बझाङको साईपालमा तीन दिने स्वास्थ्य शिविर सम्पन्न
नेपालबहस संवाददाता
पुस ११, २०७९ सोमबार १९:९:२७
११ मंसिर, काठमाडौं । बझाङको साईपाल गाउँपालिकामा गुराँसे कल्याणकारी विकास प्रतिष्ठानको संयोजनमा हालै बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
सदरमुकाम चैनपुरबाट पैदलयात्रामार्फत् तीन दिनमा पुगिने विकट उक्त स्थानमा तीन दिने स्वास्थ्य शिविर आयोजना गरिएको हो । शिविरमा स्त्रीरोग सेवा, प्रयोगशाला सेवा, दन्तसेवा, नाक, कान, घाँटी, हाडजोर्नी, भिडियो एक्सरे, परिवार नियोजन, जनरल ओपिडी र ईसिजी सेवा प्रदान गरिएको थियो । यो सेवाबाट ३८ जना भएका थिए । शिविरमा हाडजोर्नी, पाठेघर खसेको, नाक, कान, घाँटी र पित्तथैलीको समस्या देखिएका बिरामीलाई विभिन्न अस्पतालमा थप उपचारका लागि सिफारिस (रिफर) गरिएको राष्ट्रपतिका संस्कृति सल्लाहकार माधव शर्माले जानकारी दिए ।
शिविरमा भैरहवा, पोखरा र नेपालगञ्ज मेडिकल कलेका १३ विशेषज्ञ चिकित्सक र प्राविधिकले सेवा पुर्याएका थिए । शिविरमा स्वास्थ्य सञ्चालनबाट स्थानीय बासिन्दा लाभान्वित भएको र आगामी दिनमा पनि निरन्तरको अपेक्षा गरेको गाउँपालिकाका अध्यक्ष मानवीर बोहोरा र उपाध्यक्ष डोल्मा तामाङले बताए ।
रोटरी क्लब अफ नक्साल, नेपालगञ्ज मेडिकल कजेल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र साईपाल गाउँपालिकाको सहकार्य तथा गण्डकी मेडिकल कलेज पोखरा र युनिभर्सल मेडिकल कलेज भैरहवाको सहयोगमा उक्त शिविर आयोजना गरिएको थियो । शिविरमा राष्ट्रपतिका स्वकीय सहसचिव शिव भट्टराई, रोटरी क्लब अफ नक्सालका लुना शर्मा अर्याल लगायतका व्यक्ति पनि सहभागी भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार