सरकारले घरमै भत्ता ल्याइदिए हाइसन्चो हुन्थ्यो !
नेपालबहस संवाददाता
पुस १२, २०७९ मंगलबार २०:४१:५१
१२ पुष, टीकापुर । टीकापुरकी एक सय वर्षीया पवित्रा खनाल हिँड्डुल गर्न सक्दिन । भत्ता बुझ्न बैंक आउन, उपचारका लागि अस्पताल जान उनलाई अरुकै साहारा चाहिन्छ ।
“बुढेसकालमा २० वर्षअघि भाँचिएको खुट्टाको दुखाइ अझै पनि छ”, उी भन्छिन, “अहिले त म हिँड्डुल गर्न सक्दिनँ, बिस्तारामै थला परेकी छु, मलाई नि दुःख छ, बुहारीलाई पनि दुःख छ ।”
उनी आफूले पाउने वृद्धाभत्ता स्थानीय सरकारले घरमै ल्याइदिए हुन्थ्यो भन्ने कामना गर्छिन । भत्ता मात्रै होइन सामान्य उपचार गर्न अस्पताल धाउन नपरे हुन्थ्यो भन्ने उनको भनाइ छ ।
“भत्ता बुझ्न बैँक जान मलाई कसैले बोक्नुपर्छ, बिरामी हुँदा अस्पताल लैजान पनि बुहारीलाई गाह्रो हुन्छ”, उनले भनिन, “यी काम घरमै आएर गरिदिए राम्रो हुने थियो ।”
बुहारी चन्द्रादेवी खनाल पनि स्थानीय सरकारले यी सेवा घरमै दिन सके सहज हुने बताउछिन । “सासुको स्याहार त गरिरहेका छौँ तर स्थानीय सरकारले पनि सहयोग गरे हुन्थ्यो भन्ने हो”, उनले भनिन, “बृद्धभत्ता बैंकमा आउँछ तर त्यो लिन पनि आफै जानुपर्छ ।”
त्यस्तै अर्की ज्येष्ठ नागरिक महिला विरमा न्यौपाने पनि सरकारले दिने भत्ता सहज भइदिए हुन्थ्यो भन्छिन । “भत्ताको पैसा सबै उपचारमै जान्छ, हामी ज्येष्ठ नागरिकलाई अस्पतालमा लाइन लाग्न नपरे हुन्थ्यो भन्ने लाग्छ”, उनले भनिन ।
त्यस्तै ८५ वर्षीय अर्का ज्येष्ठ नागरिक जयसिँह धामीलाई पनि यस्तै समस्या छ । उनी पनि ज्येष्ठ नागरिकलाई सुविधा हुने काम स्थानीय सरकारले गरिदिए हुन्थ्यो भन्ने कामना गर्छन । टीकापुर नगरपालिकाका सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख चेतबहादुर बोहरा नगरपालिकाको ज्येष्ठ नागरिकलाई सम्मानलगायतका कार्यक्रम गरिरहेको बताउछन ।
“भत्ता वितरणमा सहजताका लागि एक वडा एक बैंक नीति लिएका छौँ, अब हरेक वडामै भत्ता पाउने सुविधा भएको छ । अशक्तका विषयमा संरक्षकले पाउने व्यवस्थाका लागि छलफलमा छौँ”, उनले भने, “पालिकाले थप सहजताका बारेमा पनि छलफल गरिरहेको छ । स्वास्थ्य सेवाका लागि हरेक वडामा स्वास्थ्य संस्था स्थापना भएका छन् ।”
ज्येष्ठ नागरिक सम्मानित
कैलालीको जानकी गाउँपालिकाले ज्येष्ठ नागरिकलाई न्यायो कपडा दिएर सम्मान गरेको छ । गाउँपालिकाले पालिकाभरिका एक सय आठजना ज्येष्ठ नागरिकलाई न्यायो कपडा दोसल्ला र मोजा दिएर सम्मान गरेको हो । ज्येष्ठ नागरिकलाई सम्मान गर्दै गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले ज्येष्ठ नागरिक ज्ञानका खानी रहेकाले उनीहरुबाट धेरै सिक्न जरुरी रहेको बताए ।
“हामीले सम्मानमात्र होइन, उनीहरु सीप र ज्ञान पनि लिन जरुरी छ”, उनले भने, “ज्येष्ठ नागरिकलाई हरेक घरमा सुरक्षित वातावरण तयार हुनुपर्छ । सबैले ज्येष्ठ नागरिकको स्याहार गर्न आवश्यक छ ।” उनले पालिकाले सम्मानसँगै आदरको संस्कारसमेत विकास गर्न खोजेको बताए ।
गाउँपालिकाका उपाध्यक्ष लालमती कठरियाले ज्येष्ठ नागरिकका लागि सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ताले जीवनमा सहजता प्रदान गरिरहेको बताए । “ज्येष्ठ नागरिकलाई सम्मान गर्दा उनीहरुमा हौसला मिल्छ । थोरै भए पनि खुसी दिनका लागि यो कार्यक्रम गरिएको हो”, उनले भने, “अब उनीहरुका सानासाना समस्या समाधान गर्ने हो ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार