महिला र पुरुष खेलाडीको पुरस्कार राशिमै विभेद् किन ?
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
पुस १२, २०७९ मंगलबार २१:१८:३८
![](https://nepalbahas.prixacdn.net/media/albums/sports_zXwhbPCNoU.jpeg)
१२ पुष, रुकुम ‘पूर्व’ । महिलाको हकअधिकारका लागि विभिन्न आवाज उठिरहेकै छन् र, नीतिगत रुपमा सुनिश्चित गर्ने प्रयास पनि भइरहेकै छ । तर कार्यान्वयनको पाटोमा हेर्दा उपलब्धि खासै देखिँदैन् । महिला पुरुष एक रथका दुई पाङ्ग्रा हुन भनी उदाहरण मात्र दिने गरिए पनि व्यवहारमा कार्यान्वयन भएको भने देखिन्न ।
जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिकाकी सोनिसा शाही क्षेत्रीय भलिबल गेमको प्लेयर हुनुहुन्छ । उहाँ जिल्लाका विभिन्न ठाउँमा हुने भलिबल प्रतियोगितामा भाग लिन टिम बनाएरै पुग्नुहुन्छ । जसमध्ये अधिकांश प्रतियोगितामा उहाँको टिमले सफलता प्राप्त गरेको छ । तर ती प्रतियोगिता जितेर प्राप्त गर्ने पुरस्कार राशिमा भने महिला र पुरुषबीचमा विभेद् हुने गरेको उहाँको अनुभव छ ।
“रुकुम९पूर्व०सँगै अन्य विभिन्न छिमेकी जिल्लामा पनि भलिबल प्रतियोगिताको लागि पुगेको छु”, उहाँले भन्नुभयो, “सहभागी भएको ठाउँमा प्रथम पनि भएका छौँ तर पुरस्कार वितरणमा विभेद् भइरहेको छ ।” उहाँका अनुसार एउटै प्रतियोगितामा प्रथम हुने पुरुष समूहले ५० हजार पाउँदा पहिलो हुने महिला समूह भने आधा मात्रै २५ हजार पुरस्कार दिने गरिएको छ ।
यस्तै भूमे गाउँपालिका– ९ चुनवाङ्की भलिबल राष्ट्रिय खेलाडी सङ्गीता रोकाको अनुभव पनि शाहीकै जस्तै छ । जिल्ला, प्रदेश हुँदै राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिइसक्नुभएका रोकाले पनि स्थानीयस्तरमा हुने थुप्रै प्रतियोगितामा सहभागिता जनाउनु भएको छ । तर अहिलेसम्म भाग लिएका प्रतियोगितामा आफूहरुले पुरुष खेलाडी सरहको पुरस्कार राशि प्राप्त नगरेको बताउनुभयो ।
“समाजमा महिला र पुरुषमाथि हुने विभेद् कायमै छ”, रोकाले भन्नुभयो, “पुरस्कार राशिमा विभेद् त थियो नै, हुँदाहुँदा महिला र पुरुषलाई प्रदान गरिने कपमा पनि प्रष्ट विभेद् देखिने गरेको छ ।”
महिला पुरुषलाई पुरस्कार राशिमा आधा फरक हुने भन्दै कप पनि पुरुषको लागि ठूलो र महिलाका लागि सानो हुने गरेको उहाँको भनाइ छ । खेलाडी राष्ट्रका गहना हुन भन्दै गर्दा महिला र पुरुषमा दखिने पुरस्कार राशिको भिन्नताले आफूहरुमा निराशापन उत्पन्न हुने गरेको पुथा उत्तरगङ्गा गाउँपालिका– ८ की अर्का खेलाडी ममता सेनले बताउनुभयो ।
खेलाडी महिला वा पुरुष जे भए पनि आप्mनो ठाउँमा दुःख, क्षमता प्रदर्शन उत्तिकै गरेको हुने भन्दै सेनले पुरस्कार राशिमा देखिएको भिन्नता अन्त्य गर्दै जानुपर्नेमा जोड दिनुभयो । पृत्तिसतात्मक सोचका कारण पनि महिला र पुरुषलाई हेर्ने दृष्टिकोण फरक हुन नसकेको भूमे गाउँपालिका– ७ का युवा सुनिल रोका मगरको भनाइ छ ।
आफूले केही समयअघि भूमे गाउँपालिकाको युवा विकास केन्द्रको नेतृत्व गर्दै गर्दा महिला पुरुषमाथिको विभेद् अन्त्य गरिनुपर्छ भन्ने उद्देश्यले महिला र पुरुष खेलाडीको पुरस्कार राशि समान राखेको पनि उहाँले सुनाउनुभयो । एउटाले मात्र प्रयास गरेर नहुने भन्दैसबैलाई आ(आफ्नो ठाउँबाट यस्ता विभेद् अन्त्य लागि आवाज उठाउनुपर्ने उहाँको भनाइ छ ।
जिल्ला खेलकूद विकास समितिका अध्यक्ष नामेन्द्र सुनारले महिला र पुरुष खेलाडीमा हुने पुरस्कार राशिको भिन्नतालाई अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । परापूर्वकालदेखि नै महिला र पुरुषमाथि गरिने विभेद्को कारण त्यही विभेद् पुरस्कार राशिमा पनि झल्कने गरेको उहाँको भनाइ छ ।
पछिल्लो समयमा भने जिल्लामा सञ्चालन गरिने विभिन्न प्रतियोगितामा महिला पुरुष खेलाडीको पुरस्कार राशि समान हुनुपर्छ भन्ने खालको पहल गरिरहेको उहाँको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिल्ला व्यापी कराँते प्रतियोगिताको उपाधि नगदेश डोजोलाई
पुष २३, २०८१ मंगलबार
आगामी माघ दोस्रो सातादेखि ‘राइट टु प्रोटिन’ दौड प्रतियोगिता हुने
पुष २२, २०८१ सोमबार
वर्ष २०२४ मा खेलकूदः माइक टाइसन बक्सिङदेखि अर्जेन्टिनाको उपाधिसम्म
पुष २१, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओली दाङमा
फागुन ५, २०८१ सोमबार
परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता
फागुन ५, २०८१ सोमबार