मिडियालाई खिच्न दिइएन ‘बिकिनी किलर’ चार्ल्स शोभराजको तस्बिर
नेपालबहस संवाददाता
पुस ८, २०७९ शुक्रबार १९:५३:५२
८ पुष, काठमाडौं । सञ्चारमाध्यमले १९ वर्षपछि जेलमुक्त भएका सिरियल किलर फ्रान्सेली नागरिक चार्ल्स शोभराजको तस्बिर खिच्न पाएनन् । जेलबाट छुटेको तस्बिर मिडियालाई खिच्न नदिन प्रहरीसँग उनले यसअघि आग्रह गरेको बताइएको थियो ।
शोभराजको आग्रहअनुसार प्रहरीले उनलाई मिडियासम्म पुग्न नदिएर तारजालीसहितकाे बा २ झ ३९८० नम्बरकाे सेताे रंगकाे भ्यानमा राखेर अध्यागमन विभाग पुर्याएको छ । उनलाई जतिसक्दो चाँडो फ्रान्स डिपोट गर्ने विभागको तयारी छ ।
बुधबार सर्वोच्च अदालतले उनलाई जेलमुक्त गरेर १५ दिनभित्र फ्रान्स पठाउन आदेश दिएको थियो । १९ वर्ष २ महिना लामो जेल बसाईँपछि शुक्रबार मात्र उनी रिहा भएका हुन् ।
उनलाई २०३१ सालमा काठमाडौं र बनेपा साँगामा दुई विदेशी युवतीको हत्या घटनामा अभियुक्तको रुपमा २०६१ मा काठमाडौंबाट पक्राउ परेका थिए । घटनापछि फरार रहेका उनलाई इन्टरपोलमा सूचना जारी गरी खोजी गर्ने क्रममा नेपालबाटै पक्राउ परेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
माघ १३, २०८१ आइतबार
मेक्सिको खाडीको नाम फेर्दै ट्रम्पले बनाए ‘गल्फ अफ अमेरिका’
माघ १३, २०८१ आइतबार
नेपाली सेनाले फोटो तथा बृहत् प्रदर्शनी गर्ने
माघ १३, २०८१ आइतबार
प्रधानमन्त्रीले दिए भारतीय समकक्षीलाई ७६ औं गणतन्त्र दिवसको शुभकामना
माघ १३, २०८१ आइतबार
कांग्रेस संसदीय दलमा अध्यादेशका विषयवस्तुबारे विज्ञसँग छलफल, भोली पनि बैठक
माघ १३, २०८१ आइतबार
संसद अधिवेशनको पहिलो दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने
माघ १३, २०८१ आइतबार