सिभिल बैंकले जनकपुर, धनगढी र ललितपुरका शहरहरू धमाधम डिजिटल बनाउदै
नेपालबहस संवाददाता
पुस ११, २०७९ मंगलबार २:१४:३६
११ पुष, काठमाडौं । पछिल्ला दिनमा विभिन्न बजार तथा पेशाहरु धमाधम डिजिटल रूपमा विस्तार भइरहेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको अग्रसरता, फोनपे र विभिन्न बैंकहरुको शक्रियताका कारण डिजिटल अभियान साकार हुँदै गएको हो ।
पछिल्लो समयमा सिभिल बैंक लिमिटेडले विभिन्न शहर तथा व्यवशायलाई डिजिटल रूपमा विकास गर्दै गइरहेको छ । बैंकले फोनपेसंगको सहकार्यमा ललितपुर जिल्लामा चल्ने सफा टेम्पोहरूलाई डिजिटलाईज गरेको छ ।
अबदेखि ती टेम्पोहरुमा यात्रा गर्दा सहजै फोनपे क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ । यो अभियान पनि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आथित्यमा भएको थियो । यो अभियान एक वर्ष अगाडीनै गभर्नर अधिकारीको नेतृत्वमा सुरू भएको थियो ।
यस्तै सिभिल बैंकको शक्रियतामै गत महिनामा सुदुरपश्चिम प्रदेशका धनगढी लगायतका विभिन्नचार स्थानमा चल्ने रिक्साहरूलाई डिजिटलाइज गरिएको थियो ।
ती स्थानहरूमा समेत अबदेखि नगद बोक्नुपर्ने झञ्झटबाट मुक्ति मिलेको छ । यसैगरी महेन्द्रनगर र नेपालगञ्ज क्षेत्रमा चल्ने अटोरिक्सालाई पनि डिजिटलाइज गरिएको छ ।
यस्तै सिभिल बैंकले प्रदेश नं २ को जनकपुरमा रहेका रिक्सा, चियापसल र विभिन्न फलफुलहरुलाई डिजिटलाइज गरिसकेको छ । अबदेखि जनकपुर बजारमा समेत नगद बोक्ने झञ्झटबाट मुक्ति मिलेको छ ।
फोनपे, विभिन्न बैंक तथा वित्तीय संस्थाको शक्रियतामा नेपाल सरकार र राष्ट्रबैंकको डिजिटल नेपालबनाउने अभियान साकार हुँदै गएको छ । जसको नेतृत्व भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिभिटेडले गरिरहेको छ ।
विभिन्न शहर तथाव् यवशायलाई डिडिटलाईज गर्ने अभियानको उद्घाटन गर्दै गभर्नर अधिकारीले फोनपे र सिभिल बैंकको शक्रियताको प्रसंशा गरे । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त फोनपे पेमेन्ट सर्भिस लिमिटेड एफवान सफ्ट ग्रुपको सहायक कम्पनी हो ।
फोनपेमा अहिले ६० भन्दा बढि बैंक तथा वित्तिय संस्था आबद्ध छन् । एक करोड ७० लाखभन्दा धेरै मोबाईल बैकिङ प्रयोगकर्ता तथा भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाईल एप्स् मार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ ।
हाल फोनपेमा करिब ११ मर्चेन्ट रहेका छन् । फोनपे विश्व विख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’ पीसीआइ डिएसएस भिथ्रिटुवान प्रमाणीकरण प्राप्त संस्था पनि हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
मंसिर १, २०८१ शनिबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
कात्तिक ३०, २०८१ शुक्रबार
नबिल बैंक दक्षिण एसियाको उत्कृष्ट वित्तीय प्रतिवेदन साफा अवार्डबाट सम्मानित
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
देउवा दम्पती उग्रतारा मेलामा
मंसिर २, २०८१ आइतबार
आजको मौसमः कोशी र गण्डकीमा हल्का वर्षा हुने, तराई क्षेत्रमा हुस्सु
मंसिर २, २०८१ आइतबार
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
मंसिर २, २०८१ आइतबार
स्थानीय तह उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता
मंसिर २, २०८१ आइतबार
आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने
मंसिर २, २०८१ आइतबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार