ब्राजिलका महान फुटबलर पेलेको अवस्था थप जटिल
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
पुस ७, २०७९ बिहिबार १७:१६:५२
![](https://nepalbahas.prixacdn.net/media/albums/The-panda-we-Know-19_Ssg8cJW0I3.png)
७ पुष, काठमाडौं । ब्राजिलका महान फुटबलर पेलेको उपचार गरिरहेको अस्पतालले उनको क्यान्सर, मिर्गौला र मुटुको समस्या झन बढेको जनाएको छ । ८२ वर्षीय पेलेको ‘मृगौला र मुटुको समस्यासँग सम्बन्धित थप हेरचाह आवश्यक’ रहेको साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालले भनेको छ । उनको हाल सामान्य वार्डमा उपचार भइरहेको छ ।
उनको केमोथेरापी उपचारको पुनः मूल्यांकन गर्न पेलेलाई नोभेम्बर २९ मा साओ पाउलोको अस्पतालमा भर्ना गरिएको थियो । २१ सेप्टेम्बरमा कोलोन ट््युमर हटाउन शल्यक्रिया गरे देखि ८२ वर्षीय पेलेको केमोथेरापी भइरहेको छ । उनलाई श्वासप्रश्वासको संक्रमण भएको समेत उनको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।
यस महिनाको सुरुमा पेलेलाई जीवनको अन्तिम हेरचाहमा राखिएको रिपोर्टलाई अस्वीकार गर्दै पेलेका छोरी केली नासिमेन्टो र फ्लाभिया अरेन्टेसले उनको स्वास्थ्यको बारेमा प्रशंसकहरूलाई आश्वस्त पार्न खोजेका थिए ।
‘एडसन एरेन्टेस डो नासिमेन्टोले क्यान्सर रोगको प्रोग्रेसन देखिएको र मृगौला र कार्डियक डिसफंक्शनसँग सम्बन्धित थप हेरचाहको आवश्यकता’ रहेको अस्पतालले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
अस्पतालले विज्ञप्ति जारी गरेको केही मिनेटपछि नासिमेन्टो र अरेन्टेसले आफ्ना बुबा क्रिसमसको लागि घर नजाने इन्स्टाग्राममा उल्लेख गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरोनाल्डोले किन लिदैनन् सन्यास ?
असार २४, २०८१ सोमबार
कोपा अमेरिकाको सेमिफाइनलको समीकरण पुरा
असार २३, २०८१ आइतबार
युरोकपको क्वाटरफाइनलमा आज राती पोर्चुगल र फ्रान्स भिड्दै
असार २१, २०८१ शुक्रबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन
असार २४, २०८१ सोमबार
उद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने
असार २४, २०८१ सोमबार
मोरङमा चैते धानको उत्पादन बढ्यो
असार २४, २०८१ सोमबार
पहिरोले अवरुद्ध मुग्लिन-मलेखु सडक पुन: सञ्चालन
असार २४, २०८१ सोमबार
‘विदेशी लगानीका जलविद्युत् आयोजनामा स्वदेशी बैंकले लगानी गर्नु हुँदैन’
असार २४, २०८१ सोमबार