गठबन्धन नफुटेसम्म एमाले सरकार बनाउन अघि सर्दैनः पोखरेल
नेपालबहस संवाददाता
पुस ९, २०७९ शनिबार १७:४२:५०
९ पुष, धनकुटा । नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले सत्ता गठबन्धन नफुटेसम्म एमाले सरकार बनाउने विषयमा अग्रसर नहुने बताएका छन् । सत्ता गठबन्धनमा विभाजन नल्याएसम्म अर्को सरकार बनाउन असहज रहेको भन्दै पोखरेलले एमालेले सरकार बनाउनका लागि सबैभन्दा पहिलो गठबन्धनमा विभाजन आउनुपर्नेमा जोड दिएका छन् ।
प्रेस चौतारी नेपाल धनकुटाले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले अहिलेको गठबन्धन लोकतन्त्र, मुलुकको हितमा नरहेपनि अहिलेको राजनीतिक परिदृष्य एमाले सरकार बनाउने खेलमा लाग्ने खालको नरहेको प्रस्ट पारे ।
उनले भर्खरै सम्पन्न निर्वाचनमा जनताले एमालेलाई सरकारले जाने जनादेश नदिएको र जनताले दिएको जनादेशलाई सम्मानका साथ लिएर अघि बढ्ने बताए । तर गठबन्धन तोडेर कांग्रेस र माओवादी केन्द्र आए छलफल गर्न सकिने उनको तर्क छ । पोखरेलले गठबन्धनबिना मुख्य राजनीतिक दलहरू मिलेर समझदारीमा अघि बढे एमाले सरकारमा जान सक्ने संकेत पनि गरे । सत्ता गठबन्धनका कारण मुलुक अधोगतितर्फ लागिरहेको भन्दै मुख्य दलसँग समझदारी कायम गर्न जरुरी रहेको उनको कथन थियो ।
गठबन्धनका कारण मुलुकमा सामाजिक सांस्कृतिक रुपमा समेत अधोगतिमा लागेको भन्दै उनले गठबन्धन दलबाटै सरकार बनाउने खिचडी पाक्नेमा विश्वस्त नरहेको भन्दै यसको विकल्प नै मुख्य दलहरूको एकता जरुरी रहेको बताए । ‘गठबन्धन रहुन्जेल एमाले सरकारमा जान सक्दैन,’ उनले भने, ‘यदि मुख्य राजनीतिक दलहरूबीच समझदारी कायम रहे एमालेले सोच्नेछ ।’
यसैगरी, नेता पोखरेल मुख्य दलबीचको समझदारी कायम गर्न कांग्रेस बाधक रहेको उल्लेख गरे । उनले निर्वाचनमा एमालेलाई टर्च बालेर खोज्नुपर्ने भन्नेहरूलाई जनमतले गतिलो जवाफ दिएको बताए । फरक प्रसंगमा पोखरेलले निर्वाचनमा आफ्नो पराजयको मुख्य कारण गठबन्धनलाई चिर्न नसक्नु भएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार