बिहीबार मध्याह्न १२ बजे स्वतन्त्र सांसदसहित सर्वदलीय बैठक
नेपालबहस संवाददाता
पुस ६, २०७९ बुधबार २२:२३:१०
६ पुष, काठमाडौं । संसद सचिवालयले प्रतिनिधिसभाका सांसदहरुलाई शपथ ग्रहण गराउनु अघि स्वतन्त्र सांसदसहित संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुको सर्वदलीय बैठक बोलाएको छ । प्रतिनिधिसभाका सांसदहरूको शपथग्रहणभन्दा पहिले नै संसद्का ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाको अध्यक्षतामा सर्वदलीय बैठक बोलाइएको हो ।
बिहीबार १ बजे शपथका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको छ । त्यसअघि १२ बजे संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताहरूलाई सर्वदलीय बैठकमा बोलाइएको संसद सचिवालयले जनाएको छ । संसद् सचिवालयका अनुसार १२ राजनीतिक दलबाट १–१ जना र ५ स्वतन्त्र सांसदहरूलाई सर्वदलीय बैठकमा बोलाइएको हो ।
उक्त बैठकमा शपथसम्बन्धी कार्यक्रमको ब्रिफिङ गर्ने सचिवालयको भनाइ छ । शपथ कसरी लिने, सांसदहरूलाई दिइने सुविधा लगायत विषयमा महासचिव र कार्यव्यवस्था महाशाखाका अधिकारीले ब्रिफिङ गर्ने कार्यक्रम रहेको छ । उक्त बैठकमा सांसदहरूलाई सकेसम्म राष्ट्रिय पोसाकमा आउन या आफ्नो मौलिक संस्कृति झल्किने पोसाक लगाएर उपस्थित हुन आग्रह गरिने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेट
मंसिर १५, २०८१ शनिबार
चीनले घोषणा गरेको अनुदान लिनका लागि सरकारले पहल गर्नेछः उपप्रधानमन्त्री सिंह
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार