इन्भेष्टमेण्ट बैंक र मेगा बैंकबीचको मर्जर अन्तिम चरणमा, लगानीकर्तालाई ११ प्रतिशतको लाभांश दियो इन्भेष्टमेण्ट बैंकले
नेपालबहस संवाददाता
पुस ८, २०७९ शुक्रबार २०:२०:२३
८ पुष, काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपालबीच मर्जरमा जाने अन्तिम निर्णय भएको छ । काठमाडौंमा बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीको हलमा भएका बैंकको ३६ औं वार्षिक साधारणसभाले दुई बैंक बीच मर्जमा जाने यसअघिको सहमतिलाई अन्तिम रुप दिएको हो ।
हिजै मेगा बैंकले पनि विशेष साधारणसभा गर्दै मर्जमा जाने प्रस्ताव पारित गरेको थियो । साधारणसभाबाट पारित भएपछि अब छिट्टै मर्जर प्रकृया सम्पन्न गर्ने निर्णय पनि गरेको छ । दुवै बैंकले चाँडै नै संयुक्त कारोबार गर्ने क्रममा रहेका छन् ।
सो साधारणसभाले आर्थिक वर्ष २०७८/७९ बाट चुक्ता पुँजीको ४ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद गरी कुल ११ प्रतिशत लाभांश लगानीकर्ताहरुलाई वितरण गर्ने प्रस्ताव पनि पारित भएको छ । सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पुँजीको ४ प्रतिशत बोनस शेयर पारित गरेसँगै नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको चुक्ता पुँजी १९ अर्ब ३ करोड रुपैयाँ पुगेको छ ।
इन्भेष्टमेण्ट बैंकले आर्थिक वर्ष २०७८/७९ मा ६ अर्ब २८ करोड रुपैयाँ सञ्चालन मुनाफा तथा ३ अर्ब ७९ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । निक्षेप अघिल्लो वर्ष १७९ अर्ब ४० करोड रहेकोमा आर्थिक वर्ष २०७८/७९ मा ७ अर्ब ३६ करोड रुपैयाँ बढेर ८६ अर्ब ७६ करोड पुगेको छ । त्यसैगरी कर्जा लगानी तर्फ अघिल्लो वर्ष १६१ अर्ब ९१ करोड रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०७८/७९ मा २ अर्ब ९१ करोड रुपैयाँ बढेर १६४ अर्ब ८२ करोड रुपैयाँ कायम भएको छ ।
हाल बैंकको ८ वटा शाखा कार्यालय, १३१ वटा एटीएम, २३ वटा एक्सटेन्सन काउण्टर, १० वटा राजश्व संकलन काउण्टर तथा ५९ वटा शाखारहित बैंकिङ सेवामार्फत १० लाख भन्दा बढी ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
स्तरीय बैंकिङ सेवा प्रदान गरे् वापत यस बैंकले बेलायतको द फाइनान्सियल टाइम्सले प्रदान गर्ने ‘बैंक अफ द इयर’ अवार्ड छैठौं पटक २०२२ मा प्राप्त गरेको छ । साथै, यस बैंकले अन्तर्राष्ट्रिय प्रकाशन युरोमनीले प्रदान गर्ने ‘बेस्ट बैंक २०१८’ र ‘बेस्ट बैंक २०२१’ को युरोमनी अवार्डहरु समेत प्राप्त गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
मंसिर १, २०८१ शनिबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
कात्तिक ३०, २०८१ शुक्रबार
नबिल बैंक दक्षिण एसियाको उत्कृष्ट वित्तीय प्रतिवेदन साफा अवार्डबाट सम्मानित
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
रेडपाण्डा संरक्षणमा सघाउन किसानलाई सोलार प्यानल
मंसिर २, २०८१ आइतबार
झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
मंसिर २, २०८१ आइतबार
जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
मंसिर २, २०८१ आइतबार
पहिरो नियन्त्रणपछि गाउँ फर्किए विस्थापित
मंसिर २, २०८१ आइतबार
लमजुङ दरबार निर्माणकार्य ठप्प
मंसिर २, २०८१ आइतबार
देउवा दम्पती उग्रतारा मेलामा
मंसिर २, २०८१ आइतबार