विद्यार्थी उम्मेदवारी चयनबारे स्पष्ट पार्न प्रधानमन्त्री देउवालाई नेविसंघको पत्र
नेपालबहस संवाददाता
पुस ८, २०७९ शुक्रबार २२:५६:५४
८ पुष, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई दुई बुँदे पत्र बुझाएकाे छ । बिहीबार बुझाइएकाे पत्रमा नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले जिल्ला अध्यक्षको जिम्मेवारी दिँदाको विषयलाई स्पष्ट पार्न आग्रह गरेको छ ।
नेविसंघको जिल्ला अध्यक्षको जिम्मेवारी दिँदा र अधिवेशन प्रक्रिया सन्चालन गर्ने क्रममा केही विषयहरू अस्पष्ट भई समस्या उत्पन्न भएकोले र भावी दिनमा समेत थप जटिलता उत्पन्न भएकाे जनाउँदै स्पष्ट पारिदिन आग्रह गरेका छन् ।
‘नेपाल विद्यार्थी संघको प्रदेश, जिल्ला, क्षेत्र विश्वविद्यालय, क्याम्पस, पालिका लगायतका संरचनामा स्थानीय तहका जनप्रतिनिधि समेत रहेका विद्यार्थी नेताहरुको चयन र उम्मेदवारी बारे’ बुँदा नं. २ मा उल्लेख छ ।
श्री सभापति ज्यु
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति,
सानेपा ललितपुर ।विषय : स्पष्ट गरिदिनु हुन सम्बन्धमा ।
उपरोक्त सम्बन्धमा नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ आफ्नो १२ श्री महाधिवेशनको प्रक्रियामा रहेको व्यहोरा जानकारी गराउदै नेपाल विद्यार्थी संघको १२ औ महाधिवेशनको प्रक्रिया प्रारम्भ गर्ने सन्दर्भमा आवश्यक जिल्ला अधिवेशन सम्पन्न गर्नको निमित्त संघको विधान २०२७ को सातौँ संशोधन २०७३ को धारा ३१ बमोजिम विविध कारणवश रिक्त रहेको स्थानमा ३ महिनाभित्र अधिवेशन सम्पन्न गर्ने गरी सम्बन्धित् जिल्ला कार्यसमितिको सिफारिस र समन्यवनमा नेविसंघको जिल्ला अध्यक्षको जिम्मेवारी दिँदा र अधिवेशन प्रक्रिया संचालन गर्ने क्रममा केही विषयहरू अस्पष्ट भई समस्या उत्पन्न भएकोले र भावी दिनमा समेत थप जटिलता उत्पन्न हुने हुँदा निम्नानुसार विषयहरू स्पष्ट पारिदिनु हुन विनम्र अनुरोध गर्दछु ।
१. रिक्त स्थानको पूर्तिको सन्दर्भमा ३२ वर्षको उमेर हदबन्दी आकर्षित हुँदा वर्तमान समय या केन्द्रीय अध्यक्षको जिम्मेवारी प्राप्त गरेको मितिलाई आधार मान्ने बारे ।
२. नेपाल विद्यार्थी संघको प्रदेश, जिल्ला, क्षेत्र विश्वविद्यालय, क्याम्पस, पालिका लगायतका संरचनामा स्थानीय तहका जनप्रतिनिधि समेत रहेका विद्यार्थी नेताहरुको चयन र उम्मेदवारी बारे ।
नोट स् नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यालयलाई मिति २०७२/०८/२८ गते प्राप्त नेपाली कांग्रेस, सोलुबुम्बु जिल्लाको पत्र अनुसार मिति २०७२/०८/२८ गते सोलुखुम्बु जिल्ला ने.वि. संघको अध्यक्षको जिम्मेवारी श्री नविन बस्नेत ज्यु लाई दिएको र उहाँ र दुधकोशी गाउँपालिका वडा नं. २ को निर्वाचित वडा सदस्य (जनप्रतिनिधि) रहेको मिति २०७२/०९/०७ गते दर्ता नम्बर १२२/०७९ लिखित उजुरीको आधारमा बजेका मिति बाट यो विषय नेपाली कांग्रेस पार्टीले आधिकारिक जानकारी नआउन्जेलसम्म अध्यक्ष पदको काम कारवाही नगर्न नगराउन निर्देशनसहित अनुरोध गर्दछु ।
अध्यक्ष
दुजाङ शेर्पा नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमिति
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकार फेरिन सक्छ, तर विकासमा नीतिगत निरन्तरता चाहिन्छ : उपमहासचिव पुन
माघ १३, २०८१ आइतबार
के अमेरिका र चीनबीचको व्यापार तनावबाट भारतले ठूलो फाइदा लिन सक्छ ?
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
माघ १३, २०८१ आइतबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
इतिहासकै कमजोर आईजीपीको सुरः निरीह, एकलकाँटे, छाँया र सधैँ हस् हजुर....
माघ १३, २०८१ आइतबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
माघ १३, २०८१ आइतबार
त्रिकोणात्मक टी–२० शृङ्खलाः इन्दू बर्माको कप्तानीमा नेपाली टोली घोषणा
माघ १३, २०८१ आइतबार
सरकार फेरिन सक्छ, तर विकासमा नीतिगत निरन्तरता चाहिन्छ : उपमहासचिव पुन
माघ १३, २०८१ आइतबार
सुप्रिम सहकारी ठगीमा बैंक ग्यारेन्टीमार्फत १ करोड धरौटी बुझाएर छुटे रवि
माघ १३, २०८१ आइतबार
बालबालिकामा श्रवणसम्बन्धी समस्या अनिवार्य परीक्षण गर्नुपर्ने निर्देशिका स्वीकृत
माघ १३, २०८१ आइतबार
के अमेरिका र चीनबीचको व्यापार तनावबाट भारतले ठूलो फाइदा लिन सक्छ ?
माघ १३, २०८१ आइतबार