ब्याजदर घटाउन माग गर्दै रुपन्देहीका उद्योगी व्यवसायी राष्ट्र बैंकविरूद्ध धर्नामा
नेपालबहस संवाददाता
पुस १२, २०७९ मंगलबार १९:९:२३
१२ पुष, भैरहवा । बैंकको ब्याजदर बढी भएको भन्दै रुपन्देहीका उद्योगी व्यवसायी आन्दोलित भएका छन् । उद्योग व्यवसाय धराशयी हुनेगरी बैंकहरूले दोहोरो अंकमा कर्जाको ब्याजदर वृद्धि गरेको भन्दै व्यवासयीहरूले संस्थागत रूपमा नेपाल राष्ट्र बैंक सिद्धार्थनगरमा धर्ना दिएका हुन् ।
रुपन्देहीमा क्रियाशील व्यावसायिक संघसंस्थाहरूले नेपाल राष्ट्र बैँक अगाडि बैंक तथा वित्तीय संस्थाको ज्यादतीबिरुद्ध धर्ना दिँदै व्याजदर एकल विन्दुमा कायम गर, सावा र व्याजदर भुक्तानी अवधि बढाउ, पर्यटन व्यवसायिलाइ विस्थापित होइन स्थापित गर, चालू पुँजीकर्जा निर्देशिका २०७९ खारेज, लिलाम बिक्री खारेज गर, उद्योग व्यवसाय गर्ने वातावरण कायम गरलगायतका नारा लगाउँदै विरोध जनाएका थिए ।
सिद्धार्थनगर उद्योग वाणिज्यसंघबाट सुरु भएको शान्तिपूर्ण विरोध र्रयाली विद्रोही चोक, नारायण स्थान, आवारोड, बैंक रोडमा प्रदर्शन गर्दै राष्ट्र बैंक अगाडि धर्ना बसेका थिए । धर्नामा यस क्षेत्रका दर्जन बढी संघसंस्थाको ऐक्यबद्धता रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्र बैंकले सार्वजनिक गर्यो मौद्रिक नीतिको पहिलो समीक्षा, नीतिगत दर र ब्याजदर करिडोर यथावत
मंसिर १४, २०८१ शुक्रबार
यस्तो आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १४, २०८१ शुक्रबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १३, २०८१ बिहिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार