अब विभिन्न डिजाइनका घर अनलाइनबाटै किन्न सकिने
नेपालबहस संवाददाता
पुस १०, २०७९ आइतबार १९:२९:१
१० पुष, काठमाडौं । एसवाई बजार एपमार्फत् अब घर किन्न पाउने भएका छन् । एसवाई बजारले कोरियन प्रविधिको विभिन्न डिजाइनका घर किन्ने सुविधा ल्याएसँगै अब अनलाइनबाटै घर किन्न सक्ने भएका हुन् ।
नेपालमा स्थापित हुँदै गइरहेको कोरियन प्रविधिको एसवाई प्यानल विश्वको उत्कृष्ट भवन निर्माण सामग्री उत्पादन गर्ने कोरियन कम्पनी हो । भूकम्प प्रतिरोधी तथा अन्य बिभिन्न भवनको लागि प्रयोग गर्ने प्यानलहरु सस्तो, बलियो र अत्याधिक इन्सुलेसनयुक्त हुन्छ ।
‘यो घर हामीले हाम्रो आफ्नै फ्याक्ट्रीमा निर्माण गर्छौ’ एसवाई नेपालका महाप्रबन्धक शशी साहले भने, ‘अनलाइनबाट अर्डर आएपछि हामी रेडिमेड घर लगेर दिन्छौँ ।’ उनका अनुसार कन्टेनर हाउस, एक तला, दुई तला घर अनलाइनबाट किन्न सकिनेछ ।
यो प्रविधि कोरिया, युरोप लगायत पश्चिमी राष्ट्रहरुमा अत्याधिक प्रयोग भएको छ । भुकम्प प्रतिरोधी, सस्तो, कम तौल लगायत निर्माण तथा ब्यबस्थापनमा सजिलो रहेको यस प्यानलबाट निर्मित घरले तातो ,चिसो तापक्रमको असरबाट छुटकारा दिनुका साथै यो घर विभिन्न रङ, साइज तथा आकर्षक डिजाइनमा उपलब्ध हुने कम्पनीका महाप्रबन्धक शशी साहले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिका र भारतले शक्तिशाली पृथ्वी–अवलोकन उपग्रह प्रक्षेपण गर्ने
पुष ६, २०८१ शनिबार
इन्स्टाग्राममा नयाँ एआई उपकरणहरू आउँदै, अब भिडियोहरू तुरुन्तै परिवर्तन हुने
पुष ५, २०८१ शुक्रबार
हुलाक सेवा संवेदनशील र महत्वपूर्ण छः सञ्चारमन्त्री गुरुङ
पुष १, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार