कांग्रेस लुम्बिनीको ठहर : अहिलेको परिस्थिति आउनुमा नेतृत्वको कमजोरी
नेपालबहस संवाददाता
पुस ११, २०७९ सोमबार २३:३५:४५
११ पुष, बुटबल । नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्य सम्पादन समितिको बैठक सम्पन्न भएको छ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनको सभापतित्वमा तामनगर बुटवलमा बसेको बैठकले देशको पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा गहन छलफल गरेको छ ।
कांग्रेस नेतृत्वको अदुरदर्शिताका कारण पार्टी राष्ट्रले बागडाेर समाल्ने अवसरबाट बन्चित भएको कांग्रेस लुम्बिनीको ठहर छ । प्रदेश सभापति पुनले जनताको दिएको म्यान्डेट र भावना बमोजिम अहिले नेतृत्व चल्न नसकेको बताए ।
उनले अहिलेको सरकार जनादेश विपरित बनेको र यसले नागरिकको आकांक्षा पुरा गर्न नसक्ने पनि दाबी गरेका छन् । बैठकले पार्टी सहमहामन्त्री विष्णु मुस्कान संयोजक रहने गरि महेन्द्र पाण्डे र रिना नेपाल सदस्य रहेको संसदीय दलको विधान निर्माण उपसमिति बनाएको छ ।
प्रदेश संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचनका लागि सहमहामन्त्री खगराज पाण्डेको नेतृत्वमा विष्णु कुमारी सापकोटा र देवनारायण चौधरी सदस्य रहेको उपसमिति पनि निर्माण गरेको छ । संसदीय दलको निर्वाचन शपथग्रहण लगतै तय हुने लुम्बिनी कांग्रेसले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएकोमा गृहमन्त्रीले दिए धन्यवाद
मंसिर १६, २०८१ आइतबार
उपनिर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता रहेको कांग्रेसको ठहर
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार