चर्को ब्याजदरको विरोधमा विराटनगरका उद्योगी-व्यवसायीहरू आज पनि धर्नामा
नेपालबहस संवाददाता
पुस ८, २०७९ शुक्रबार १९:८:४६
८ पुष, विराटनगर । नेपाल राष्ट्र बैंक र सरकारी नीतिले आफूहरूलाई पेशाबाटै विस्थापनको खतरामा पुर्याएको बताउँदै आन्दोलनमा रहेका विराटनगरका उद्योगी व्यवसायीहरुले आज पनि राष्ट्र बैंकविरुद्ध धर्ना जारी राखेका छन् ।
बिहीबारदेखि नेपाल राष्ट्र बैंकको विराटनगरस्थित कार्यालय घेराउमा रहेका उद्योगीहरूले शुक्रबार पनि धर्ना जारी राखेका हुन्। धर्ना आज पनि बेलुका ५ बजेसम्म जारी रहने उनीहरुले बताएका छन् ।
कालो ब्यानर र प्लेकार्डसहित धर्ना बसिरहेका छन् । तीन दर्जनभन्दा बढी व्यावसायिक संघ संगठनको अगुवाइमा सुरू भएको आन्दोलनका क्रममा राष्ट्र बैंकको प्रादेशिक कार्यालयमा पैदल जाने कसैलाई पनि नरोक्ने तर नगद बोकेका गाडीको आवतजावतमा अवरोध पुर्याउने उनीहरुको भनाइ छ ।
मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले राष्ट्र बैंकको मौद्रिक नीतिका कारण व्यवसायी मर्नु न बाँच्नुको अवस्थामा पुगेको बताउँदै आन्दोलन बाध्यकारी भएको बताए ।
हाल १६ प्रतिशत पुगिसकेको ब्याजदर एकल अंकमा नआएसम्म, स्प्रेड दरलाई ४.४ बाट घटाएर २ प्रतिशत, संस्थागत निक्षेपको ब्याज २ प्रतिशत र चालु पुँजी कर्जा निर्देशिका खारेज नगरेएसम्म आन्दोलन नरोकिने अडान उनीहरुले दोहोर्याएका छन् ।
यसअघि नै गृहमन्त्रीले बालकृष्ण खाणले बुटवलमा एक कार्यक्रममा आन्दोलनकारी उद्योगी व्यवसायीहरुको माग सम्बोधन गर्न ब्याजदर घटाउन राष्ट्र बैंकसँग आग्रह गर्दै नघटाए सरकारले नीतिगत हस्तक्षेप गर्ने चेतावनी दिइसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छआजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ५, २०८१ शुक्रबार
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बाँके राष्ट्रिय निकुञ्जमा बाघ र आहारा प्रजातिको सर्वेक्षण सुरु
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले उच्च अदालतसँग माग्यो शरणार्थी प्रकरणमा बेचन झालाई थुनामा पठाउनुको कारण
पुष ५, २०८१ शुक्रबार
एसिया कप क्रिकेटः नेपालविरुद्धको खेलमा बङ्गलादेशले टस जित्यो
पुष ५, २०८१ शुक्रबार
नेपाल र बङ्गलादेशबीचको खेलमा वर्षा बाधक
पुष ५, २०८१ शुक्रबार