स्पेनिस टोली नेपाल भ्रमणमा आउने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r4uYBOLq3K.jpeg
)
नेपालबहस संवाददाता
पुस ७, २०७९ बिहिबार २१:६:२४
![](https://nepalbahas.prixacdn.net/media/albums/spain-team_xri4D7j3yy.jpeg)
७ पुष, काठमाडौं । स्पेनिस फुटबल क्लब दुई मैत्रीपूर्ण खेलका लागि नेपाल भ्रमणमा आउने भएको छ । अखिल नेपाल फुटबल संघ ९एन्फा० र कास्की जिल्ला फुटबल संघसँगको सहकार्यमा ‘शान्तिका लागि फुटबल’ भन्ने नाराका साथ दुई मैत्रीपूर्ण खेल्न स्पेनको काथेरेन्यो फुटबल क्लब नेपाल भ्रमणमा आउन लागेको हो ।
स्पेनिस लिग प्रणालीअन्तर्गत दोस्रो डिभिजनको क्लबले काठमाडौं र पोखरामा एक(एक मैत्रीपूर्ण खेल खेल्ने तयारी भएको आयोजक लुम्बिनी गार्डेन फाउन्डेसनका महासचिव एकराज गिरीले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी गराए ।
खेल पोखरा रंगशाला र दशरथ रंगशालामा हुनेछन् । काथेरेन्यो फुटबल क्लब र गण्डकी–११ बीचको मैत्रीपूर्ण खेल १३ पुसमा पोखरा रंगशालामा हुनेछ । यसैगरी १४ पुसमा दशरथ रंगशालामा काठमाडौं–११ सँग दोस्रो मैत्रीपूर्ण खेल हुने तालिका छ ।
नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान अनिल गुरुङले गण्डकी–११ फुटबल टिमको कप्तानी जिम्मेवारी पाएका छन् । टोलीको प्रशिक्षणमा पोखराबासी राजेन्द्र तामाङ हुनेछन् । यसैगरी काठमाडौं–११ को टिम पूर्वकप्तान विराज महर्जनको नेतृत्वमा रहनेछ । काठमाडौं टिमको प्रशिक्षकमा मेघराज केसी छन् ।
स्पेनको राष्ट्रिय टोलीबाट खेलिसकेका म्यानुयल सान्चेज डेल्गाडो ९मोनोलो० नेपाल भ्रमण टोलीमा हुनेछन् । सन् १९८८ देखि १९९२ सम्म स्पेनको राष्ट्रिय टोलीबाट खेल्ने क्रममा स्ट्राइकर मोनोलोले २८ अन्तर्राष्ट्रिय खेलमा ९ गोल गरेका थिए । विश्वकप १९९० मा मोनोलो स्पेनिस टिमको मुख्य खेलाडी थिए ।
फाउन्डेसनका उपाध्यक्ष गोबिन्द सुवेदीले नेपाली राष्ट्रिय टोलीका वर्तमान तथा पूर्वस्टार खेलाडीहरू र स्पेनिस राष्ट्रिय टिमबाट विश्वकपको समेत अनुभव बटुलिसकेका खेलाडीबीचको प्रतिस्पर्धा अत्यन्तै रोमाञ्चक हुने अपेक्षा रहेको बताए । यसैगरी उनले समर्थकलाई मैदानमा उपस्थिति भइदिन आग्रह गरेका छन् ।
नेपालमा फुटबलको विकास तथा पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने उद्देश्यसहित गरिन लागेको मैत्रीपूर्ण खेलका लागि काथेरेन्यो फुटबल क्लबको साथमा स्पेनिस राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडीहरूका साथै स्पेनिस फुटबल महासंघका उपाध्यक्ष पनि नेपाल आउनेछन् । फाउन्डेसनले नेपालको पर्यटन प्रवद्र्धनमा यस मैत्रीपूर्ण खेलले धेरै सहयोग पुग्ने विश्वास लिएको छ ।
फाउन्डेसनले भविष्यमा दुई देशका फुटबल एकेडेमीहरूबीच दीर्घकालीन सहकार्यको वातावरण बनाउने, स्पेनिस प्रशिक्षकहरू नेपाल ल्याएर खेलाडीहरूलाई विशेष प्रशिक्षणको व्यवस्था मिलाउने, स्पेनका विशेषज्ञ इन्स्ट्रक्टरहरूबाट नेपाली प्रशिक्षकहरूलाई प्रशिक्षित गराउने, नेपालका प्रतिभावान युवा खेलाडीलाई स्पेनमा विशेष प्रशिक्षणको व्यवस्था मिलाउनेलगायतका योजना बनाएको छ । फाउन्डेसनले एन्फा र स्पेनिस फुटबल महासंघसँग सम्झौता गराउन पहल गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरोनाल्डोले किन लिदैनन् सन्यास ?
असार २४, २०८१ सोमबार
कोपा अमेरिकाको सेमिफाइनलको समीकरण पुरा
असार २३, २०८१ आइतबार
युरोकपको क्वाटरफाइनलमा आज राती पोर्चुगल र फ्रान्स भिड्दै
असार २१, २०८१ शुक्रबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
मोरङमा चैते धानको उत्पादन बढ्यो
असार २४, २०८१ सोमबार
पहिरोले अवरुद्ध मुग्लिन-मलेखु सडक पुन: सञ्चालन
असार २४, २०८१ सोमबार
‘विदेशी लगानीका जलविद्युत् आयोजनामा स्वदेशी बैंकले लगानी गर्नु हुँदैन’
असार २४, २०८१ सोमबार
कोरोना भाइरसविरुद्धका १६ लाख ६८ हजार मात्रा खोप आयो
असार २४, २०८१ सोमबार
बङ्लादेशकी प्रधानमन्त्री शेख हसिना चीन प्रस्थान
असार २४, २०८१ सोमबार