राजनीतिको मुसेदौड : कांग्रेस अब झोक्राएर बस्ने कि अझ सशक्त दलको रुपमा अगाडि आउने ?
भेषराज पोखरेल
पुस १२, २०७९ मंगलबार १३:१५:६
नेपालको लोतान्त्रिक राजनीति मुसेदौडमा चल्न अभिसप्त छ । मुसेडौड त्यस्तो राजनीतिक डौड हो जयसका लागि न कुनै सिद्धान्त आवश्यक पर्ने न नैतिकता ? सत्ता हात पार्न जता जान सकिन्छ उतै डौडने । सत्ताबाट बाहिर आए एकले अर्कालाई अनेक आरोप लगाउने, भ्रष्टाचारी तथा अनैतिकताको प्रतिमूर्ति नै देख्ने प्रवृत्ति र सत्ता हात पार्न सिद्धान्तलाई एकातिर झुण्ड्याएर जोसँग जहिले पनि छुट्टिन र मिल्न जाने ।
पहिलेको राप्रपा मात्रै होइन पछिल्लो समय आफूलाई क्रान्तिकारी मान्ने तर खुम्चिँदै गरेको माओवादी डौडमा अब्बल देखियो । २०५१ पछि मुसेदौडका सुरुवातकर्ता शेरबहादुर देउवा पछिल्लो समय आफै दर्दनाक रुपमा खाडलमा परेका छन् । अतिमहत्वाकांक्षाको खाडलमा डुबेर डौडिरहेका राजनीतिक मुसाहरुलाई टुलुटुलु हेरिरहन बाध्य भएका छन् । उनले ज्योतिषीले सातौं पटकसम्म प्रधानमन्त्री बन्छौ भनेकोमा मखलेल हुँदै दलका नेता कसैलाई पनि मतलव नगरी आरजुसहित आफ्नो वरिपरिको सानो राजनीतिक घेराको मन्त्रणामा फसेर अहिलेको राजनीतिक अंकगणित र नेपाली कम्युनिष्टहरुको मुसेक्रान्तिकारी छलांगको हेक्का राख्न सकेनन् । अब उनी सफल राजनीतिक व्यक्तिका रुपमा त रहेनन् नै पार्टीका लागि भार बन्ने अवस्थामा आइपुगेका छन् । शेरबहादुर त फसे नै अब जनताले आशा गरेका युवा नेताहरुले कांग्रेसलाई कुन बाटोमा डोर्याउने होलान् ?
ओलीको संसद विघटन कदमको विरोध गर्दै गठबन्धन गर्नु र सरकार निर्माण गर्नुसम्म त ठीकै हो तर अहिलेको चुनावमा सिद्धान्तको साइनो नमिल्ने दलसँग कांग्रेसले गठबन्धन गरेर जानु सत्ता प्रप्तिका लागि थियो । त्यो पनि सभापति देउवा र उनको सानो घेराको महत्वाकांक्षा पूरा गर्नका लागि । प्रतिपक्षमा बस्न अहिलेको गठबन्धनका कारण ठूलो पार्टी भएको दोष किन बोक्नुपरेको थियो ? एक्लै चुनाव लडेर प्रतिपक्षमा बसेको भए ठूलो सम्मान पनि पाइन्थ्यो नि । हुन त २०७४ सालमा सरकारमै संलग्न भएका बेला सुटुक्क एमालेसँग गएर कांग्रेसलाई पल्टाइदिने पुष्पकमल दाहाललाई पूण विश्वास गरेर सत्तासुखको र्याल चुहाउनुु मूर्खताको पराकाष्ठा नै हो । कांग्रेस यदि एक्लै निर्वाचनमा गएको भए प्रजातन्त्रमा विश्वास गर्ने आमजनताले कति माया गर्थे होलान् ? कार्यकर्ता संगठन विस्तारमा कति सक्रियताका साथ लाग्थे होलान् ? कांग्रेस लोभी, दम्भी र आफ्नै कुरुप चरित्रको छायाँबाट डराएका शीर्ष नेतृत्वका कारण सम्मान गुमाउने अवस्थामा पुग्यो ।
कांग्रेस शीर्ष नेताहरुको त अब सान गिर्यो नै अब अन्य बौद्धिक युवा नेतहरुले यो प्रतिपक्षी भूमिकालाई बृहतरुपमा उपयोग गर्न सक्नुपर्छ । अहिलेसम्म आइपुग्दा कांग्रेस सिद्धान्त हराएको, समय सिद्धएको पुरानो दलको अवस्थामा गयो भन्ने चिन्ता तथा आरोपलाई चिर्न गम्भीर रुपमा लाग्नुपर्ने बेला आएको छ । वीपीले अगाडि सारेको प्रजातान्त्रिक समाजवाद के हो ? अब त्यसको औचित्व छ कि छैन ? त्यसको बृहत् बहसद्वारा निरुपण गर्ने बेला आएको छ । अहिले कम्युनिष्ट दलहरुले जनवाद, समाजवाद भने पनि खुला अर्थनीतिलाई छाड्न सक्ने अवस्था छैन । उनीहरु वास्तवमा इमान्दार भए त्यही वीपीको समाजवादसम्म पुग्न सक्छन् ।
अहिलेको दलाली राजनीतिको जालोमा चुर्लुम्म डुबेका ठूला भनिने नेताहरु यसबाट बाहिर निस्कन ज्यादै कठिन छ । कांग्रेसका सचेत नेताहरु गम्भीर भएर लाग्ने हो भने यसको व्याख्या, बहस र कार्यान्वयनको बाटोमा जान कुनै अप्ठ्यारो छैन । कांग्रेसको स्थानीय निकायमा ठूलो शक्ति छ । त्यसका माध्यमबाट कांग्रेसको प्रतिबद्धता पूरा गराउन सकिन्छ । सरकारी शिक्षालाई यही संयन्त्रबाट बलियो बनाउन सकिन्छ । स्वास्थ्यको भइरहेको संयन्त्रलाई व्यवस्थित गरेर जनउपयोगी बनाउन सकिन्छ । दलालीकरणलाई निषेध गर्न सकिन्छ । यसका लागि कांग्रेसका आशालाग्दा नेता केन्द्रमा बसेर कराएर होइन गाउँ गाउँ, सहर सहरसम्म गएर सहयोग र हौसला दिन सक्नुपर्छ । अहिलेको ठूलो अवसर त्यही हो उनीहरुका लागि ।
माओवादी सरकार भए पनि एमालेको नियन्त्रण दह्रो रहनेछ । ओलीले अगाडि सारेका सपनाका योजना लागू गर्न प्रयास गरिनेछ । ती योजना कार्यान्वयनमा उनीहरुसँगै बेरिएर रहेका दलालहरु नै बाधक बन्नेछन् वा ठूलो धनराशिमा अनियमितता, संस्थागत भ्रष्टाचार हुनेछ । यस्तो अवस्थामा कांग्रेसले गम्भीर भएर त्यसको विरोध गर्न सकेन भने कांग्रेस थप पतनको बाटोमा जानेछ । देउवा र उनको समूह कमजोर भएको छ । सो समूहले यस्ता कुरा अगाडि ल्याउन सक्ने आशा गर्न सकिन्न । पहिलेको नेकपा सरकारका बेला भएका अनेक अनियमिताको विरोध गरेर सुध्रिन बाध्य पार्न सकेको भए कांग्रेसलाई जनताले फरक रुपमा हेर्थे । शीर्ष नेताले जितेका छन्, सम्मान छैन, पार्टीको संगठन मजबुत छैन, सिद्धान्तमा स्पष्टता छैन । यस्तो अवस्थाबाट पार्टीलाई निकाल्न प्रतिपक्षी भूमिका हुन सक्छ ।
अब कांग्रेसले राष्ट्रपति, संघीय सरकार, प्रदेश सरकार गुमाउनेछ । लगभग सबै सरकारको नेतृत्व गर्ने तयारीमा रहेको देउवा र उनका वरिपरिको घेराका नेताहरुले माओवादी अध्यक्ष पुष्पकमल दाहालको अस्थिर चरित्रलाई बुझ्न सक्नुपथ्र्यो । अर्कातिर एमाले अध्यक्ष यसैको प्रतीक्षामा रहेको कुराको हेक्का रहनुपथ्र्यो त्यसो भएन । यो घटनाले शेरबहादुर वरिपरिका नेताहरु बालकृष्णा खाँड, पूर्णबहादुर खड्का प्रकाशशरण महत, विमलेन्द्र निधि, प्रकाशमानसिंह, आरजु देउवा, ज्ञानेन्द्रबहादुर कार्कीजस्ता अनेकौं नेताको भविष्यको राजनीतिमा धक्का लगाइदिएको छ । संसदीय दलको निर्वाचनमा देउवाको पक्षमा नआएकाले दुवै महामन्त्रीलाई बेवास्ता गर्नु, अर्का उपसभापतिको उपेक्षा गर्नु र अन्य प्रभावशाली नेताहरुलाई पनि बेवास्ता गरियो । यसले गर्दा अहिलेको राजनीतिक परिघटनाको उत्तर देउवा र उनको समूहका नेताहरुले दिनुपर्नेछ । यही घटनालाई लिएर आन्तरिक कलहमा रुमल्लिनु भने कांग्रेसका लागि अझ ठूलो घातक हुन सक्छ ।
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपजनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
वाणिज्य क्षेत्रका समस्या र सरकारको पहल
मंसिर १०, २०८१ सोमबार
छैटौँ एशियाली जनसङ्ख्या सम्मेलनः जनसङ्ख्या र विकासका सवाल
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
विश्व बैंकको अनुदानमा सडक स्तरोन्नति
मंसिर ११, २०८१ मंगलबार
हिमाल र हिमनदी मार्ग र वरपरको दृश्य
मंसिर ११, २०८१ मंगलबार
चारो खोजीमा रहेको घाँसेफिस्टो चरा
मंसिर ११, २०८१ मंगलबार
सीप र रोजगारीलाई जोड्न चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
मंसिर ११, २०८१ मंगलबार
अदालतको अपहेलनासम्बन्धी रास्वपाका नेताविरुद्धको रिट न्यायाधीशद्वय शर्मा र निरौलाको इजलासमा
मंसिर ११, २०८१ मंगलबार