तपाईको आजको राशीफल कस्तो छ ?
नेपालबहस संवाददाता
पुस ७, २०७९ बिहिबार ११:६:४१
आजको पात्रो : ७ पुस २०७९, बिहीबार । तद्नुसार डिसेम्बर २२ । पौषकृष्ण चर्तुदशी, विष्टि करण, ज्येष्ठा नक्षत्र, शूल योग, चन्द्रमा वृश्चिक राशिमा रहेको छ । बिहान सूर्योदय ०६ः५० मा हुनेछ भने सूर्यास्त ०५ः१४ मा हुनेछ । आज बिहान ११ः४२ देखि १२ः२३ सम्मको समय अभिजित मुहूर्त रहेको छ । यो समयमा गरेको काम शुभ हुनेछ । आजका देवता नाग र ग्रहदेव बृहस्पति हुन् । बिहीबारको अध्ययन, अध्यापन र लेखनको काम शुभ हुनेछ । बिहीबारको दिन वस्त्रधारण गर्नु उपयुक्त हुन्छ । आजको दिन यात्रा गर्दा दक्षिण दिशातर्फ फर्केर गर्दा शुभ हुनेछ । आजको दिन विद्यतीय सामान खरिदको लागि पनि उत्तम रहने छ ।
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ):- सामाजिक र धार्मिक कार्यमा लाग्नु भएका व्यक्तिलाई मानसम्मान मिल्नेछ । आफूभन्दा उच्च व्यक्तिबाट प्राप्त हुने सम्मानले मनमा नयाँ काम गर्न मन लाग्नेछ । आजको दिन सुरुवात गरेको काम यसै साताभित्र सम्पन्न हुनेछ । आजको दिन रचनात्मक कामको शुरुवात गर्न पनि सक्नुहुनेछ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) :- व्यापार व्यवसायबाट लाभ हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ । आजको दिन कुनै अध्यात्मयात्राबाट फाइदा हुनेछ । आजको दिन मौन रहनु उत्तम हुनेछ ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह):- घरपरिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा शुभ हुनेछ । कामअनुसारको फल प्राप्त हुनेछ । सकारात्मक सोच राखेर काम गर्नु पर्नेछ । आजको दिन अनावश्यक आरोप पनि लाग्न सक्छ ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) :- कर्कट राशीका जातकका लागि आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने यात्राबाट फाइदा पुग्नेछ । व्यापार व्यवसायमा नयाँ लगानी गर्नु पनि सकिन्छ । अध्ययन अध्यापनमा नयाँ अवसर प्राप्त हुनेछ । आजको दिन आफूले सम्मान गर्ने व्यक्तिसँगको फाइदा हुनेछ । आजको दिन कुनै नयाँ पुस्तकको अध्ययन गर्दा रचनात्मक सोच बढ्नेछ ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) :- सिंह राशीका जातकले हरेक बिहीबार बिहान सूर्योदयको दर्शन गर्नुहोला । तपाईलाई मनमा सन्तोष हुनेछ । पारिवारिक समस्या समाधान हुँदै जाने छ । आजका दिन मौन रहेर आफ्नो नियमित कार्य गर्नुहोला । कसैसँग विवाद हुनसक्ने भएकाले नियमित कामबाहेक नयाँ कामका लागि दिन त्यति उपयुक्त छैन । यात्राको लागि शुभ हुनेछ ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) :- कन्या राशीका जातकका लागि आजको दिन यात्राका लागि अवसर आउनसक्छ । नयाँ मित्रमण्डलीसँगको भेटले कार्यगत उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोग प्राप्त हुनेछ । आजको दिन कुनै देवी मन्दिरको दर्शन गरेर काम गर्नु थाल्नुभएको छ भने सोचअनुसारको प्रतिफल प्राप्त हुनेछ ।
तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते) :- आजको दिन सोचअनुसार काम हुनेछ । व्यापार व्यवसायमा हुनुहुन्छ भने आजको दिन फाइदा हुन्छ । धैर्यको आवश्यकता हुन्छ । सकारात्मक सोच राखेर काम गर्नुहोला । परिवार र आफन्तजनबाट समेत सहयोग हुनेछ । बृद्ध र बालकलाई केही खानेकुरा दिनु उत्तम हुनेछ । बृद्धजनलाई भोजन गराउनु उत्तम हुनेछ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :- तपाईले आज सूर्योदयको दर्शन गरेर दिनको कार्य शुरुवात गर्नुहोला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । तपाईले कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । परिवारमा हुने विवादले समस्या हुनसक्छ । धैर्य र मौन रहनु नै वेश हुनेछ । अध्ययन अध्यापनको काम र नयाँ पुस्तक किनेर अध्ययन गर्नुहोला ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) :- परिवार तथा आफन्तजनको साथ सहयोगले कार्ययोजना सफल हुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन ब्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थप हुनेछ । नियमित काममा ध्यान दिनुहोला । साथ सहयोग कसैको नहुँदा पनि तपाईको मनमा उर्जाका लागि देवालय र शिवालयको दर्शन गर्नु भएमा मनमा उत्साह थपिने छ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) :- आजको दिन सोचेअनुसारको काम हुने भएकाले नयाँ काम गर्नसक्नुहनेछ । बिहान सूर्यनारायणलाई जल दिएर दर्शन गर्नुभयो भने दिन सफल हुनेछ । आजको दिन अध्ययन अध्यापनमा सफलता मिल्नेछ । मकर राशीका जातकको लागि रचनात्मक काममा मन लाग्नेछ ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) :- व्यापार व्यवसायबाट प्राप्त धनलाई सामाजिक सेवामा खर्च गर्नुभयो भने मानसम्मान मिल्नेछ । सामाजिक काममा मन जानेछ । परिवारभित्र तपाईले गरेको कामबाट खुशीयाली छाउने छ । आजको दिन कुनै आश्रयस्थलमा पुगेर बृद्धलाई खानेकुरा दिनुभयो भने तपाईको लागि निकै फाइदा हुनेछ । सत्कार्यले मन र वचन पवित्र हुनेछ ।
मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) :- बिहीबारका दिन मीन राशीमा जातकले बिहान सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम छ । सकारात्मक सोच, आफनो नियमित काम र अध्ययन अनुसन्धानको कामको शुरुवातको लागि मीन राशिका व्यक्तिका लागि विहीबार विशेष दिन हो । आजको दिन शिवालयको दर्शनमात्रले तपाईको मनमा हर्ष छाउनेछ । अध्ययन अध्यापनमा ध्यान दिनु उत्तम हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ तपाईको आजको राशीफल ?
भदौ ६, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २२, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २०, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द
मंसिर ८, २०८१ शनिबार
काठमाडौं उपत्यकाको बागमती कोरिडोर क्षेत्रको बाढीबस्तीमा सरकारको अझै पुगेन ध्यान
मंसिर ८, २०८१ शनिबार
विभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार