यसरी चलाउँछ सत्ता गठबन्धनले आलोपालोमा पाँच वर्ष सरकार
![केदार भट्टराई (काका)](
https://nepalbahas.prixacdn.net/media/albums/Kedar_Bhattarai_0uOymgetS5.jpg
)
केदार भट्टराई (काका)
पुस ८, २०७९ शुक्रबार १९:४६:२८
![](https://nepalbahas.prixacdn.net/media/albums/makune-shere_m6jSRuqueR.jpg)
८ पुष, काठमाडौं । राष्ट्रपतिले आवश्यक संख्यासहित प्रधानमन्त्रीमा दावी पेस गर्न पुष १० सम्मको समय दिएपछि सत्ता गठबन्धन प्याकेजको सहमतिसहित नयाँ सरकार बनाउने कसरतमा लागेको छ । सत्ता गठबनधनमा रहेका दलहरु विभिन्न विकल्पसहित शक्ति बाँडफाँटमा केन्द्रित भइरहेका छन् । पहिलो चरणमा को प्रधानमन्त्री बन्छ भन्ने विषयमा सहमति खोजिरहेका दलहरुले पाँच वर्षसम्म सरकार कसरी चलाउने भन्ने खाकासमेत तयार पारिसकेको बताइन्छ ।
निर्वाचनको नतिजा सार्वजनिक भएर प्रतिनिधिसभामा निर्वाचित भएका सांसदहरुले आगामी कार्यकालको शपथ पनि खाइसकेका छन् ।२०७४ मा सांसदको शपथग्रहण भन्दा अगाडी नै केपी शर्मा ओली प्रधानमन्त्री बनिसकेका थिए । उनले पहिले प्रधानमन्त्रीको शपथ खाएर पछि सांसदको शपथ खाएका थिए । तर, यसपटक सांसदरुले शपथ खाइसक्दा पनि नयाँ सरकारको टुंगो लागेको छैन । सत्ता गठबन्धन मिलाएर सरकार बनाउन तयारीमा जुटिरहेका छ भने एमाले गठबन्धनलाई फुटाएर सरकार बनाउन पासो थापेर बसेको छ ।
२०७९ को आम निर्वाचनमा कुनैपनि राजनीतिक दलले एकल सरकार बनाउने मत पाएनन् । दुई गठबन्धन बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका नेपाली कांग्रेस र नेकपा एमालेले नेतृत्व गरेका गठबन्धनले समेत सरकार बनाउनसक्ने आवश्यक बहुमत पाउन सकेनन् । १३६ सीट लिएर कांग्रेस नेतत्वको सत्ता गठबन्धन सरकार बनाउने प्रयासमा छ । तर, सरकार बनाउन १३८ सीट चाहिन्छ । ७८ सीट भएको एमालेलाई गठबन्धन नफुटाई सरकार बनाउन कठिन भएकाले उ पर्ख र हेरको अवस्थामा बसेको छ ।
पहिलो चरणको प्रधानमन्त्री टुंग्याएर सरकार गठन गर्ने तयारीमा लागेका मुख्य तीन दल नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एकीकृत समाजवादी पार्टी यतिबेला गहन छलफलमा छन् । सरकारको नेतृत्वसमेत गरिरहेको नेपाली कांग्रेस संसदको सबैभन्दा ठूलो दल हो । उसले प्रधानमन्त्रीमा लचक बन्ने संकेत गर्दै राष्ट्रपति राखेर अरुमा आलोपालो प्रधानमन्त्रीका लागि तीनै जनाको विकल्प अगाडी ल्याएको छ ।बिहीबारबाटै राष्ट्रपति आफैँले राख्ने गरी सरकारको नेतृत्वमा खुला रहने विकल्पसहित कांग्रेसले सत्ता गठबन्धनका अन्य दलहरूसँग संवाद अघि बढाएको छ ।
आलोपालो प्रधानमन्त्रीमा पहिलो कार्यकालका लागि खुला रहने कांग्रेसको प्रस्तावमा राष्ट्रपतिबारे भने अरुले दावी गर्न नपाउने छ । अझ सभामुख पनि राख्नपर्ने दवावमा सभापति देउवा छन् । कांग्रेस नेताहरुको भनाइमा सरकारको नेतृत्वबारे कांग्रेसले तीन विकल्प अघि सारेर छलफल सुरु गरेको छ । पहिलो विकल्पमा सुरुका दुई वर्ष सभापति देउवा नै प्रधानमन्त्रीका दावेदार छन् । बीचको दुई वर्ष माओवादी अध्यक्ष प्रचण्ड र अन्तिम एक वर्ष एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई प्रधानमन्त्री बनाउने प्रस्ताव कांग्रेसको छ ।
पहिलो विकल्पमा माओवादी सहमति नहुने देखिएपछि कांग्रेस लचिलो बन्दै दोस्रो कार्यकालमा आफु प्रधानमन्त्री बनेर अहिले पहिलो कार्यकालमा प्रचण्डलाई अघि सार्ने सम्भावना बढेको छ । प्रचण्डपछि दुई वर्ष देउवा र अन्तिम एक वर्ष नेपाललाई प्रधानमन्त्री बनाएर जाने विषयमा अहिले छलफल केन्द्रित रहेको नेताहरु बताउँछन् । भरसक राष्ट्रपति र सभामुखमा कुरा मिलाएर उपराष्ट्रपति र राष्ट्रियसभाको अध्यक्ष वा उपसभामुख माओवादी र समाजवादीमा पुर्याउने कांग्रेसको प्रस्ताव छ , यसमा पनि सभामुखमा सहमति हुने देखिएको छैन् ।
कांग्रेस नेतृत्वको गठबन्धनमा रहेका लोसपासहित सरकारमा सहभागी हुन तयार भएका नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई भरसक मन्त्रीभित्रै कुरा मिलाउने तयारी छ । सरकारमा सहभागी हुने दलको आवश्यकता र आकार हेरेर उपराष्ट्रपति र उपसभामुख अहिलेलाई खाली राख्ने विषयमा पनि छलफल छ । यसो गर्दा सभामुख माओवादीलाई दिनुपर्ने माग उसको छ । अहिलेलाई राष्ट्रपति र प्रधानमन्त्रीमा सहमति गरेर सरकार गठनको प्रक्रिया सकिएपछि बाँकी पदमा छलफल गर्ने प्रस्ताव नेकपा एसले राखेको छ ।
यसरी प्रधाानमन्त्रीबाहेक अन्य विषयमा करिब–करिब सहमति जुटेकाे छलफलमा सहभागी भइरहेकमा ती नेताको भनाइ छ । यसपछि प्रदेश सरकारामा पनि यही हिसाबले सहमति हुने छ । मुख्यमन्त्रीमा पनि केही प्रदेशमा आलोपालो हुनसक्ने बताइएको छ । प्रदेश प्रमुखमा पनि सरकारमा सहभागी हुने दलहरुको अवस्था हेरेर सीट भागबण्डा गर्ने कुरा पनि सहमति नजिक पुगेको छ । यही प्रस्तावलाई आधार बनाएर देउवाले छलफल गराउन उपसभापति पूर्णबहादुर खड्का, नेता विमलेन्द्र निधि, प्रवक्ता डा. प्रकाशशरण महत र एनपी साउदलाई खटाएका छन् ।
उनीहरुले दोस्रो तहका नेताहरुमा सहमति भएका विषयलाई माथि राख्ने र दलका शीर्ष नेता बसेर टुंग्याउने भनिएको छ । देउवा पनि अध्यक्ष प्रचण्ड, अध्यक्ष नेपाल र सरकारमा जाने तयारीमा रहेका दलहरूसँग निरन्तर छलफल लागिरहेकै छ । सरकार निर्माण र शक्ति बाँडफाँडका विषयमा औपचारिक प्रस्ताव तयार पार्ने जिम्मा पनि उनीहरुलाई नै दिइएको छ ।
नेपालबहससँगको कुराकानीमा नेता साउदले गठबन्धनकै नेतृत्वमा अन्य दल र स्वतन्त्र सांसदलाई समेटेर सरकार बनाउने गृहकार्य भइरहेको बताए । हामीबीचको छलफलबाट जे निष्कर्ष आउँछ त्यो ‘नेतृत्व तहमा छलफल लागि पठाउने गरेको उनले बताए । साउदका भनाइमा शक्ति बाँडफाँडका विषयमा केन्द्रदेखि प्रदेशसम्मकै मापदण्ड बनाएर छलफल भएको छ ।
उनले स्वतन्त्र सांसदहरू पनि जोडिन इच्छुक रहेको र अधिकतम दललाई समेट्ने प्रयास आफुहरुको रहेको बताए । राष्ट्रिय स्वतन्त्र पार्टीसमेत सहकार्यका लागि इच्छुक रहेको उनको दाबी छ । केन्द्रदेखि प्रदेश सरकारसम्म आगामी पाँच वर्षसम्म कसरी फेरी विवाद नआउने गरी मिलाएर लाने विषयमा अहिले छलफल जारी रहेको र मुख्यमन्त्रीका लागि दलको नता छानिएपछि कुन दलको कुन प्रदेशमा नेतृत्व हुने भन्ने कुराको अन्तिम निर्णय गरिने नेताको भनाइ छ ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपके परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
'राखी कुटनीति' ले जोडेको सम्बन्ध बीआरआईमा पुगेर विश्राम !
मंसिर २४, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार