बालुवाटारमा शीर्ष नेताबीच सत्ता समीकरणको निर्णायक वार्ता
नेपालबहस संवाददाता
पुस ९, २०७९ शनिबार १६:१८:२५
९ पुष, काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार अबेर सम्ममा प्रधानमन्त्रीबारे कांग्रेसको निर्णय नदिए नेकपा माओवादीले आइतबारबाट कोर्ष बदल्ने रणनीति बनाएको छ । आज रातीसम्म प्रधानमन्त्री लिएर गठबन्धन बचाउने कि दिएर बचाउन भन्ने कांग्रेसको अन्तिम निर्णय नआए आइतबारबाट फरक कोर्षमा समीकरण तयार गर्ने मााओवादीका नेताहरुको तयारी छ ।
उनीहरुले पार्टी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीका लागि कांग्रेससँग सती जान आवश्यक नभएको भन्दै चाँडो निर्णय गर्न दवाव दिइरहेको बताइएको छ । नयाँ सरकार र प्रधानमन्त्रीबारे राजनीतिक दलहरुसँग निरन्तर छलफलमा रहेका एक माओवादी नेताले नेपालबहसलाई भने, ‘नेकपा माओवादीले अहिले दलको आकार हेरको छैन् । सत्ता गठबन्धनलाई मात्र हेरिरहेको छ । तत्कालिन ओली सरकारलाई विस्तापित गरेर देउवालाई प्रधानमन्त्री बनाउँदा पनि पार्टीको आकार नहेर गठबन्धन एक हो भनेर अगाडी बढिएको हो ।’
उनले गठबन्धनलाई अझै पाँच वर्षसम्म लानका लागि यसभित्र रहेका मुख्य तीन नेताहरुले क्रमस सरकारको नेतृत्व गर्ने भन्ने विषयमा नै सहमति बनेको बताए । कांग्रेस सभापति देउवा सत्ता गठबन्धनबाट पहिलो प्रधानमन्त्री बनेर देशलाई निर्वाचन मार्फत पुन संवैधानिक व्यवस्थाको ट्रयाकमा ल्याएर एउटा जिम्मेवारी पुरा गरिसकेपछि अब बन्ने नयाँ सरकार को नेतृत्व दोस्रो नेताको रुपमा रहेका प्रचण्डको भएकाले यसमा कांग्रेसले विवाद गर्ने ठाँउ नरहेको उनले बताए ।
ति नेताले भने, प्रधानमन्त्रीमा माओवादीको दावी स्वभाविक हो । गठबन्धन कामय राखेर देशलाई अगाडी बढाउने हो भने पहिलो चरणको प्रधानमन्त्रीमा कांग्रेसले वार्गेनिङ सुहाउने विषय नै होइन । अरु पदमा हामीले कुनै दावी गरेका छैनन् । सत्ता गठबन्धनभित्रका दलहरुले कुन पद कसले लिने हो त्यसमा सहमति अनुसार जवान माओवादी तयार छ । तर, प्रधानमन्त्रीको हकमा कांग्रेससँग कुरा मिलेन भने माओवादी कोर्ष परिवर्तन गर्छ । माओवादीले कोर्ष परिवर्तन गरेको अवस्थामा नेपाली कांग्रेसले पदबिहीन प्रतिपक्षभन्दा अरु केही पनि पाउँदैन् ।’
प्रचण्डलाई पहिलो चरणको प्रधानमन्त्रीमा कांग्रेसले प्रस्ताव गर्ने वित्तिकै सत्ता गठबन्धनबाट राष्ट्रपतिदेखि प्रदश प्रमुख र मुख्यमन्त्रीसम्मका कुनैपनि पदहरु बाहिर नजाने उनको भनाइ छ । कांग्रेससँग प्रधानमन्त्रीमा सहमति नभए एमालेले भनेअनुसार राष्ट्रपति र सभामुख दिएर माओवादी एमालेसँग मिले प्रधानमन्त्री बनेरै देखाउने दावी गरे । यस विषयमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच शनिबार दिउँसो फेरि पनि िछलफल हुँदै छ ।
शुक्रबार सहमति नभएपछि शनिबार दिउँसो फेरि छलफल गर्ने गरी बैठक सकिएको थियो । अहिलेको गठबन्धनको नै सरकार बनाउने गरि छलफल भएपनि ठोस निष्कर्षमा नेताहरु नपुगेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिएका छन् । आज नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि छलफल सहभागि हुँदैछ ।
