चर्को ब्याजदरविरूद्ध मोरङका उद्योगी व्यवसायीद्वारा राष्ट्र बैंकमा धर्ना
नेपालबहस संवाददाता
पुस ७, २०७९ बिहिबार २३:२:४९
७ पुष, माेरङ । चर्को ब्याजदर र बैंकिङ नीतिविरुद्ध मोरङका उद्योगी व्यवसायीले बिहीबार विराटनगरस्थित राष्ट्र बैंकको मुख्य गेटमा धर्ना दिएका छन् । उद्योग सगंठन, मोरङ व्यापार संघ, विराट व्यापार संघ, नेपाल उद्योग परिसंघ लगायत मोरङका ४० भन्दाबढी औद्योगिक संस्थाहरूले पाँच बुँदे मागसहित आन्दोलन सुरू गरेका छन् । साेही क्रममा साँझ पाँच बजेसम्म धर्ना दिएका हुन् ।
उनीहरूले ‘ब्याजदर साह्रो भयो’, ‘गरिखान गाह्रो भो’, ‘बैंकको ब्याज साह्रो भयो’, ‘कारोबार गर्न गाह्रो भो’ लगायत नारा लेखिएका प्ले कार्ड प्रदर्शन गरेका छन् ।
उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले बैंकको गलत नीतिको शिकारका कारण उद्योगीले उद्योग–व्यवसायबाट पलायन हुनुपर्ने अवस्था आएको बताउँदै चालू पुँजी कर्जा निर्देशिका खारेज गर्न माग गरे । उनले एकल अंकको ब्याजदर कायम गर्नुपर्ने माग गरे ।
उनले भने, ‘सम्पूर्ण उद्योग–व्यवसाय घाटामा छन् । बैंकमात्र नाफामा छ । हामी राष्ट्र बैंकको गेटबाट त्यसै फर्कँदैनौं । बरु हामी गोली खान तयार छौं ।’
मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले विश्वकै अर्थतन्त्र धरापमा परिरहेको बेला नेपाल सरकारले उद्योगी–व्यवसायीलाई थप पीडा दिने उद्देश्यले कडा नीति ल्याएकाे बताउँदै विराेध गरे ।
चालु पुँजी कर्जा निर्देशिका खारेज गरिनुपर्ने, एकल अंकको बैंक ब्याजदर कायम गरिनुपर्ने, स्प्रेडदर अधिकतम् २ प्रतिशत हुनुपर्ने, संस्थागत ब्याजदर २ प्रतिशत निर्धारण गर्नुपर्ने तथा बैंकर र व्यवसायी अलग गर्नुपर्ने उनीहरूको माग छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छआजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ५, २०८१ शुक्रबार
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
द आर्ट अफ लिभिङ नेपाल’द्धारा अन्तराष्ट्रिय ध्यान डे २०२४ को आयोजना
पुष ५, २०८१ शुक्रबार
कलायुक्त प्यागोडा शैलीको मन्दिर
पुष ५, २०८१ शुक्रबार
नेपाली सेनाद्वारा 'प्रेसर कुकर बम' निष्क्रिय
पुष ५, २०८१ शुक्रबार
एसिया कप क्रिकेटः नेपाल बङ्गलादेशसँग पराजित
पुष ५, २०८१ शुक्रबार