मेगा बैंकको साधारणसभाबाट नेपाल इन्भेष्टमेण्टसँगको मर्जरलाई अनुमति, शेयरधनीलाई बोनस शेयरसहित ७.७९ प्रतिशत लाभांश
नेपालबहस संवाददाता
पुस ८, २०७९ शुक्रबार १७:५८:२६
८ पुष, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको बार्षिक साधारणसभाले नेपाल इन्भेष्टमेण्ट बैंकसँगको मर्जर कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्न विशेष प्रस्ताव पारित गरेको छ ।
बिहीबार काठमाडौंमा सम्पन्न मेगा बैंकको १२ औं बार्षिक साधारणसभाले मुल्यांकनकर्ताबाट प्राप्त दुबै संस्थाको सम्पत्ति, दायित्व तथा कारोबारको मुल्यांकन प्रतिवेदन अनुसार संयुक्त मर्जर समितिको सिफारिसमा मेगा बैंकको सञ्चालक समितिले स्वीकृत गरेबमोजिम मेगा बैंकको १०० कित्ता शेयर बराबर मेगा बैंकका शेयरधनीहरुलाई मर्जरपछि बन्ने बैंकको ९० कित्ता शेयर प्राप्त हुने गरी शेयर आदानप्रदान अनुपात (१००ः९०) मा एकआपसमा गाभ्ने-गाभिने (मर्जर) कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्न विशेष प्रस्ताव पारित गर्ने निर्णय गरेको हो । योसँगै नेपाल इन्भेष्टमेण्ट बैंकसँगको मर्जरको बाटो खुलेको छ । दुबै बैंक एक आपसमा गाभिई संयुक्त कारोवार गर्ने, बैंकको नाम नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड रहने छ ।
साधारणसभामा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले मर्जरपछि दुबै बैंकको नाम र काम अनुसारको गरिमालाई उचो बनाउन दुबै बैंकमा रहेका असल परम्परा संस्कार, ग्राहकहरुको सेवा, कर्मचारीहरुको मिलान र व्यवस्थापन तथा शेयरधनीहरुको जेथा र लाभांशमा न्यायोचित वृद्घि र निरन्तरता दिइने विश्वास व्यक्त गरेका छन् । ‘हामीले “हलोदेखि हाइड्रो” सम्मको नारा र अभियानका साथ बैंक स्थापना गरेका थियौं, सोही अनुरुप सबैभन्दा बढी शेयरधनी भएको बैंक र सबभन्दा बढी रु. २३३ करोड चुक्ता पूँजी भएको बैकको रुपमा मेगा बैंक स्थापना भयो । त्यही मौलिकतालाई आत्मसात गर्दै हामीले नयाँ रुपमा बैंकलाई अगाडि बढाउने रणनीति तयार गरेका थियौं, मर्जरपछि बन्ने नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड देशकै ठूलो बैंक बन्ने विश्वास लिएको छु ।’– अध्यक्ष शाहले भने ।
यसैगरी, साधारणसभाले शेयरधनीहरुका लागि बोनस शेयरसहित ७.७९ प्रतिशत लाभांश पारित गरेको छ । आ.व. २०७८-०७९ सम्म सञ्चित भएको बितरणयोग्य रकम १,२६,३०,५९,५२०.८ं० रुपैंयाबाट हाल कायम चुक्ता पँुजी १६ अर्ब १२ करोड ४ लाख ६१ हजार ४५३ रुपैंया ३६ पैसाको ४ प्रतिशतले हुन आउने रकम अक्षरेपी ६४ करोड ४८ लाख १८ हजार ४ सय ५८ रुपैंया १३ पैसा बोनस शेयर लाभांश र ३.७९ (राउन्डिङ्गमा) प्रतिशतले हुन आउने रकम रु. ६१ करोड २ लाख ४३ हजार २ सय ८० रुपैंया ६६ पैसा नगद लाभांश साधारणसभाले पारित गरेको हो ।
साधारणसभालाई सम्बोधन गर्दै मेगा बैंक नेपाल लिमिटेडकी कायममुकायम प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठले मेगा बैंकले लिएको हलोदेखि हाइड्रोसम्म नारा सार्थक र सफल भएको बताइन् । आर्थिक समावेशितालाई प्राथमिकता दिँदै जनताको घरदैलोमा बैंकको सेवा पु¥याई शहरदेखि दूरदराजका गाउँसम्मका आममानिसको बैंक बनाउने उद्देश्यबाट अभिप्रेरित भएर स्थापना भएको मेगा बैंकले वित्तीय बजारमा उत्कृष्ट छविको परिचय बनाउनुका साथै भरोसा र विश्वास आर्जन गर्न सफल भएको उनले बताइन् । आधुनिकीकरण र प्रविधिकरणलाई आत्मसात गर्दै मेगा बैंकले ग्राहकहरुलाई अन्यन्तै नवीनतम र आकर्षक डिजिटल बैंकिङ सेवा प्रदान गरिरहेको कामु सीईओ श्रेष्ठले बताइन् ।
कामु सीईओ श्रेष्ठले मेगा बैंकको वित्तीय परिसूचक सन्तोषजनक रहेको बताउँदै चालू आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिसम्म बैंकको कुल निक्षेप ९५ करोड रुपैंयाले वृद्धि भई १ खर्ब ५७ अर्ब ४४ करोड रुपैंया पुगेको सो अवसरमा जानकारी दिईन् । यसैगरी, बैंकको कर्जा ३ अर्ब ९१ करोड रुपैंयाले वृद्धि भइ १ खर्ब ५३ अर्ब ९५ करोड रुपैंया पुगेको छ । गत त्रैमासमा बैंकले ५० करोड ९२ लाख रुपैंया खूद मुनाफा आर्जन गरेको छ । यसैगरी, कोभिडबाट प्रभावित देशको अर्थतन्त्रलाई उकास्न मेगा बैंकले करिब ६ अर्ब ३ करोड रुपैंया सहुलियत कर्जा र ५ अर्ब १९ करोड रुपैंया पुनर्कर्जाहरु प्रवाह गरेको छ ।
बैंकलाई थप मजबुत एवं प्रतिस्पर्धी बनाउन, व्यवसायको दायरा एवं आकारमा वृद्घि गर्न, शाखा तथा सञ्जालहरुको विस्तारलाई मेगा बैंकले अगाडि बढाउँदै आएको छ । जसअन्तर्गत २०७८-०७९ मा मेगा बैंकले २१ वटा नयाँ शाखा र १ वटा नयाँ एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याई ९ वटा एक्सटेन्सन काउण्टरलाई शाखामा स्तरोन्नति गरिएको छ । हाल बैंकको २०८ शाखा, २७ वटा एक्स्टेन्सन काउण्टर रहेका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
मंसिर १, २०८१ शनिबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
कात्तिक ३०, २०८१ शुक्रबार
नबिल बैंक दक्षिण एसियाको उत्कृष्ट वित्तीय प्रतिवेदन साफा अवार्डबाट सम्मानित
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
आजको मौसमः कोशी र गण्डकीमा हल्का वर्षा हुने, तराई क्षेत्रमा हुस्सु
मंसिर २, २०८१ आइतबार
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
मंसिर २, २०८१ आइतबार
स्थानीय तह उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता
मंसिर २, २०८१ आइतबार
आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने
मंसिर २, २०८१ आइतबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी ७ सैनिकको मृत्यु
मंसिर १, २०८१ शनिबार