बाँके भूकम्पको उच्च जोखिममा
नेपालबहस संवाददाता
पुस ८, २०७९ शुक्रबार २१:११:५३
८ पुष, नेपालगञ्ज । बाँके भूकम्पको उच्च जोखिममा रहेको बताइएको छ । चार सय ८५ वर्षयता पश्चिम नेपालमा ठूलो भूकम्प नगएकाले त्यसको जोखिममा पश्चिम क्षेत्र रहेको बेलायतको डोरमन विश्वविद्यालयले गरेको अध्ययनमा उल्लेख भएको भूकम्पीय विपद् तथा पूर्वतयारी आयोजनाका परामर्शदाता गेहेन्द्र बम बताउछन् ।
अध्ययनअनुसार रुकुम क्षेत्रमा सात दशमलव आठ रेक्टर स्केलको भूकम्प गएमा नेपालगञ्जका दुई सय १८ घर पूर्णरुपमा क्षति हुने आँकलन गरिएको छ ।
पश्चिमको कुनै पनि क्षेत्रमा आठ दशमलव छ रेक्टर स्केलको भूकम्प गएमा नेपालगञ्जका तीन हजार घरमा क्षति पुग्न सक्ने प्रक्षेपण गरिएको परामर्शदाता बम बताउछन् ।
उमपहानगरपालिकामा मात्रै ११ हजार आठ सय बढी मानिस विपद्को जोखिममा रहेको बताइएको छ । यसबाट सबैभन्दा बढी ज्येष्ठ नागरिक, बालबालिका र अशक्त पीडित हुनेछन् ।
भूकम्पको जोखिम न्युनीकरणका लागि उपमहानगरपालिका र आसपासका सहरी क्षेत्रमा भूकम्पीय विपद्को पूर्वतयारी तथा प्रतिकार्यका लागि स्थानीय तहलगायत सरोकार भएका संस्थाले योजना निर्माणमा जोड दिनुपर्ने उनी बताउछन् ।
जोखिम हटाउन उपमहानगरपालिकामा पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण अन्तिम चरणमा रहेको छ । यसअघि विभिन्न आठ क्लष्टर बनएर छलफल गरिएको मस्यौदालाई टुङ्गोमा पु¥याउने प्रयास भएको परियोजनाका अधिकृत शिव सुवेदीको भनाइ छ ।
नेपाल रेडकस सोसाइटी, नेपालगञ्ज शाखाका सभापति गोबद्र्धन सिंह भूकम्पीय जोखिमलगायत विपद्को सामाना गर्न स्थानीय सरकारको छुट्टै योजना हुनुपर्नेमा जोड दिन्छन् । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल विपद् जोखिम व्यवस्थापन र न्यूनीकरणको विषय स्थानीय सरकारको प्राथमिकताको विषय भएको उनी बताउछन् ।
यसअघि सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाले परियोजना अन्तर्गत नेपालगञ्जका सङ्काटासन्न क्षेत्रको जिआइएस म्यापिङ गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार