कक्षा ११ र १२ को कम्प्युटर साइन्सको समूह परिवर्तन नहुने
नेपालबहस संवाददाता
पुस ७, २०७९ बिहिबार २१:५२:०
७ पुस, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले साधारण धारतर्फ कक्षा ११ र १२ मा अध्ययन हुने कम्प्युटर साइन्स विषय समूह परिवर्तन नहुने जनाएको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को निर्णय अनुसार शैक्षिक सत्र २०७९/८० का लागि समूह परिवर्तन गरेको जनाएको छ ।
तर, कम्युटर साइन्सको समूह परिवर्तन गरेपनि अधिकांश विद्यालयले सूचना नपाएको भन्दै पुरानै अर्थात चौथो समूहमा नै राखेर अध्यापन गराउँदै आएको थियो । कतिपय विद्यालयले शैक्षिक सत्रको बीचमा समूह परिवर्तन गरिएको भन्दै विद्यार्थीले असन्तुष्टि जनाएका छन् ।
बोर्डले कक्षा ११ को रजिष्ट्रेशन फाराम भर्ने सूचना जारी गर्दा समूह परिवर्तनको पनि सूचना जारी गरेको थियो । तर, केही विद्यालयहरूले सूचना अवगत नभएका कारण कम्प्युटर साइन्स विषयलाई चौथो समूहमा नै समूहीकृत गरी पठनपाठन गरेको र परिवर्तन गर्न समस्या परेको जनाएपछि हालका लागि साविककै समूहमा राखी निरन्तरता दिन बोर्डले सूचना जारी गरेको छ ।
आगामी शैक्षिक सत्रबाट भने अनिवार्य रुपमा कम्प्युटर साइन्स विषय दोस्रो समूहमा समूहीकृत हुने व्यवस्था गरिएको सूचनामा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारत सरकारको सहयोगमा निर्मित क्याम्पस र छात्रावास भवन हस्तान्तरण
पुष २२, २०८१ सोमबार
अब नर्सिङ कार्यक्रम लागू भएका विद्यालयमा स्वास्थ्य दूत नियुक्त गरिने
पुष १८, २०८१ बिहिबार
गरिब, दलित र असहाय बालबालिकाका लागि निःशुल्क आवासीय विद्यालय
पुष १५, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार