एकान्तकुनामा खुल्यो ‘मञ्जिना हेयर एन्ड मेकअप स्टुडियो’
नेपालबहस संवाददाता
पुस ७, २०७९ बिहिबार २१:१२:२८
७ पुष, काठमाडाैं । लामो समयदेखि काठमाडौंको विभिन्न मेकअप स्टुडियो तथा सलुनमा फ्रिलान्सर प्रशिक्षकको रुपमा काम गर्दै आएकी मेकअप आर्टिस्ट तथा व्युटिसियन मञ्जु श्रेष्ठले बुधबारबाट आफ्नो मेकअप स्टुडियो सुरु गरेकी छिन् । ललितपुरको एकान्तकुनामा उनले ‘मञ्जिना हेयर एन्ड मेकअप स्टुडियो’ सुरु गरेकी हुन्।
उनको सो स्टुडियोका रोज सिप विकाश तालिम केन्द्रकी अध्यक्ष तथा लायन्स जोन चेयरपर्सन सोनी कारँजितले बुधबार उद्घाटन गरिन् । आफु्सँग हेयर एन्ड मेकअप सम्बन्धि लामो प्रशिक्षण लिएर केही वर्ष रोजमा प्रशिक्षकको रुपमा काम गरेपछि उनले काठमाडौंका विभिन्न मेकअप स्टुडियोमा प्रशिक्षकको रुपमा सेवा दिएको सोनीले बताइन् ।
फ्रिलान्सर भएर धेरैलाई यो क्षेत्रमा सेवा दिएकी मञ्जुले सुविधा सम्पन्न आफ्नो हेयर तथा मेकअप स्टुडियो खोलेर व्युटी क्षेत्रमा प्रत्यक्ष रुपमा थप योगदान दिन लागेको भन्दै सोनीले सफलताको शुभकामना ब्यक्त गरिन् ।
ललितपुरको एकान्तकुना क्षेत्रमा गुणस्तरयुक्त हेयर तथा मेकअप स्टुडियोको अभाव रहेकाले आफुले एकान्तकुनामा यो स्टुडियो खेलेको मेकअप आर्टिस्ट तथा ब्युटिसियन मञ्जुले बताइन् । आफ्नो हेयर तथा मेकअप स्टुडियोमा हेयर केयर, स्किन केयर र मेकअप सहित सबै सुविधा तथा सेवा रहेको पनि उनले बताइन् ।
हेयर स्पेसलिस्टको रुपमा समेत परिचित उनले केमिकलका कारण विग्रिएका हरेक प्रकारका कपाललाई आफुहरुले ट्रिटमेन्ट गरेर गुणस्तरीय बनाउने पनि जिकिर गरिन् ।
सो उद्घाटन समारोहमा सञ्चारकर्मी सूर्य चन्द, बरिष्ट प्रहरी नायव निरिक्षक पुरुषोत्तम सानुलगायतले पनि मञ्जुलाई नयाँ मेकअप स्टुयोको सफलताको शुभकामना दिँदै उनको कार्यको चर्चा गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाउदी अरबमा फेसन शो, धर्मगुरु र कट्टरपन्थीको विरोध
मंसिर ४, २०८१ मंगलबार
निमिशा, ममिषा र प्रज्ञानले जिते ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को उपाधि
कात्तिक १६, २०८१ शुक्रबार
'मिस विभा २०२४' को ताज प्रेमा लामगाढेलाई
भदौ २७, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति
मंसिर ९, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई सर्वोच्चले दिएन अन्तरिम आदेश, अदालत उपस्थित गराउन निर्देशन
मंसिर ९, २०८१ आइतबार
मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने शहरबीच भगिनी सम्बन्ध
मंसिर ९, २०८१ आइतबार
देउवाले उमेश श्रेष्ठलाई बनाए कांग्रेसको कोषाध्यक्ष
मंसिर ९, २०८१ आइतबार
नारायणी अस्पतालमा ‘मेमोग्राम’ जडान अन्तिम चरणमा
मंसिर ९, २०८१ आइतबार