राष्ट्रपति कार्यलयमा बुझाउन कांग्रेसले गर्याे सांसदको हस्ताक्षर संकलन

नेपालबहस संवाददाता
पुस ९, २०७९ शनिबार २०:१४:५२

९ पुष,काठमाडौं । प्रधानमन्त्रीमा दाबी प्रस्तुत गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सकिन लाग्दा राजनीतिक दलहरूले सांसदहरूको हस्ताक्षर संकलन गर्न थालेका छन् । नेपाली कांग्रेसले शुक्रबार र शनिबार पार्टीका सांसदहरूको हस्ताक्षर संकलन गरेको छ ।
कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले केही सांसदहरूको हस्ताक्षर शुक्रबार नै संकलन गरिएको र बाँकीको शनिबार गर्ने क्रम जारी रहेको बताए । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका सांसदहरूलाई बालुवाटार बोलाए र सरकार गठनबारे कांग्रेस धारणा माथि छलफल गरेको छन् ।
कांग्रेसले सरकार गठनका लागि राष्ट्रपतिले दिएको ७ दिनको समय सकिनै लागेकाले जतिबेला पनि प्रधानमन्त्रीमा दाबी गर्नुपर्ने भएकाले सांसदहरूको हस्ताक्षर संकलन गरेको हो । कांग्रेस सांसद राजेन्द्र केसीले पनि सरकारमा दाबी गर्नका लागि हस्ताक्षर संकलन भइरहेको जानकारी दिए । उनले गठबन्धनको तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि हस्ताक्षर संकलन भइरहेको बताए ।
उनले आइतबार साँझ ५ बजेसम्म राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी राजनीतिक दल मिलेर प्रधानमन्त्रीमा दाबी गर्न हस्ताक्षर संकलन भइरहेको जानकारी दिए । सो व्यवस्थाअनुसार सरकार गठन हुन नसके संसद्को ठूलो दलको नेताको हैसियतमा पनि प्रधानमन्त्रीको दाबी प्रस्तुत गर्न सांसदका हस्ताक्षर प्रयोग गरिने केसीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
फागुन १४, २०८१ बुधबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
सन् २०२७ सम्म रक्षा क्षेत्रमा जिडिपीको २.५ प्रतिशत खर्च गर्ने बेलायती प्रधानमन्त्रीको घोषणा
फागुन १३, २०८१ मंगलबार
महाशिवरात्रीः पशुपतिमा बिहान २ बजेदेखि चारै ढोका खुला गरिने
फागुन १३, २०८१ मंगलबार
भारतीय सेनाका ६ जना पूर्वस्थल सेनाध्यक्ष नेपालमा
फागुन १३, २०८१ मंगलबार
भद्रपुर झापा गोल्डकप : आयोजक ब्लेजर्स फाइनलमा
फागुन १३, २०८१ मंगलबार