पार्टी सभापति र संसदीय दलबाट राजीनामा दिन देउवालाई दवाव

नेपालबहस संवाददाता
पुस ११, २०७९ सोमबार १६:९:५

११ पुष, काठमाडौं । प्रधानमन्त्री हठका कारण पार्टीलाई सार्वजनिक उपस्थितिभन्दा बाहिर पुर्याएको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई राजीनामा दिन दवाव बढेको छ । पार्टीका नेता तथा कार्यकर्ताले देउवा नेतृत्व असक्षम र अलोकप्रिय भएको भन्दै पार्टी सभापति र संसदीय दलको नेताबाट राजीनामा दिनुपर्ने वा तत्काल विशेष महाधिवेशन बोलाउन माग गरेका छन् ।
सभापति देउवालाई संस्थापन पक्षकै नेताहरुले पनि तत्काल राजीनामा दिएर पार्टीमा आउनसक्ने सम्भावित खतरालाई टार्न सुझाएका छन् । देउवा समूहमा रहेका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताले देउवाले अब निकास दिनुपर्ने र पार्टीलाई यो अवस्थामा पुर्याएको जिम्मेवारी लिनुपर्ने माग गरेका छन् । नभए विशेष महाधिवेशन बोलाउनुपर्ने माग गरेका छन् ।
संस्थापन इतर समूहले आफु पक्षका नेताहरुको बैठक राखेर निर्णय गर्ने तयारी गरेको छ । तर, सो समुहका नेताहरुले सभापति देउवाले तत्कालै राजीनामा गर्नुपर्ने माग सार्वजनिक रुपमै गरिसकेका छन् । इतरसमूहका नेता डा. शेखर कोइरालाले अन्तिम समयमा आएर माओवादी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्डले’ धोका दिएको बताएका छन भने महामन्त्री गगन थापा बोलेका छैनन् ।
कांग्रेस नेता डा.चन्द्र भण्डारीले सामाजिक सञ्जालमार्फत् देउवाको राजीनामा मागेका छन् । उनले भनेका छन्, ‘ठगतन्त्र, बेइमानी र धोकामात्र होइन, तिमी कहाँ छौ र तिम्रा सल्लाहकार कहाँ छन्, घटनाको जिम्मा लिनुपर्छ, पर्दैन प्रमाणित गर !!!’भन्दै विशेष महाधिवेशन बोलाउन आवश्यक भएको बताएका छन् ।
गठबन्धन असफल भएपछि ठूलो दल नेपाली कांग्रेस प्रमुख प्रतिपक्षमा बस्ने भएको छ । सभापति शेरबहादुर देउवा, प्रवक्ता डा. प्रकाश शरण महत, बिमलेन्द्र निधि, प्रकाशमान सिंह, सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की उपसभापति पूर्णबहादुर खड्का र डा. आरजु देउवाको हठका कारण यस्तो अवस्था आइलागेको भन्दै कांग्रेसका नेताहरुले नै राजीनामा माग्न थालेका हुन् । कांग्रेस नेताहरुको भनाइमा अब सभापतिले राजीनामा दिनुपर्छ नभए विशेष महाधिवेशन बोलाउनुपर्छ । कांग्रेसका अर्का नेता गुरुराज घिमिरले पनि सामाजिक सञ्जालमा यही विषयलााई उठाएका छन् ।
उनले लेखेका छन्, ‘नेका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नैतिकताको आधारमा दुवै पदबाट तत्कालै राजीनामा दिनुपर्छ । हिजो पार्टीका साथीहरुले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो र आज किन जोगाउन सकिएन ? यसमा सत्तालिप्सा र भजनमण्डली कति जिम्मेवार छ । राजीनामा नदिए चाँडै विशेष महाधिवेशन बोलाइनेछ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
सन् २०२७ सम्म रक्षा क्षेत्रमा जिडिपीको २.५ प्रतिशत खर्च गर्ने बेलायती प्रधानमन्त्रीको घोषणा
फागुन १३, २०८१ मंगलबार
महाशिवरात्रीः पशुपतिमा बिहान २ बजेदेखि चारै ढोका खुला गरिने
फागुन १३, २०८१ मंगलबार
भारतीय सेनाका ६ जना पूर्वस्थल सेनाध्यक्ष नेपालमा
फागुन १३, २०८१ मंगलबार
भद्रपुर झापा गोल्डकप : आयोजक ब्लेजर्स फाइनलमा
फागुन १३, २०८१ मंगलबार