द्धन्द्ध निर्देशकको लभस्टोरी ‘गुञ्जन’
नेपालबहस संवाददाता
पुस १०, २०७९ आइतबार १८:४२:२७
९ पुष, काठमाडौं । प्रेमकथानक फिल्म ‘गुञ्जन’ को ट्रेलर सार्वजनिक भएको छ । पुस २९ गतेबाट देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको ट्रेलर शुक्रबार ओएसआर डिजिटलमार्फत दर्शक माझ ल्याइएको हो । पौने दुई मिनेट लामो ट्रेलरमा माया प्रेमका कुराका साथै सम्बन्धमा आउने आरोहअबरोहलाई प्रस्तुत गरिएको छ ।
बिगत दुई दशकदेखि द्धन्द्ध निर्देशकका रुपमा आफ्नो पहिचान बनाएका अष्टमान महर्जनको डेब्यु निर्देशनमा बनेको फिल्मको ट्रेलरमा प्रमुख तीन कलाकार–सारा सिर्पाली, कविर खड्का र डेब्यु अभिनेता प्रितमराज सेन्चुरीलाई स्टाइलिस रुपमा प्रस्तुत गरिएको छ ।
हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको फिल्म ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । फिल्ममा सारा,प्रितमराज र कबिरका साथमा सरोज खनाल, हिउँवाला गौतम, ऋचा थापा,रोहन शाही, निरुता स्याङतान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, अमेश न्यौपाने लगायतका कलाकारको अभिनय छ ।
महेश दवाडीले लेखेको फिल्म राजेश श्रेष्ठले खिचेका हुन् । कविराज गहतराजको कोरियोग्राफी रहेको फिल्मको सम्पादन बिपीन मल्लले गरेका हुन् । पोखरा, काठमाडौ र दुवईमा खिचिएको फिल्मको बितरण जीजीए ग्रुप र एफडी कम्पनीले गर्दैछ । फिल्मको केही समयअघि सार्वजनीक ‘सास चल्छ’ बोलको गीतले अहिले दर्शकको मन जितिरहेको छ ।
हेर्नुस् ट्रेलर
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार
अमेरिकसहित चार देशका राजदूतले राष्ट्रपतिबाट लिए शपथ
मंसिर १६, २०८१ आइतबार
३१ हजार मतदाता रहेको कीर्तिपुर नगरपालिकामा १२ बजेभित्र ११ हजार मत खस्यो
मंसिर १६, २०८१ आइतबार
मध्यान्ह १२ बजेसम्ममा ३८ प्रतिशत मत खस्योः आयोग
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
बुल्दीखोलामा निर्माणाधीन पुल ५० प्रतिशत सम्पन्न
मंसिर १६, २०८१ आइतबार
नासाले बनायो विशेष रोबोट, वृहस्पतिको चन्द्रमामा हिउँमुनि समुन्द्रमा डुब्ने !
मंसिर १६, २०८१ आइतबार