सरकार गठन लगायतका विषयमा छलफल गर्न देउवा र दाहालबीच शुक्रबार साँझ साढे ५ बजेदेखि २ घण्टा छलफल भएको थियो । शनिबार साँझ वा आइतबार दिउँसोसम्म परिणाम निकाल्ने गरि छलफल भएको परियारले दाबी गरेका छन् । शुक्रबारको बालुवाटार छलफलमा अध्यक्ष नेपाल पनि सहभागी हुने भनिएको थियो तर स्वास्थ्यका कारण उनी सहभागी थिएनन् ।
राष्ट्रपतिले संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीको दाबी गर्न दिएको सात दिनको समयसीमा आइतबार अपराह्न ५ बजे सकिँदै छ । शीर्ष नेताहरू अडानमा रहँदा दोस्रो तहका नेता पनि दौडधुपमा छन् । शुक्रबार कांग्रेस नेता प्रकाशमान सिंह खुमलटार र अर्थमन्त्री जनार्दन शर्मा बालुवाटार पुगेका थिए । पहिलो कार्यकाल देउवालाई छाड्न सिंहले गरेको आग्रहलाई दाहालले र दाहाललाई सरकारको नेतृत्व दिन शर्माले गरेको आग्रहलाई देउवाले अस्वीकार गरेका थिए ।
दाहालले पार्टी पदाधिकारी बैठक र नवनिर्वाचित सांसदको भेलामा राष्ट्रिय राजनीतिमा माओवादीकै भूमिका मुख्य रहने भएकाले प्रधानमन्त्रीमा दाबी रहने प्रस्ट संकेत गरेका थिए । ‘संसद्को संख्यामा माओवादी कम भए पनि प्रभाव र भूमिका कम हुनेछैन,’ सांसदहरूको भेलालाई सम्बोधन गर्दै दाहालले भनेका थिए, ‘संविधान कार्यान्वयन र परिवर्तन रक्षाका लागि माओवादीले नै नेतृत्वदायी भूमिका खेल्नुपर्ने आवश्यकता छ ।’
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपूर्व देउवा र दाहालबीच निर्वाचनमा जस्तोसुकै परिणाम आए पनि आलोपालो प्रधानमन्त्री बन्ने भद्र सहमति भएको माओवादी नेताहरूको दाबी छ । यसैलाई आधार मानेर दाहालले पहिलो कार्यकालमा अडान लिएका हुन् । ०७४ मा २३ सिट प्रत्यक्ष जितेको शक्तिबाट प्रधानमन्त्री सम्भव भएजस्तै अहिले दाहाल प्रधानमन्त्री बन्नु कुनै अस्वाभाविक नहुने उनीनिकट नेताहरूको तर्क छ । ‘०७४ मा २३ सिट जितेर देउवाजी प्रधानमन्त्री हुनुभयो, त्यसकारण अहिले माओवादीको दाबी स्वाभाविक छ,’ माओवादीका ती नेताले भने ।
तत्कालीन नेकपा हुँदा प्रधानमन्त्री केपी ओलीसँग संघर्ष गरेर देउवालाई प्रधानमन्त्री बनाएको र अहिले त्यसको सम्मान गर्नुपर्ने दाहालको तर्क छ । गठबन्धनमा रहेका दलहरूको राजनीतिक, कानुनी र संवैधानिक लडाइँका बलमा सर्वोच्चको परमादेशपछि देउवा प्रधानमन्त्री नियुक्त भएका थिए । ओलीले संसद् विघटन गरेपछि तत्कालीन नेकपामा दाहाल–माधवकुमार नेपाल समूह र कांग्रेसबीच कार्यगत एकता भएको थियो ।
पहिलो कार्यकालमा आफू प्रधानमन्त्री बन्न समग्र ‘पावर सेयरिङ’ मा अधिकतम लचकता अपनाएर देउवाका दोस्रो तहका नेताहरूलाई विश्वासमा लिने दाहालको रणनीति छ । ०७४ मा जस्तै सहमतिअनुसार सहजै सत्ता हस्तान्तरण गर्न आफू तयार हुने विश्वास उनले दिलाउन खोजेका छन । यो विश्वासलाई देउवाले ग्रहण नगरे समीकरण बदल्ने मनस्थितमा प्रचण्ड पुगेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार