फेरियो समीकरणः बालुवाटार सुनसान, बालकोट भरिभराऊ !
नेपालबहस संवाददाता
पुस १०, २०७९ आइतबार २०:१७:१९
१० पुस, काठमाडौं । सत्ता गठबन्धनमा सहमति नजुटेपछि आजै बाम सरकारबाट प्रधानमन्त्रीसहित सरकारका लागि दावी पेश गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बाटकोटमा कांग्रेसबाहेकका दलहरु जम्मा भएका छन् । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेका अध्यक्ष ओलीको निवास भक्तपुरस्थित बालकोटमा पुगेपछि चार दलबीच छलफल सुरु भएको छ ।
एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका नेता अशोक राईलगायतका नेताहरुबीच छलफल सुरु भएको हो । यसअघि ओलीले राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय सवतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसँग छलफल गरेका थिए ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको बैठकबाट बाहिरिएका प्रचण्ड ओलीलाई भेट्न बालकोट पुगेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको समय आइतबार अपरान्ह ५ बजे सकिँदैछ । माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्ने प्रयासमा छन् । त्यसका लागि हालको सत्तारुढ गठबन्धनमा सहमति नजुटेपछि उनी एमालेसँग सहकार्यका लागि बालकोट गएका हुन् ।
हाल छलफलमा रहेका दलहरुले सांसदहरुलाई हस्ताक्षर गर्न पनि भनेको बताइएको छ । प्रचण्डलाई प्रधानमन्त्री दिएर एमालेले राष्ट्रपति र सभामुख राख्नेबारे छलफल भइरहेको छ । अहिले छलफलमा रहेका दलहरुमा एमालेसँग ७८ र माओवादीसँग ३२ रास्वपासँग २० र राप्रपासँग १४ सीट रहेको छ । यी दल मिलेर सरकार बनाउन बहुमत पुग्छ । बहुमत पुग्ने भएपछि सरकार गठनबारे छलफल सुरु भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार