राजिव गान्धी हत्याका दाेषीलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको आदेश
नेपालबहस संवाददाता
पुस ८, २०७९ शुक्रबार २२:२:०
८ पुष, काठमाडौं । भारतको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री राजिव गान्धीको हत्यामा दोषी ठहर भएका ६ जनालाई ३१ वर्षपछि थुनामुक्त गर्न सरकारलाई आदेश दिएको छ ।
घटनामा संलग्न महिला नलिनी श्रीहरन र अन्य पाँच जनालाई रिहाईको आदेश दिएको सिएनएनले लेखेको छ । सन् १९९१ मे २१ मा तामिलनाडुका राजिव गान्धीको आत्मघाती बम हमलामा हत्या भएको थियो । करिब एक दशक राजनीतिमा बिताएका उनी सन् १९८९ को आम निर्वाचनमा पराजित भएका थिए । त्यसको दुई वर्षपछि उनको हत्या भएको थियो ।
घटना भएको एक सातापछि उनीहरू पक्राउ परेका थिए। त्यो घटना श्रीलंकाको विद्रोही समूह तामिलले गरेको आरोप लाग्दै आएको थियो ।
सन् १९८७ मा श्रीलंकाको गृहयुद्ध अन्त्यका लागि भन्दै भारतीय सेना पठाएकोमा रूष्ट विद्रोही तामिल समूहले हत्या गरेको चर्चा हुँदै आएको थियो ।
तामिलनाडु सरकारले जेलमा रहेकालाई रिहाईका लागि केन्द्रीय सरकारसँग माग गर्दै आएको थियो । भारतको सर्वोच्च अदालतले घटनामा संलग्न भनिएका एजी पेरारिवलनलाई गत मे मा रिहाईको आदेश दिएको थियो ।
पेरारिवलनमाथि आत्मघाती बमका लागि ब्याट्री खरिद गरेकाे अभियाेग लगाइएकाे थियाे । साेही अभियाेगमा दाेषी ठहर गर्दै उनलाई जेल पठाइएको थियो । घटनाका बेला उनी १९ वर्षका थिए ।
अंगरक्षकले आमा ईन्धिरा गान्धीको हत्या गरेपछि राजिव गान्धी प्रधानमन्त्री बनेका थिए । उनले आफ्नो शासनकालमा विद्रोही समूहसँग शान्ति सम्झौतासमेत गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसैन्य शक्ति र विविधताको प्रदर्शन गर्दै भारतीय गणतन्त्र दिवस भव्यरूपमा मनाइँदै
माघ १३, २०८१ आइतबार
फक्स न्युजका पूर्व होस्ट अमेरिकाका रक्षा सचिव नियुक्त
माघ १३, २०८१ आइतबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
इतिहासकै कमजोर आईजीपीको सुरः निरीह, एकलकाँटे, छाँया र सधैँ हस् हजुर....
माघ १३, २०८१ आइतबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
माघ १३, २०८१ आइतबार
बालबालिकामा श्रवणसम्बन्धी समस्या अनिवार्य परीक्षण गर्नुपर्ने निर्देशिका स्वीकृत
माघ १३, २०८१ आइतबार
के अमेरिका र चीनबीचको व्यापार तनावबाट भारतले ठूलो फाइदा लिन सक्छ ?
माघ १३, २०८१ आइतबार
गर्भवतीको हेलिकप्टरमार्फत उद्धार
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
माघ १३, २०८१ आइतबार
इतिहासकै कमजोर आईजीपीको सुरः निरीह, एकलकाँटे, छाँया र सधैँ हस् हजुर....
माघ १३, २०८१ आइतबार
सुप्रिम सहकारी ठगीमा रविलाई १ करोड धरौटीमा छाड्न आदेश
माघ १३, २०८१ आइतबार