३५ किलो सुनकाण्डले प्रहरीमा हलचल, अभियुक्त ठगबहादुरलाई पाहुनाको सत्कार
नेपालबहस संवाददाता
पुस १२, २०७९ मंगलबार १६:३६:५२
१२ पुष, रुपन्देही । बुटवलमा एक व्यापारीको सुन लिएको आरोपमा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसी पक्राउ प्रकरण थप रहस्यमय बनेको छ । प्रहरीले नियन्त्रण लिएको ३५ तोला सुन आफैसँग राखेको सूचनाका आधारमा प्रहरी महानिरीक्षको निर्देशमा केसीलाई पक्राउ गरिएसँगै विदाई हुन लागेका गृहमन्त्री बालकृष्ण खाँणले रोक्ने प्रयास गरेपछि यो प्रकरण थप रहस्यमय बनेको हो ।
सुन नियन्त्रणमा लिने एसपी केसी पूर्व गृहमन्त्री खाँण निकट र सुन कारोवारी प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह नजिक भएपछि अनुसन्धानसमेत प्रभावित भएको बताइएको छ । व्यपारीको सुचनामा महानिरीक्षकले टोली खटाएको र पक्राउनपछि पूर्व गृहमन्त्री खाँणले हिरासतमा नराख्न दवाव दिएको स्रोत भनाइ छ । आइतबार केन्द्रीय अनुसनधान व्यूरोको टोलीले अवैध कारोबार गरेको आशंकामा पक्राउ केसीलाई गरेको थियो ।
सुन कारोबारसम्बन्धी मुद्दामा रकम असुली गरेको विषयमा अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालय काठमाडौंबाट गएको टोलीले आइतबार साँझ डीएसपी केसीलाई निवासबाटै पक्राउ गरी अनुसन्धान शुरु गरेको थियो । गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैँले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले उनीहरूमाथि छानबिन सुरु गरेको हो ।
डिएसपी केसीले सुन नियन्त्रणमा लिई व्यापारसँग २५ लाख मागेको र सोही अनुसारको रकम बुझाएपनि केसीलाई प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । डीएसपी केसीको निवासबाट ३५ तोला सुन र २५ लाख रुपैयाँ नगदसमेत बरामद भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालयबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएका केसी सोमबार रमाना लिई जाने तयारीमा रहेको अवस्थामा उनलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको थियो । तर, इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी ठगबहादुर केसीलाई केन्द्रीय अनुसन्धान व्युरोको टोलीले घुस बार्गेनिङमा पक्राउ गरेपनि जिल्ला प्रहरी कार्यालयले उनलाई हिरासतमा नराखी सत्कार कक्षमा गरेर राखेको छ ।
बरामद भएको सुन मुद्दा प्रक्रियामा नलगी घुस बार्गेनिङ गरेर पक्राउ परेका केसीलाई जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख एसपी रविन्द्र रेग्मीले पाहुना कक्षमा सुत्ने र खाने व्यवस्था मिलाइएका छन् । डिएसपी केसी मुद्दाका अभियुक्त हुन् । उनलाई हिरासतमा राखेर मुद्दा प्रक्रिया अघि बढाउनुपर्ने हो । तर, रेग्मीले आफ्नै निवासमा पाहुनालाई सत्कार गरेर राखेकोप्रति प्रहरी प्रधान कार्यलय पनि अचम्मा परेको छ । ‘यस्तै खालको मुद्दामा तल्लो तहका प्रहरी परेको भए अरु अभियुक्तसगैं साँघुरो र चिसो हिरासत कक्षमा राखिन्थ्यो तर डिएसपीलाई निवासमा राखेर सत्कार गरिएको छ,’ जिल्ला प्रहरी कार्यालयमा रहेका एक प्रहरीले भने ।
केन्द्रीय अनुसन्धान व्यूरोका प्रवक्ता एसपी कमल थापाले सिआइवीको टोलीले जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएको थियो । सो अनुसार उनलाई जिल्ला प्रहरीको हिरासतमा राखेर थप अनुसन्धानको काम अघि बढाउनुपर्ने थियो । तर, उनी पाहुन कोठामा सत्कार लिएर बसेका छन् । यता, जिल्ला प्रहरी कार्यालय रूपन्देहीका एसपी रेग्मीले डिएसपी केसी हिरासतमा नभई नियन्त्रण र निगरानीमा रहेको जिकिर गरेका छन् ।
उनको निवासबाट ८ लाख ५० हजार रूपैयाँ, ९ लाख ५० हजार रूपैयाँको खिम जिसीको नाममा रहेको चेक र ३५ तोला सुन बरामद भएको छ । ‘नगद पाए सुन फिर्ता गर्ने सहमति भएको रहेछ, उनले सुन फिर्ता गर्न नपाउँदै नियन्त्रणमा परे,–अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने । उनी केही दिन अघि यहाँबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविमानस्थलबाट १ केजी सुनसहित एक जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
तस्करीमा पर्सा प्रहरीको कारबाही, ६८ लाखको सामान बोकेको ट्रक नियन्त्रणमा
मंसिर १०, २०८१ सोमबार
३ सय ५६ ग्राम सुनसहित एक भारतीय नागरिक पक्राउ
कात्तिक २६, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार