अख्तियार र प्रहरीको संसद सचिवालयलाई पत्र, हत्या र भ्रष्टाचार आरोपीलाई रातो कार्पेट किन ?
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_x6Vewor94V.jpeg
)
नेपालबहस संवाददाता
पुस ९, २०७९ शनिबार १६:५२:२६
![](https://nepalbahas.prixacdn.net/media/albums/samsad-neta_zqfkSaP7sZ.webp)
९ पुष, काठमाडौं । भ्रष्टाचार र हत्यामा सम्लग्न रहेका आरोपीलाई प्रनितिधिसभा सदस्यमा शपथ खुवाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरी प्रधान कार्यलय नक्सालले संसद सचिवालयका नाममा पत्र पठाएका छन् । सम्बन्धित व्यक्तिले अभियोग अनुसार कारवाही भोगिरहेको र कारवाहीका लागि खोजि भइरहका व्यक्तिबारे सम्बन्धित निकायलााई जानकारी नदिइ शपथ गराउनुको कारण माग गर्दै पत्र काटिएको छ ।
पत्रमा निजहरुले सफाई नपाएसम्म संसदीय गतिविधिमा सम्लग्न नगाराउन भनिएको छ । कांग्रेस सांसद टेकबहादुर गुरुङ र एमाले सांसद लक्ष्मी महतो कोइरीलाई संसदीय गतिविधिमा संलग्न नगराउन प्रहरी प्रधान कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संसद् सचिवालयलाई पत्राचार गरी उनीहरुलाई संसद प्रवेशमै रोक लगाउन भनेका छन् ।
महतो ०७२ भदौ २५ मा मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका सहाय निरीक्षक (असई) थमन बिकको हत्या आरोपित महोत्तरी–१ बाट निर्वाचित कोइरी प्रहरीको फरार सूचीमा छन् । आन्दोलनकारीको कुटाइबाट गम्भीर घाइते विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो । त्यस्तै मनाङबाट निर्वाचित गुरुङविरुद्ध अख्तियारले भ्रष्टाचार अभियोगमा विशेष अदालतमा दायर गरेको अझै विचाराधीन छ ।
उनीहरु दुबैलाई संसद् सचिवालयले बिहीबार अरु सरह शपथ गराएको थियो । सम्बन्धित निकायबाट कुनै जानकारी नआएपछि उनीहरुलाई शपथ गराइएको सचिवालयले जनाएको छ । उच्च अदालत जनकपुरले महतोलाई मुद्दाको किनारा नलागेसम्म थुनामा राख्न जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई आदेश दिएको थियो । तर, अझै उनी पक्राउ परेका छैनन् । उनी निर्वाचनमा समेत वारेसबाट उम्मेदवारी दिएका महतो चुनाव जितेपछि वारेसबाटै विजयी प्रमाणपत्र बुझेका थिए ।
प्रहरीले संसद् सचिवालयमा पठाएको पत्रअनुसार उक्त घटनामा मुद्दा चलेपछि जिल्ला अदालत महोत्तरीले ०७६ असोज २ मा महतोलाई १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । जनकपुर उच्च अदालतले २०७७ मंसिर १९ मा जिल्लाको आदेश उल्ट्याउँदै कोइरीलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दिएकोले कार्यान्वयनका लागि सहयोग गरिदिन भन्दै प्रहरीले सचिवालयमा पत्र पठाएको हो । प्रहरीले सचिवालयलाई अदालतको आदेशसमेत पठाएको छ ।
त्यस्तै अख्तियारले मनाङबाट निर्वाचित गुरुङमाथि भ्रष्टाचार मुद्दा अदालतमा विचाराधिन रहेकाले कुनै पनि संसदीय गतिविधिमा सहभागी नगराउन आग्रहसहितको पत्र पठाएको छ । काठमाडौं फनपार्कको जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले उनीसहित १६ जनाविरुद्ध ०७५ माघमा मुद्दा दायर गरेको हो । अख्तियारले गुरुङविरुद्ध मात्रै ३१ करोड रुपैयाँको बिगो मागदाबी गरेको छ ।
सचिवालयले उनीहरुलाई निलम्बन भएको सूचना टाँस नगरे पनि संसदीय गतिविधिमा सहभागी हुन नपाएपछि निलम्बनसरहको हैसियत हुने जनाएको छ । अघिल्लो प्रतिनिधिसभाको नियमावलीअनुसार यदि फरार सांसदलाई पक्राउ गरेमा सचिवालयमा जानकारी गराउनुपर्ने हुन्छ । थुनामा रहेको अवधिभर निलम्बन हुने अघिल्लो नियमावलीमा व्यवस्था छ । उनीहरुबारे कतैबाट पनि सूचना नआएपछि शपथ गराइएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्षेत्रपाटीबाट चोरिएको मोटरसाइकल नयाँ बजारमा फेला
फागुन ५, २०८१ सोमबार
ट्राफिक प्रहरीले गर्यो सवारी जाँचमा कडाइ
फागुन ५, २०८१ सोमबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार