एसपी यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर
नेपालबहस संवाददाता
पुस ८, २०७९ शुक्रबार १९:३२:२६
८ पुष, काठमाडौं । नेपाल प्रहरीका एसपी रामेश्वर यादवसहित २ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले विशेष अदालतको फैसला उल्ट्याउदै यादवलाई दोषी ठहर गरेको हो ।
विशेष अदालतले उनीहरुलाई सफाई दिएको थियो । विशेषले सफाई दिएसँगै उनको बढुवा भएको थियो । २०७० सालमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा डीएसपी रहेका बेलामा उनीमाथि अनियमितता गरी मुद्दा मिलाएको भनी भ्रष्टाचारमुद्दा दायर भएको थियो ।
पछि विशेषकाे फैसलाप्रति असन्तुष्टी जनाउँदै सरकारी वकिलकाे कार्यालयले पुनरावेदनका लागि सर्वाेच्च अदालतमा मुद्दा दायर गरेकाे थियाे । मुद्दा दायर भएकाे भएको करिब साढे ७ वर्षपछि सर्वाेच्चले यही पुष ५ मा फैसला गर्दै एसपी यादव र हवल्दार गुरुङलाई दोषी ठहर गरेको हो । २२औं पटकको पेसीमा भएको सुनुवाइपछि दाेषी ठहरकाे फैसला भएकाे हाे ।
दाेषी ठहर हुँदाका बखत् उनी सिन्धुपाल्चाेकमा प्रहरी प्रमुख थिए । सर्वोच्च अदालतले उनीसँगै हवल्दार ढकबहादुर गुरुङलाई पनि दोषी ठहर गरेको छ । भ्रष्टाचार गरेको कसुरमा दोषी ठहर भएसँगै उनीहरु पदबाट बर्खास्तीमा पर्ने निश्चित भएकाे छ । कसुरमा बिगाे भराउनेबाहेक कैद सजाय पनि हुन सक्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुप्रिम सहकारी ठगीमा बैंक ग्यारेन्टीमार्फत १ करोड धरौटी बुझाएर छुटे रवि
माघ १३, २०८१ आइतबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
इतिहासकै कमजोर आईजीपीको सुरः निरीह, एकलकाँटे, छाँया र सधैँ हस् हजुर....
माघ १३, २०८१ आइतबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
माघ १३, २०८१ आइतबार
सेनाले भन्यो– कंगोमा परिचालित सबै नेपाली शान्ति सैनिक सुरक्षित छन्
माघ १३, २०८१ आइतबार
त्रिकोणात्मक टी–२० शृङ्खलाः इन्दू बर्माको कप्तानीमा नेपाली टोली घोषणा
माघ १३, २०८१ आइतबार
सरकार फेरिन सक्छ, तर विकासमा नीतिगत निरन्तरता चाहिन्छ : उपमहासचिव पुन
माघ १३, २०८१ आइतबार
सुप्रिम सहकारी ठगीमा बैंक ग्यारेन्टीमार्फत १ करोड धरौटी बुझाएर छुटे रवि
माघ १३, २०८१ आइतबार