
![](https://nepalbahas.prixacdn.net/media/albums/realme-10-Pro-5-Series_Launch-KV_H-scaled-e1671619571769_2GIBINI3Px.jpg)
६ पुष, काठमाडाैं । स्मार्टफोन ब्रान्ड रियलमीको फ्ल्यागशिप लेबल कर्भ भिजन डिस्प्ले सहितको प्रिमियम स्मार्टफोन रियलमी १० प्रो प्लस फाइभ जी नेपालमा ल्याएको छ । मिडरेन्जको सबैभन्दा प्रिमियम मानिएको यो फोन कभ्र्ड भिजन डिस्प्लेको कारण पहिलै देखि बजारमा चर्चित छ ।
रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरी भन्छन्, “रियलमी १० प्रो सिरिजको नयाँं सदस्यको रुपमा रियलमी १० प्रो प्लस फाइभ जीलाई नेपालमा ल्याउन पाउँदा हामी अत्यन्तै उत्साहित छौँ । रियलमी १० प्रो प्लस फाइभ जी यस सेग्मेन्टकै पहिलो स्मार्टफोन हो जसमा फ्ल्यागशिप लेभलको कभ्र्ड भिजन डिस्प्ले रहेको छ । एउटा ब्रान्डको रुपमा हामी जहिले पनि नयाँ-नयाँ प्रविधि युक्त उत्पादनहरु उपभोक्तामाझ ल्याउन प्रयासरत हुन्छौँ । र त्यसैको फलस्वरुप डिजाइन र टेक्नोलोजिको सर्वोत्कृष्ट संगमको रुपमा रियलमी १० प्रो प्लस फाइभ जी लाई बजारमा ल्याउन पाउँदा हामीलाई गर्व लागेको छ । रियलमी १० प्रो प्लस फाइभ जीले पनि अगाडिको फोनहरु जस्तै माया र विश्वास पाउनेछ ।”
रियलमी १० प्रो प्लस फाइभ जी यो सेग्मेन्टकै पहिलो फोन हो जसमा फ्ल्यागशिप लेबल १२० हर्जको कर्भड भिजन डिस्प्ले रहेको छ । त्यस्तै यसमा २१६० हर्ज पिडब्ल्युएमको डिमिङ रहेको छ । ९३.६५ प्रतिशत स्क्रिन-टु-बडी रेसियो भएको यो फोनको मोटाइ भने जम्मा २.३३ मिमि रहेको छ जसले गर्दा यो फोन अत्यन्तै स्लिम पनि छ । यो रियलमीको कभ्र्ड डिस्प्ले स्मार्टफोनमै सबैभन्दा न्यारो बटम बेजेल पनि हो । त्यस्तै गरी यो संसारकै सबैभन्दा पहिलो ओएलइडि डिस्प्ले हो जसले टियुभि रेनल्यान्ड फ्लिकर फ्री सर्टिफिकेट पनि पाएको छ ।
आकर्षक हाइपरस्पेस डिजाइन र अल्ट्रा-लाइट बडी भएको रियलमी टेन प्रो प्लसको तौल पनि जम्मा १७३ ग्राम रहेको छ । त्यस्तै यसमा ५००० एमएएचको शक्तिशाली ब्याट्रि रहेको छ जुन १७ मिनेटमै ५० प्रतिशतसम्म चार्ज हुन सक्छ । चिपसेटको कुरा गनुपर्दा यसमा डाइमेन्सिटी १०८० छन् । चिपसेट रहेको छ जसमा ६ न्यानोमिटरको हाइ एफिसियन्सी प्रोसेसर रहेको छ । त्यस्तै यसमा फ्ल्यागशिप लेभलकै १०८ एमपिको क्यामरा रहेको छ ।
नोनापिक्सेल टेक्नोलोजी युक्त यी क्यामराहरुले अत्यन्तै क्लियर तस्बिर लिन सक्छन । साथ-साथै यी क्यामराहरुमा सुपर ग्रुप पोर्ट्रेट, वान टेक, र स्ट्रिट फोटोग्राफि मोड ३.० जस्ता फिचरहरु छन् । जसले वाटरमार्क सहित एकदमै राम्रो तस्बिरहरु लिन सक्छन्।
आकर्षक हाइपरस्पेस गोल्ड रंगमा उपलब्ध रियलमीको अहिलेको बजार मुल्य ४६ हजार रहेको छ भने यसमा स्टोरेज अप्सन ८ जिबि+१२८ जिबि रहेको छ । शनिबारदेखि नेपालभरी उपलब्ध हुने यस रियलमी टेन प्रो प्लस फाइभ जी किन्ने ५० जना भाग्यशाली ग्राहकहरुले रियलमीको तर्फबाट एउटा सफारी ब्याग उपहारको रुपमा प्राप्त गर्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिसान र होन्डाका मर्जर वार्ता रद्द, शेयर मूल्यमा बृद्धि
फागुन २, २०८१ शुक्रबार
एडिडासलाई १५ हजार डलर जरिवाना
फागुन २, २०८१ शुक्रबार
जनवरीमा नर्वेको बजारमा विद्युतीय कारको बिक्री ९६ प्रतिशत
माघ २१, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
फागुन ५, २०८१ सोमबार
रूसले गुगललाई गरायो ठुलो परिणामको जरिवाना
फागुन ५, २०८१ सोमबार
भद्रपुर झापा गोल्डकपमा नेपालसहित चार देशका १० टोली सहभागी हुँदै
फागुन ५, २०८१ सोमबार