प्रचण्डकाे सचिवालयले किन दियाे गठबन्धन टुट्न सक्ने संकेत ?
नेपालबहस संवाददाता
पुस १०, २०७९ आइतबार १८:५८:१
१० पुष, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले सत्ता गठबन्धन टुट्न सक्ने संकेत गरेको छ । प्रचण्डका स्वकीय सचिव रमेश मल्लले आइतबार सामाजिक सञ्जालमार्फत यस्तो संकेत गरेका हुन् ।
उनले राजनीतिमा आफू कमजोर हुँदा एउटा सहमति र माथि पुगे भन्ने भान पर्न थाल्दा सहमति तोडि हाल्ने खराब प्रवृत्ति हाबी भएको समेत बताएका छन् ।
उनले लेखेका छन्, ‘नेपाली राजनीतिको एउटा खराब चित्र र चरित्र यस्तो हुँदै आयो, आफू तल पर्दा एउटा सहमति गर्ने तर आफू माथि पुगे भन्ने भान पर्न थाल्दा सहमति तोडिहाल्ने । पछिल्लो घटनाक्रमले के देखाउँछ कि इतिहासको फेरि दुखान्त पुनरावृत्ति हाम्रा सामु छ।’
उनले पछिल्लो घटनाक्रमले इतिहासको फेरि दुखान्त पुनरावृत्ति देखाएको औंल्याउँदै गठबन्धन विघटनतर्फ अघि बढेको संकेत गरेका छन् ।
गठबन्धनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा आवद्ध छन् । गएको मंसिर ४ मा भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचन लोकतान्त्रिक समाजवादी पार्टीसमेतका गठबन्धन बनाएर चुनावमा गएका थिए । चुनावबाट ८९ सिटसहित कांग्रेस ठूलो दल बनेपछि नयाँ सरकार गठनमा पहिलो प्रधानमन्त्री कसले लिने भन्नेमा सहमति जुटाउन अहिले बालुवाटारमा कांग्रेस माओवादी केन्द्र र एकीकृत समाजवादीबीच निर्णायक वार्ता चलिरहेको छ ।
बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी कैन्द्रका अध्यक्ष प्रचण्डले आफूले नै अब बन्ने सरकारका प्रधानमन्त्रीमा पहिलो कार्यकाल पाउनुपर्ने अडान छाडेका छैनन् । सोही कारण आज साँझ ५ बजेसम्मका लागि राष्ट्रिपतिबाट पाएको सरकार गठनको समयसीमामा सरकार गठनका लागि सूची बुझाउन सक्छन् कि सक्दैनन् ? भन्नेबारे आमचासोको विषय बनेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
माघ १३, २०८१ आइतबार
प्रधानमन्त्रीले दिए भारतीय समकक्षीलाई ७६ औं गणतन्त्र दिवसको शुभकामना
माघ १३, २०८१ आइतबार
कांग्रेस संसदीय दलमा अध्यादेशका विषयवस्तुबारे विज्ञसँग छलफल, भोली पनि बैठक
माघ १३, २०८१ आइतबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
माघ १३, २०८१ आइतबार
मेक्सिको खाडीको नाम फेर्दै ट्रम्पले बनाए ‘गल्फ अफ अमेरिका’
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
माघ १३, २०८१ आइतबार
इतिहासकै कमजोर आईजीपीको सुरः निरीह, एकलकाँटे, छाँया र सधैँ हस् हजुर....
माघ १३, २०८१ आइतबार
सुप्रिम सहकारी ठगीमा रविलाई १ करोड धरौटीमा छाड्न आदेश
माघ १३, २०८१ आइतबार
नेपाली सेनाले फोटो तथा बृहत् प्रदर्शनी गर्ने
माघ १३, २०८१ आइतबार
प्रधानमन्त्रीले दिए भारतीय समकक्षीलाई ७६ औं गणतन्त्र दिवसको शुभकामना
माघ १३, २०८१ आइतबार
कांग्रेस संसदीय दलमा अध्यादेशका विषयवस्तुबारे विज्ञसँग छलफल, भोली पनि बैठक
माघ १३, २०८१ आइतबार